काठमाडौँ । धेरैले सुरेश बादल भनेर चिन्ने लेखक सुरेश बडालको ‘रहर’ को रहर आज उनका पाठक-प्रशंसकहरूले पुर्याएका छन् । लेखक बडालको ‘रहर’ पहिलो कृति हो ।
आज शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा लेखक बडालको कथाकृति ‘रहर’ विमोचन गरिएको हो । कार्यक्रममा लेखकद्वय अमर न्यौपाने र प्रकृति भट्टाराई बस्नेत वक्ताका रूपमा उपस्थित थिए । फुड माइक्रोबायोलोजीमा एम.एस.सी गरेका नुवाकोटका लेखक सुरेश बडाल अक्षरहरूका स्वादिला पकवान तयार पार्न पनि उत्तिकै माहिर छन् । फाइन प्रिन्टद्वारा आयोजित ‘रहर लोकार्पण’ कार्यक्रममा लेखक एवं प्रकाशक अजित बराल, कवि नवराज पराजुली, कवि असीम सागर, कवि संघर्ष क्षेत्री लगायत १०० भन्दा बढी लेखक, पाठक तथा प्रशंसकको उपस्थिति रहेको देख्न सकिन्थ्यो ।
आत्मपरक आख्यानात्मक शैलीमा लेखिएको १८८ पृष्ठको कथाकृति ‘रहर’लाई प्रकाशक फाइन प्रिन्टले बजारमा ल्याएको हो । संग्रहभित्र फरक फरक सन्दर्भ र संवेगमाथि १३ कथा समाविष्ट छन् ।
Tag:
Fine Print
-
काठमाडौँ – फुड माइक्रोबायोलोजीमा एम.एस.सी गरेका नुवाकोटका लेखक सुरेश बडाल अक्षरहरूका स्वादिला पकवान तयार पार्न पनि उत्तिकै माहिर छन् । युवा पाठकहरूमाझ कथा लेखेरै छवि बनाउन सफल उनले भर्खरै आफ्नो पहिलो…