१६ असोज, काठमाडौं- विजय कुमार पाण्डे नेपालका पत्रकार तथा लेखक हुन् । टेलिभिजनबाट पत्रकारिता सुरू गरेका उनले छापा माध्यममा पनि काम गरेका छन् । टेलिभिजन क्षेत्रमा उनले सन् १९८७ मा नेपाल टेलिभिजनमा ‘अँध्यारो उज्यालो’ भन्ने कार्य्रक्रमबाट सुरुवात गरेका हुन् । उनको निकै लोकप्रिय कार्यक्रम भने ‘दिशानिर्देश’ हो । पाण्डेले ‘नेपाल'(साप्ताहिक) पत्रिकाको संस्थापक सम्पादक भएरपनि काम गरेका थिए । यति मात्र नभएर उनले कान्तिपुर दैनिकमा स्तम्भ लेखन गरेर पनि आफ्नो परिचयलई फराकिलो बनाएका छन् ।
लेखक तथा पत्रकार विजय कुमारको पहिलो कृति ‘खुसी’ ले वि. सं. २०७२ सालको मदन पुरस्कार समेत पाइसकेको छ भने हिजो मात्रै उनको दोस्रो कृति ‘सम्बन्धहरू’ पनि सार्वजानिक भएको छ । उनका अनुसार यो सिर्जनात्मक गैरआख्यान शैलीमा लेखिएको पुस्तक हो । फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले कोभिड–१९ को बढ्दो संक्रमणका कारण पुस्तक विमोचन कार्यक्रम नराखिएको बताएका छन् ।
लेखक एवं पत्रकार विजयकुमार पाण्डेका केही चर्चित टेलिभिजन कार्यक्रम यस प्रकार रहेका छन्ः
- अँध्यारो उज्यालो
- दिशानिर्देश श
- निबार विजय कुमारसित
- मेरो जिन्दगी मेरो विश्वास
- १२ घटना जसले इतिहास बनाए
- ठूला भ्रम सत्य साधारण
- फ्रन्टलाईन
आदि ।
विजयकुमार पाण्डेको दोस्रो कृति- ‘सम्बन्धहरू’