मौनः अस्तित्वको सम्पूर्ण निर्माण

(ओशोको जन्म सन १९३१, डिसेम्बर ११ मा भएको हो । उनी आफ्नो समयका सबैभन्दा चर्चीत दार्शनीक हुन् । त्योभन्दा पनि उनी सबैभन्दा ठूला पाठक ठहरिन्छन् यसअर्थमा कि उनले आफ्नो जीवनकालभरि एक लाखभन्दा बढी पुस्तक पढेका थिए । र उनले भन्न बाँकी एकदमै कम विषय रहे अर्थात् उनले करिब सम्पूर्ण विषयमा बोलेका छन् । उनी विश्वभर जँहा-जँहा गए त्यहाँ त्यहाँ पूर्वीय दर्शनका बारेमा व्यापक प्रचार गरे । र उनका केही विचार यस्ता थिए जसले पुरै विश्व चकित थियो ।

उनका त्यस्ता केही क्रान्तिकारी तर व्यहारिक विचार वा सोच नपचाएर केही देश मुलतः पश्चिमा देशले उनको दार्शनिकीमाथि बाध खडा गरेर, विभिन्न अभियोग, आरोप, चौतर्फी आलोचना गरेर देश निकाला गरे । सन १९९०, जनवरी १९ मा उनले प्राण त्यागे । तर जसै गरेपनि उनको विचार वा दर्शन मरेन । आज संसारभर सबैभन्दा धेरै पढिने दार्शनिक उनै हुन् । उनले दिएका प्रवचनहरु हुबहु सारेर पुस्तकहरु निकालिएका छन् । तीनै मध्यको एक पुस्तक साइलेन्सः द म्याजिकल डोर टु इटर्निटीभित्र समावेश गरिएको एउटा महत्वपुर्ण प्रवचन मैले अनुवाद गरेको छु । यो बन्दाबन्दि अर्थात् लकडाउनमा झन प्रभावकारी ठहरिने छ भन्ने विश्वास उत्तिकै छ । ह्याप्पी लकडाउन ! ह्याप्पी पठन !)

मौनः अस्तित्वको सम्पूर्ण निर्माण

प्रिय ओशो,
म जहिले पनि पूर्वीय धर्मग्रन्थहरुद्धारा षडयन्त्रमा पर्छु, जो सुरु हुन्छन् ॐ…. शान्ति.. शान्ति… शान्ति: बाट र अन्त्यपनि ॐ…. शान्ति… शान्ति… शान्ति: बाटै हुन्छन् । कृपया, तपाईं यसबारेमा केही बोलिदिनु हुन्छ कि ?

पूर्वसँग झन्डै आयामिक विपरित मार्गमा पश्चिमसँग मिल्ने सत्यता छ । सुरुमा शब्दको अर्थ बुझ्नुपर्छ त्यसपछि सबै उल्झनहरु । ॐ भनेको ब्रह्माण्डको धडकन हो; त्यो शब्द होइन । र जब तिमी ब्रह्माण्डको नजिक, अझ नजिक, धेरै नजिक जान्छौ, त्यहाँँ एक्कासि गहिरो मौन पाँउछौ । शान्ति भनेको मौन हो र त्यो जहिले पनि तिन पटक दोहोरिन्छ किनभने जब तिमी दोहोर्याउँदै ४औंमा पुग्छौ, तिमी रहदैँनौ— मात्र मौन रहन्छ । तिमी बह्रमाण्डबाट एकाएक छुट्टिएझैं हराउँछौ ।

पश्चिमसँग कुनैपनि यस्तो धर्मग्रन्थ छैन जो यस्तो अभिप्रायले सुरुवात भएको होस् । त्यो बुझ्न सकिन्छ । तिनीहरु आफ्नो मुटु र ब्रह्माण्डको ठूलो मुटु बिचको गहिरो सम्पर्कमा कहिल्यै गएनन् । तिनीहरु गलत मार्गमा लागेका छन्, जो झगडाको, जो अरुलाई वशमा लिनेको, जो आफू विजयी हुनेको, त्यो मार्ग । तिनीहरुले बहिर्मूखी हुन रोजेका छन् ।

तिनीहरुको संसार सत्य छ तर तिनीहरुलाई आफ्नो बारेमा केही थाहा छैन । बाहिर सत्य छ तर भित्र खोजिएको छैन । बाइबल भन्छ, “सुरुमा शब्द थियो ।” अब यो त्यसले मात्र भन्छ जो साच्चिकै अनपढ छ किनभने शब्द भनेको अर्थ सहितको आवाज हो । शब्दबाट बनेका आवाजहरु खाली आवाजहरु हुन्; तिमी त्यसलाई शब्दहरु भन्न सक्दैनौ । वाक्य जो तिमीले सुन्यौ, “सुरुमा शब्द थियो ।” , नजानिँदो तरिकाले तिमी मान्छौ- त्यहाँ कोही छ, जसले त्यसको अर्थ दिन्छ भने तब सुरुमा शब्द छैन ! सुरुमा कोही छ जसले शब्दको अर्थ दियो । र बाइबलले भन्यो, “शब्दसँग ईश्वर छ ।”

उसले एकदमै अप्ठयारो महसुस गरेको हुनुपर्छ जसले यो लेख्यो “संसार शब्दबाट सुरु भएको हो ।” तत्कालै उसलाई कोही आवश्यक पर्यो जसले अर्थ दिन्छ । त्यही अनुरुप दोस्रो वक्तव्य आयो; शब्द सङ्ग ईश्वर छ ।

यदि तिमीले कुनै चिजमा पक्षपात नगरी गहिरिएर हेर्यौ भने अचम्मित हुने छौ तिनीहरु कतिसम्म द्वन्द्व गर्छन् भनेर । त्यस समय, सचेत भएर उसले सोच्नु पर्छ, “पहिले को ? ईश्वर कि संसार ?”

तेस्रो वाक्यले सम्झौता गर्ने प्रयास गरेको छ । त्यो भन्छ, “ईश्वर र संसार एउटै हो” । पूरै पूर्वीय खोजमा कोहीपनि यो कुरामा सहमत छैनन् । पूर्वसँग सुरुवातको अनुभव छैन किनभने प्राकृतिक रुपमा तिमीले सुरुवात देखेनौ, तिमी पहिले नै त्यहाँ छौ, सुरुवात भन्दा अघि गइसक्यौ त्यसकारणले सुरुवात देख्ने प्रत्यक्षदर्शी हुने सम्भावना छैन तर अन्त्य देख्ने प्रत्यक्षदर्शी हुने सम्भवना भने छ ।

पुर्वीय ध्यानीहरुले आफूभित्र पसेर, डुबेर, अध्ययन, अनुसन्धान गरेर यो निष्कर्षमा पुगेका छन् कि अन्त्य र सुरुवात फरक हुन सक्दैन । बिउ हुर्केर रुख हुन्छ, फुल्छ, फल्छ र फेरि बिउ हुन्छ । अस्तित्वमा जो सुकै वृत्तमा घुम्छ, पृथ्वी, चन्द्रमा, सूर्य, टाढाटाढाका लाखौं ताराहरु…सबै वृतमा घुम्छन् जसकारण एउटै विन्दुमा भेटिन्छन् । अन्त्य र सुरुवात एउटै हुन्छ ।

मलाई सम्झना छ……..
मेरो एउटा डाक्टर साथी छ जो यस क्षेत्रमा निकै चर्चित छ । मैले उसलाई भनेँ, “मलाई केही चिजको अनुभव गर्न मन छ जसको कारण छैन । तिमीले मलाई सहयोग गर्नुपर्यो । म बिस्तारै र गहिरिएर अचेतनमा जान चाहन्छु ।” उसले भन्यो, “यो चिकित्सा प्रयोग विरुद्धमा छ । तिमीसँग कुनै कारण छैन र म कारणविना कुनै प्रयोग गर्ने छैन र तिमीलाई अचेतन बनाउने छैन ।” तर मैले उनलाई विश्वस्त पारेँ । मैले भनेँ, “कुनै कारण खोज र म कसैलाई पनि भन्ने छैन । यद्यपी मैले पुरै संसारलाई भन्नु छ ।”

उसले मलाई आफ्नो टेबलमा सुतायो, सम्पूर्ण नोकर र नर्सहरुलाई बाहिर पठाएर किनभने ऊ चिकित्सा आचार संहिता विरुद्धमा सो कार्य गर्न गइरहेको थियो । जब ऊ मेरो टाउको छोप्न गइरहेको थियो, म कुनै हालतमा श्वास फेर्न सकिरहेको थिइनँ, उसले भन्यो मलाई, “एउटा काम गर । जब तिमी अचेतनमा गइरहेको हुन्छौ, १, २, ३, ४, ५….जतिसम्म सक्छौ भन्दै जाऊ ।”

बलजफती म ३ भन्दा पछि जान सकिनँ । मैले धेरै प्रयास गरेँ । म तिनसम्म पुग्छु र चार आउँदैन भन्नेमा म सचेत थिए । पछि मैले उसलाई भने, “मेरो यही कारणले हो म अचेतनमा जान खोजेको । म हेर्न चाहन्थेँ किन सम्पूर्ण पुर्वीय धर्मग्रन्थहरु तिनमै रोकिन्छन् ।”

मैले उसलाई सोधेँ, “म कसरी एक दुई तिन भनिरहेको थिएँ ?” उसले भन्यो, “एक स्पष्ट थियो, दुई त्यति स्पष्ट थिएन, तिन बुझिएन र त्यसपछि तिमीले कुनै उच्चारण गरेनौ ।” यो थियो मेरो वैज्ञानिक अनुसन्धान, किन धर्मग्रन्थहरु तिनमा रोकिन्छन् ? भनेर हेर्ने । ती एउटै बाट सुरु हुन्छन् र एउटै बाट अन्त्य हुन्छन् ।

सुरुवात हामीलाई थाहा छैन, हामी पहिले नै यहाँ छौ; सुरुवात भइसकेको छ । तर अन्त्य हामीलाई थाहा छ— बिलाएर पूर्ण मौनमा परिणत हुन्छौँ । तर यदि हामीलाई अन्त्य थाहा छ भने, हामी निष्कर्ष गर्न सक्छौँ— कसरी सुरुवात सुरु भएको थियो; हो, मौन बाट । शब्द बाट होइन । मौन सुरुवात हो र मौन अन्त्य हो र यदि तिमी ध्यानी हौ भने मौन मध्यम हो । मौन अस्तित्वको सम्पूर्ण निमार्ण हो ।

यो कुनै परिकल्पना होइन, न त दार्शनिक उपाय नै हो । यो हजारौं रहस्यहरुको अनुभव, अध्ययन हो जो आफूभित्र छिरेका थिए । पहिले तिनीहरुले ‘ॐ’ सुने र ॐसँगै मौनले पछ्यायो । त्यसपछि मौन वा गहिरो शान्त सुने । हामी आवाज र मौनले बनेका छौँ ।

आवाज हाम्रो मन हो; मौन हामी हुनु हो ।
आवाज हाम्रो कष्ट हो; मौन हाम्रो स्वतन्त्रता हो ।

बुद्धले भनेका छन्, “रहस्य यसमा चासो राख्दैन कि संसार कसरी सुरुवात भएको थियो ? उसको चासो अन्त्य कसरी हुन्छ ? भन्नेमा छ । किनभने त्यो अन्त्यमा नै तिमीले थाँहा पाँउछौ कि त्यो कसरी सुरुवात भएको थियो । तर अन्त्य पत्ता नलगाई तिमी खाली अनुमान, बहस र सुरुवातको लागि झगडा गर्छौ, र यो अर्थहिन हुन्छ ।”

दार्शनिकी गर्ने काम धेरै खत्तम हो । बरु रहस्यमा एकदम धेरै यर्थाथता हुन्छ । बुद्धले भने, “पहिले यो कसरी अन्त्य हुन्छ ? पत्ता लगाऊ ।” — र यो तिमीमै भेटिन्छ । तिमी यो संसार अन्त्य भएको पर्खिन सक्दैनौ । यसो हुनाले यो कहिल्यै अन्त्य हुँदैन । त्यो जहिल्यै त्यहीँ छ- सुरुवातविहिन !अन्त्यविहिन ! तर तिमीमै संसार कसरी सुरु भएको छ ? तिमीमै संसार कसरी अन्त्य भएको छ ?

फूल हराउँछ । मात्र सुगन्ध बाँकी रहन्छ । म गौतम बुद्धसँग सहमत छु— यदि तिमीले आफैँमा सुगन्ध भेटायौ भने तिमीले अस्तित्वको सम्पूर्ण रहस्य थाहा पाउँछौ किनभने प्रत्येक चिज ब्रह्माण्डको लघुरुप हो । ठूलो परिमाणमा ब्रह्माण्डमा के भइरहेको छ त्यो सानो परिमाण्मा तिमीमै भइरहेको हुन्छ । यदि तिमीले पानीको थोपा चाख्यौ भने, सम्पूर्ण नदीहरु र सम्पूर्ण सागरहरु र सम्पूर्ण पानीका स्वाद तिमीले चाख्छौ । र तिमी थोपा हौ भने— यता र उता दुगुर्नु भन्दा बस् आफैँलाई चाख ।

पूर्वले सत्यलाई विभिन्न तरिकाबाट नजिक ल्याएको छ । र यसले विभिन्न प्रकारका ज्ञानी व्यक्त्तिहरु जन्माएको छ । यो सूत्रले सम्पूर्ण सुरुवात र अन्त्य समेटेको छ । तर यो अन्त्यबाट सुरु हुन्छ र सुरुवातमा अन्त्य हुन्छ ।

_________________________
अनुवाद :

बिज्ञान राज

Facebook Comments

You may also like

error: Content is protected !!