लेखकको जन्मदिन, लेखकबाटै उपहार !
नेपाली साहित्यमा फिक्सन लेखेर फरक फेस बन्न सफल लेखक कुमार नगरकोटीले आज मङ्सिर १७ गते आफ्नो जन्मदिनको सुखद अवसरमा आउँदै गरेको आफ्नै बहुप्रतिक्षित किताब, ‘कल्पग्रन्थ’ १७ जना भाग्यशाली पाठकलाई उपहारस्वरुप दिने उद्घोष गरेका थिए ।
उद्घोष बमोजिम नै उनले साँझ १७ः१७ अर्थात् पाँच बजेर १७ मिनेट जाँदा १७ जना किताब पढ्ने साहित्यप्रेमी पाठकहरूको नाम आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेका हुन् । ८ जना महिला पाठक र ९ जना पुरुष पाठक समाविष्ट उक्त सूची स्थानका आधारले समेत समावेशी देखिन्छ ।
बुक हिल प्रकाशक रहेको नगरकोटीको यस बहुप्रतिक्षित किताब ‘कल्पग्रन्थ’ मा ६३ विभिन्न आयाम र प्रयोगका ६३ कथा समावेश हुनेछन् । कथाको सङ्ख्याको आधारमा नभई, कथा भन्ने शैलीको विविधताका आधारमा हेर्ने हो भने, यति धेरै र विविध प्रयोगका कथा समावेश गरिएको शायद, नेपाली साहित्यको इतिहासमा यो नै पहिलो कथासङ्ग्रह हो र आफ्नो जन्मदिनमा आफ्ना पाठकलाई उपहार दिने पहिलो नेपाली लेखक पनि सम्भवतः नगरकोटी नै हुन् ।
चुनिएका १७ पाठकहरूले चैत्र १४ गते प्रकाशित भइसकेपछि एक-एक प्रति ‘कल्पग्रन्थ’ उपहारस्वरुप प्राप्त गर्नेछन् ।
उनले सार्वजानिक गरेको सूचि यस प्रकार छः