इतिहासमा आजः
असोज १३ | Sept 29
प्रमुख घटनाहरू
- सन् १९११– इटालीले टर्की साम्राज्यमाथि युद्धको घोषणा गरेको थियो ।
- सन् २०१३– नाइजेरियामा आतंकवादी समूहको हमलाबाट ४२ जनाको मृत्यु भएको थियो ।
- सन् २००८– लेहमेन ब्रर्दर्स तथा वासिङ्गटन म्युटल टाट पल्टिएपछि द जोन इन्डसट्रियलको औसत इतिहासमै उच्च ७७७.६८ अंकको गिरावट भएको थियो ।
उत्सव एवं दिवस
- विश्व हृदय दिवस : सन् १९९९ मा वर्ल्ड हार्ट फेडरेशनले विश्व स्वास्थ्य संगठनको संयोजनमा विश्व हृदय दिवस स्थापना गर्ने घोषणा गरेको थियो ।
जन्म
- सन् १५११– स्पेनीश धर्म विज्ञानी, चिकित्सक, चित्रकार माइकल सर्वेट्सको जन्म ।
- सन् १९३२-भारतीय चलचित्र अभिनेता महमूद अलीको जन्म ।
- सन् १९४७– चीलीका ३४ औं राष्ट्रपति एवं राजनेता मिशेल बैचलेटको जन्म ।
मृत्यु
- सन् १९०२- फ्रान्सेली लेखक एवं आलोचक एमिल जोलाको निधन ।
- सन् १९७३– तीन पटकसम्म नोबेल पुरस्कारको लागि मनोनित अमेरिकी कवि डब्ल्यु एच आडेनको निधन ।
खोज | सङ्कलनः राजु झल्लु प्रसाद