सिद्धार्थ बैंकको सामुदायिक पुस्तकालयलाई सहयोग

काठमाडौं – सिद्घार्थ बैंकले काठमाडौंको टोखास्थित फ्रेन्डसीप फाउन्डेसन नेपाललाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सहयोग रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेन्डसिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका हुन् । बैंकले उपलब्ध गराएको फाउन्डेसनले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाउँपालिकाको वडा–१ मा रहेको केराबारीस्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणमा उपयोग गर्नेछ ।

विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हुँदै आएकोे उक्त फाउन्डेसनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पूर्वाधार निर्माण हुने र आवश्यक अध्ययन सामग्रीका लागि सहज पहुँच पुग्ने विश्वास बैंककोे छ । बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!