बत्ति छैन
र फेरिपनि बत्तिले अन्याय गर्यो , त्यो कोठा साविकको जस्तै अँँध्यारो भईदियो !
ठिक बेलुकीको ०६:०० बजे बत्तिले आफ्नो उज्यालोलाई कतै निर्लज्जतापूर्वक लुकाउँछ र त्यो कोठालाई सदा अन्धकारको जेलभित्र हुलिदिन्छ !
परिचय
नागरिकताको नाम ⇒ शिवकुमार चौधरी (बसन्त हाल फेरिएको नाम)
नाम फेर्नुको कारण ⇒ रहस्यमय, नखोतलिएको
उमेर ⇒ २१ वर्ष
पढाई ⇒ बिबिएस उतिर्ण
पेशा ⇒ बैंक क्यासियर
फेमिली व्याक्ग्राउन्ड ⇒ एउटा भाइ (लामोसमय देखि सम्पर्कबिहिन), बुबा/आमा- तारा भैसकेका
बसाई ⇒ सहरदेखि थोरै पर एकतले घरको कोठामा ( भाडामा )
बैंकर शिवकुमार कोठामा एक्लै बस्छ ! बिहान १०:०० देखि ५:०० बजेसम्मको उसको जागिर छ ! जागिर सकेर उ केहिबेर सहरतिर भौतारिन्छ र ठिक बेलुकिको ६:०० बजे ऊ कोठाभित्र छिर्छ !
छिर्नासाथ.. बत्ति बाल्छ !
बत्ति बालेपछि बल्नु कुनै चमत्कार भन्दा कम हुँदैन त्यो कोठामा !
भन्छ “म यहाँ आएदेखि नै यस्तै छ ! कामबाट फर्केर आउँदा कहिल्यै बत्ति बल्दैन ! रात बुढो भएर मर्न लाग्दा बल्ल बत्ति जन्मिन्छ ! ” उ थप्छ “कतिचोटि त बिग्रिएको ठानेर बनाउन पनि लगाएँ तर ईलेक्ट्रिसिएन कुनै समस्या नभएको जानकारी दिन्छ ! म आजित भैसके !”
बत्ति छैन : Continue……….
आजपनि पहिले जस्तै त्यो कोठामा बत्तिको प्रकाश छिरेन ! दुःखैगरि मैनबत्तिको प्रकाशमा उसले खाना बनाईवरी खायो अनि सुत्यो तर निदाएन ! अँ, सुत्नु अनि निदाउँनु फरक कुरा हो !
( केहि त हुनै बाँकि छ )
बेड नजिक सानो टेबल छ जसमाथि एउटा टेबलघडी छ ! घडी जाग्राम छ — टिक टिक टिक…. आवाजका साथ ! घडीले ११ मा आफ्नो हात अनि १७ मा आफ्नो खुट्टा पसारेको छ !
बेडमाथी पल्टिएको शिवकुमारको आँखामा निद्रा छैन ! कम्प्युटरमा बैँकको अलिकति काम बाँकी छ त्यसैले उ बत्ति आउने आशमा, भनुँ बत्तिको पर्खाइमा छ !
( ११:५५ )
ऊ बिस्तराबाट जुरुक्क उठ्छ , चर्पी छिर्छ र आफुलाई हल्का बनाउँछ ! ” जाठो ! निदाएपछि नलाग्ने यो पिसाब ननिदाउँदा भने छिनछिनमा लागिरहन्छ “, उ आफैसँग च्याँठिन्छ !
( १२:०० )
भर्खर बत्तिले कोठालाई आफ्नो उज्यालोपन दिईरहेछ !
चर्पीबाट फर्केर ऊ सरासर कोठामा छिर्छ ! कोठामा छिर्नासाथ ऊ बेस्सरी चिच्याउँछ, कराउँछ अनि केहि नसोचि मध्यरातमा उ त्यहाँबाट भाग्छ, भागिरहन्छ कहिल्यै नफर्कने गरि भाग्छ !
( सोमथिङ मोर टु कम ? )
अर्कोदिन बिहान ०६:०० बजे !
घरबेटी दिदी सदाझैँ घरधन्दा सक्दै छिन् !
घरधन्दा गर्दा देख्छिन्, शिवकुमारको खुल्लै, उदाङ्गै कोठा !
सरासर कोठातिर जान्छिन् !
देख्छिन्……
कोठाभरि रगतमा लतपतिएका भगवानका तस्विरहरु !
शिवको, हनुमानको, गणेशको ईत्यादि !
अझै भित्र चिहाएर हेर्छिन, अन्दाजी १८-१९ वर्षको एउटा जवान केटोको टाउको अनि शरीर काटेर अल्ग्याईएको छ । टुक्रा टुक्रा पारिएका हात खुट्टाहरु छरपस्ट छन् ।
अनि झलमल्ल बत्ति बलिरहेको छ !
प्रश्नहरु –
बसन्त किन भाग्यो ??
कोठाभित्र मृत फेला पर्ने को थियो ??
रहस्य(अनुमानित) – प्रहरी मुताविकः
( प्रहरीको लामो अनुसन्धान पछि थाहा भयो, कोठाभित्र क्रुर हत्या गरि फालिएको केटो बसन्तको भाइ थियो ! अनि हत्यारा अरु कोहि नभइ बसन्त नै थियो ! बसन्त आजपर्यन्त भेटिएको छैन ! प्रहरीको अनुमान छ हत्यारा बसन्त नै हो । कोठाको खानतलासको क्रममा बसन्त Theophobia नामको रोगबाट ग्रसित थियो भन्ने कुरा उसको मेडिकल रिपोर्टबाट पत्ता लाग्यो ! )
रोग
Theophobia ⇒ Fear of God
भएको घटना :
बसन्त चर्पी गएर फर्कदा उसको दैलोमा एउटा केटो आयो, बास माग्दै ! त्यो केटो अरु कोही नभइ बसन्तकै भाइ थियो । र आउँदा उसको हातभरी पोस्टकार्डहरु थिए ! पोस्टकार्डमा भगवानका तस्वीरहरु थिए ! र ती पोस्टकार्डहरु देखेपछि बसन्त डर अनि रिसको दलदलमा फसेर आफ्नै भाइको क्रुर हत्या गर्न पुग्यो !

Image Source: markdahle