अन्तिम संभोग | The End of Sex | अनुसिर्जना | Kavyalaya - काव्यालय

अन्तिम संभोग

सधैझैं झरी झरिरहेको थियो- सिमसिम । तर ब्रायनलाई यसको केही मतलब थिएन किनकी उसले नयाँ छिमेकी पाएको थियो । जसलाई उसले पहिलो नजरमै मन पराएको थियो । उसले आफ्नो घरबाट नियालिरहेको थियो; उसको नयाँ छिमेकी, आफ्ना समानहरू गाडीबाट घरभित्र सिफ्ट गरिरहेकी थिई । उसले एउटा लामो सुस्केरा लियो, आफूभित्र साहस भर्यो र नयाँ छिमेकीको पुरानो ढोका ढकढक्याउन पुग्यो । 

“हेलो,” उसले भन्यो, “मेरो नाम ब्रायन हो । म पल्लो घरमा बस्छु ।”

“हाइ..,” उसको नयाँ छिमेकीको आवाजमा मह घोलिएको थियो, “म ब्रायोनी ।”

“ब्रायन र ब्रायोनी”, ब्रायनले जिस्किदै भन्यो, “कस्तो मिलेको ।”

“त्यही त है !”

“मेरो लिङ्ग छैन ।”

“ओहो ।”

“तर केही छैन । यदि मलाई चाहियो भने, म  मेरो साथी डगबाट सापट लिन्छु । ऊ त्यो पल्लो घरमा बस्छ । ऊसँग तीनवटा छ ।

“ए..ए ।”

एकछिन उनीहरू बीच मौनता छायो । ब्रायन सोचमग्न भयो । र भन्योः

“मैले भरखरै लिङ्ग भनेँ ?”

“अँ त ।”

“मैले छाता भन्न खोजेको थिएँ ।”

ब्रायनलाई लाज लाग्यो । ऊ केही नबोली, हतारहतार आफ्नो घर फर्कियो ।

‘म उसलाई अब कहिले भेट्ने छैन । ‘ ,ब्रायनले आफैले आफैलाई भन्यो ।

***

केहीछिनपछि कसैले उसको ढोकामा दस्तक दियो । ब्रायनले ढोका खोल्यो । त्यहाँ ब्रायोनी उभिरहेकी थिई ।

“आइ एम सरी !,” ब्रायनले पश्चताप गर्दै भन्यो ।

“केही छैन । हरेक कुरा हुनुमा, केही कारण अवस्य हुन्छ । सायद, मनमनै तिमी चाहन्थ्यौ कि तिम्रो लिङ्ग नहोस् ।”, ब्रायोनीको ओठमा एउटा निर्दोष मुस्कान झुल्कियो ।

“तिमीले ठिक भन्यौ । म चाहन्छु, मसँग लिङ्ग नहोस् ! मलाई यो वासनाको आकांक्षा बडो वाइयात लाग्छ । म चाहन्छु… सत्य यो हो कि म केही पनि चाहन्नँ ।

ब्रायनलाई अलिक संकोच लाग्यो । ‘म यो के भनिरहेछु..’, उसले सोच्यो । आफू भावानाको नदीमा बेसरम बगेझैं महसुस गर्यो । 

“सरी” ,भन्दै उसले ढोका बन्द गर्यो ।

फेरि ढोकामा ‘ढकढक’ सुनियो । ब्रायनले ढोका खोल्यो । त्यहाँ उसैगरि ब्रायोनी उभिरहेकी थिई ।

“म बुझ्न सक्छु, तिमी के भनिरहेका छौं । कहिलेकाहीँ मलाई पनि लाग्छ, मसँग योनी नहोस् ।”, ब्रायोनीको अनुहारमा गम्भीरता झल्कियो ।

“ए..” ब्रायनले भन्यो । “भित्रै आउन… !”

***

तीनघण्टापछि, ब्रायन र ब्रायोनी नग्न अवस्थामा थिए । उनीहरूले सँगै संभोगको चरम सुखलाई अनुभव गरे । र एकअर्का सन्मुख बिस्तारामा पल्टिए ।

“यो अद्भुत थियो ।”, ब्रायनले भन्यो ।

“साच्चै नै…।”, ब्रायोनी मुस्कुराई ।

“यस्तो लाग्दैछ कि म अझैपनि तिमीभित्रै छु ।”

“मलाई पनि यस्तो लागिरहेको छ, म म रहिनँ, म तिमी हुँ ।”

ब्रायन र ब्रायोनी, दुवैले आफ्नो गुप्ताङ्गतिर हेरे । ब्रायनको तिघ्राहरूको बीचमा उसको लिङ्ग थिएन । उसको लिङ्ग ब्रायोनीको योनीमा टांसिएको थियो ।  

संभोगको चरम सुखलाई महसुस गर्दै गर्दा, ब्रायनको लिङ्ग, ब्रायोनीको योनीभित्र भाँचिएको थियो ।

***

उनीहरू दुवैजना ओछ्यानबाट उठेँ । झ्यालछेउ गए, र बाहिरी दृश्यहरूलाई नियाल्न थाले । नग्न, उनीहरू दुवैले एकअर्काका हात समातेका थिए । यतिबेलासम्म झरी भने रोकिसकेको थियो ।

ब्रायनको लिङ्ग, जिन्दगीभर ब्रायोनीको योनीभित्र सम्मिलित रह्यो- जसले गर्दा जिन्दगीका हरेक पलमा, उनीहरू दुवैले दैविक सुखलाई अनुभव गरिरहे । 

इति !

 ***

अनुसिर्जनाको पृष्ठभूमिः

सरियल कथाहरु मेरालागि बहुमुल्य खजाना हुन् । एक रात तिनै खजानाहरूको खोजीमा निस्केको थिएँ । गुगलको अँध्यारो गुफामा एउटा अनौठो आवरण देखेँ । त्यो कभर माइक रसलको एउटा फुच्चे किताबको थियो, जसको नाम थियो- “नोथिङ इज स्ट्रेन्ज” । 

– जो नाम जस्तो बिल्कुलै छैन । जो स्ट्रेज छ, जसमा २०वटा छोटा/छोटाः, आश्चर्यजनक, अनौठा, अलौकिक, अजीब, अतियथार्थवादी कथाहरू छन् । तिनै कथाहरू मध्येबाट मलाई एकदमै मनपरेको कथाः “द इन्ड अफ सेक्स”लाई नेपालीमा अनुवाद/अनुसिर्जना गर्ने दुस्साहस गरेको छु । पढिसकेपछि यसो गाली गर्नुहोस् ! ताली नबजाए नि हुन्छ ।

Author Interview – Mike Russell #TuesdayBookBlog

Mike Russell Interview with Shelly Wilson

Facebook Comments

You may also like

error: Content is protected !!