युग पाठकको नेतृत्वमा काव्यिक शैलीमा प्रदर्शन

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डला कुनैपनि किसिमको प्रदर्शन एवं जुलुसका लागि केन्द्र नै बनिसकेको छ मानौँ माइतीघरमा नगरे प्रदर्शन, प्रदर्शन नै हुनेछैन ।

तर यो पुरानो ठाउँमा नयाँ किसिमको प्रदर्शन लिएर आम नागरिकका आवाजहरू आउन थालेका छन् । नागरिक समाजको नामबाट लेखक एवं राजनीतिक विश्लेषक युग पाठकको नेतृत्वमा आम नागरिकका आवाजहरू उठाउँदै माइतीघर मण्डलामा प्रदर्शन भएको हो । लेखकसमेत रहेका युग पाठक नेतृत्वको उक्त समूहले थिएटरको शैलीमा बुख्याचाहरू सडकमा फिजाएर प्रदर्शन गरेको थियो। शंख र डम्फु बजाएर गरिएको उक्त प्रदर्शन बौद्धिक, सांस्कृतिक हुनुका साथै सभ्य र भव्य देखिन्थ्यो । पाठकका अनुसार प्रदर्शन रोचक र घोचक भए उठाइएको आवाज पुर्याउन चाहेको ठाउँसम्म पुग्ने सम्भावना प्रबल रहन्छ ।

सरकारको प्रतिगमनकारी कदमकाविरुद्ध आम नागरिकहरूले उठाइरहेका आवाजलाई बुलंद बनाउन यस किसिमको प्रदर्शनीको आवश्यकता परेको समूहका अगुवा पाठकले बताएका छन् । उनका अनुसार सरकारले संसद विघटन गर्नु प्रतिगामी अभ्यास हो र जनादेशको विरुद्ध गई सरकारबाट भएको यस किसिमको अत्याचार आलोचनात्मक छ ।

सरकारको प्रतिगामी कदमको विरोध गर्दै उक्त नागरिक समाजका प्रदर्शनकारीहरूले संसद विघटनका दोषीहरूलाई कारबाही गरिनुपर्ने माग राखेका हुन् ।

Facebook Comments

You may also like

error: Content is protected !!