अन्याय : रूप एक प्रारूप अनेक | SATURDAYकलम | Kavyalaya - काव्यालय

अन्याय : रूप एक प्रारूप अनेक

परस्पर लाभ हेतु बनेको एक सामुहिक इकाइलाई हामी समाज भन्दछौँ। समाजका विभिन्न व्याख्या र विवेचना हुन सक्लान् र हुन्छन् पनि । व्यक्तिको व्यवहार कुनै निश्चित लक्ष्यको प्राप्ति हेतु गरिने प्रयासको अभिव्यिक्त हो। व्यक्तिको यस लक्ष्य प्राप्तिको लागि बनेको एक वा एकभन्दा अधिक व्यक्तिहरूको समूह समाज हो । जहाँ एक आपसको हित र अवोन्नितको प्रयासहरू सामूहिक रूपमा गरिन्छ । कुनै एकको अनुपिस्थितमा समाज, समाज रहँदैन । त्यसैले, एउटा समाज पूर्ण हुन मानव जातिको दुई विपरित लिंगको अनीवार्य उपस्थिती हुन आवश्यक छ। पशु-पंक्षी र अरू निर्जीव-सजीव अस्तित्वहरूको अस्तित्व पनि उत्तिकै महत्वपूर्ण छ ।

नारी र पुरूष मानव जातिको एकै तर दुई भिन्न प्रारूप हुन् । जो एक-आपसमा यसरी जेलिएका छन् कि कुनै एकको अनुपस्थितीमा समाज विकलाङ्ग हुन्छ । समाज विकलाङ्ग नहोस् भनेर यी दुई ध्रुव निरन्तरको घषर्णमा छन् । जुन हुन आवश्यक पनि छ । समाजमा रहेका नारी र पुरूषको कुनै नैसर्गिक र अर्जित आवश्यक्ताहरू हुन्छ । जस्तो कि काम, क्षुधा र सुरक्षा। यी यावत आवश्यक्ताको परिपूर्ति हेतु समाजको दुई ध्रुवको मिलन हुनु आवश्यक छ।

तर के समाजमा नारी र पुरूषमा समता छ त ?

तर के समाजमा नारी पुरूषबिच समानता छ त ? यो विचरणीय विषय हो र विचरणीय छ ।
मानव जातिमा लोभ, काम, क्रोध र मोहको प्रचुर मात्रामा उपस्थिती छ । जसको कारण समाजमा विश्रृंखलता छ । अन्याय छ । असमानता छ । असुरक्षा छ । समाजका दुबै आयाम यसबाट अछुतो छैनन् । समाजमा देखिएका विश्रृंखलता र अन्याय कहिले एक त कहिले अन्य तत्वबाट घटित गराइन्छ । यी र यस्ता असमानता आदिम युगदेखि कम्प्यूटर हाईिब्रड युगसम्म व्याप्त छ। र कल्पको अन्त्यसम्म नै रहनेछ । यो अकाट्य ध्रुव सत्य हो।

शक्ति सन्तुलन श्रृष्टिको हरकोणमा मानव जाति बाहेक अरूमा सन्तुिलत अवस्थामा रहेको छ । मानव जातिमा जस्तो अरू प्राणीजगतमा पञ्चविकार नहुने हुनाले उनीहरू यस लफडामा छैनन् । तर मानव जगत पञ्चविकार र पञ्च ‘म’कारको अधिनस्थ छ । यस पञ्चविकारको व्यापकताले शक्ति सन्तुिलत नभई असन्तुिलत छ । जसको फाइदा शारीरिक दुबर्लता भएको कारण नारीले नभई पुरूषले शताब्दियौं देखि लिएको छ र भविष्यमा पनि लिने देखिन्छ।

समाजमा व्याप्त विश्रृंखलता, अन्याय, असमानता र असुरक्षाको पछि नारी र पुरूष उत्तिकै दोषी छन् । तर शक्ति असुन्तलनका कारण समाजमा नारी केही हदसम्म बढी प्रभावित छन् । पुरूष प्रताडित छैन भनिएको होइन । अपितु नारीको अघि कमै देखिन्छ ।

शारीरिक दुबर्लताको फाइदा उठाएर पूरूषले मनमौजी आधिपत्य स्थापित गर्यो । समाजका निरिह र दुर्बल, असहायहरूको नित्य दोहन गर्न कुनै कसर राखेन । दोहन हुनेहरूमा अग्रपंत्तीमा नारीहरू देखिए र पूरूषको दम्भ अघि निरह लाचार भए । शारीरिक, मानसिक, भौतिक र लैंगिक अन्याय सहन गर्न बाध्य पारिए । समाज, समाज रहेन । नारीलाई अध्ययन-अध्यापनबाट अलग गरियो । समाजको हरेक क्षेत्रमा बन्देज गराइयो । कतिसम्म भने नारीलाई आफ्नै शरीरको अधिकार पनि दिइएन । नारीलाई केवल भोग्याको रूपमा हेरिन थाल्यो । हरेक क्षेत्र र अवसरबाट वञ्चित नारीहरू साँघुरो घेराभित्र खुम्चिन बाध्य भए । साँघुरो घेराभित्र रहँदा उनीहरूको बौद्धिकता, व्यक्तित्व र वैयक्तिक विकास ठप्प प्राय रह्यो ।

समयको गति निरन्तर चलिरहेको छ । कैयौं आरोह-अवरोह आए-गए । समाज यथास्थितिमा रहेन । रहन सम्भव पनि थिएन । २०औं शताब्दीको सुरूवातसँगै नारीहरू साँघुरो घेराबाट बाहिर निस्किन थाले । विस्तारै नारी मुक्तिको आवाज बुलन्द हुँदै गयो । नारीहरूले पनि पुरूषसरह समाजको हरेक अवसर र हरेक क्षेत्रमा समान उपस्थितिको आवाज उठाए । यो नै नारी मुक्तिको पहिलो आवाज थियो । जसको उपलब्धि स्वरूप नारीहरूले समाजमा आफ्नो हस्तक्षेपकारी भूमिका निवार्ह गर्न सक्षम भए ।

समाजमा नारी शक्ति सशक्त भएसँगै डगमगाएको पुरूष-दम्भ स्खलित भएको थियो । अहम्’मा चोट परेको पुरूष समूह आफ्नो गुमाएको एकल साम्राज्य नारीमाथि कायम राख्न नविन युक्तिको खोजमा रह्यो । यथास्थितिमा रही पुरानै ढाँचाबाट गुमेको साख, गुमेको स्वामित्व र प्रभुत्व पुनःस्थापित गर्न नसकिने बुझाइमा पुगेको पुरूष समूह दमनको परिष्कृत रूपरेखा कोर्न द्रुत गतिमा अग्रसर रह्यो । जसमा पुरूष सक्षम देखियो पनि । पुरातन सनातनी संस्कार छाडेर अन्यायको नविन परिष्कृत मोडेल स्थापित गर्यो । जस अन्तगर्त पुरूष प्रत्यक्ष नभई परोक्ष नायक बन्यो र नारीको उपर नारी नै उपस्थित गरायो । नारीको विरूद्ध नारी नै खडा गरायो । र अन्यायको परिष्कृत मोडलको हरि-भजन भजाउन सक्षम रह्यो ।

आउनुहोस्,
अन्यायको परिष्कृत मोडलको पनि केही चर्चा गरौँ, जहाँ नारीलाई आपसमा लडाइएको छ । जहाँ नारीको विरूद्ध नारी नै उठाइएको छ र नारीलाई नै शोषित बनाइएको छ । र पुरूष पानीमाथिको ओभानो भई परोक्ष शोषण गरिरहेको छ ।

पुरूष कति चतुर छ, या भनौँ कति धुर्त छ । यसको नापजोख गर्न सकिन्न तर अन्दाज लगाउन सकिन्छ । धुर्त्याइँ र चतुर्याइँको एउटा उदाहरण मिस वर्ल्ड प्रतियोगिता र उस इत्तरका अरू सालाखाला प्रतियोगिता हेरे पुग्छ । पश्चिमा मुलुकमा पुरूषले महिलालाई चाहिएभन्दा अधिक अधिकार दिएर महिलालाई फुकाफाल छाडेको छ । तर कसैले यो याद गरेन कि पुरूषले त्यहि नारीलाई दिएको अधिकारको टेकोमा टेकेर नारीलाई विभन्न नाममा नाङ्गो बनाइरहेका छन् । नारीको बौद्धिकता नभई शरीर बेचिरहेका छन् । पुरूषद्वारा सृजित यो अन्यायको परिष्कृत मोडेलमा बल्छीमा माछो अल्झिए जस्तै अल्झिएर आफैमाथि बन्चरो चलाइरहेका छन् । बल्छी देखेनन् र बल्छीमा उधिनिएको सानो मासुको टु्क्रो देखेर यहि अन्तिम सत्य ठानी पश्चिमा नारी नाङ्गो हुनु हाम्रो अधिकार हो भनेर धमाधम नाङ्गिन थाले । चतुर पुरूषको धुर्त बुद्धीले नारीलाई नङ्ग्याई छाड्यो । नारीले पुरूषको यो धुर्त्याइँ बुझ्नै सकेनन् र हाम्रो अधिकार भनी नाङ्गिरहे । जसको फाइदा पुरूषले उठाइरहेको छ । जहाँ पुरूषले नारीको नग्नताबाट कमाई सँगसँगै कामोत्तेजना पनि शान्त गरिरहेकै छ । यो चाल बिस्तारै पश्चिमी गोलार्द्धबाट पुरै विश्वमा फैलिएको छ । यसबाट सचेत रहन आवश्यक छ ।

अर्को पाटो अझ विकारल छ । पुरूषको व्यवहार स्वयं महादेव, पैगम्बर महोमद र सन्त ईसा मसिहाले पनि बुझ्न सक्दैनन् । नारीको अधिकार क्षेत्र हो, नारी नग्न हुन पाउनुपर्छ भन्ने पुरूष जत्था यता अरब राष्ट्रमा यसको ठिक विपिरत खडा भएको छ । नारी नाङ्गिनु हुँदैन भनेर शिरदेखि पाउसम्म कालो कपडाले ढाकिदन्छ । एक त मरूको उष्णता र अर्कोतिर नारीको शरीरमा पहिर्याइएको कालो वस्त्र । योपनि नारी हिंसाको नदेखिएको पाटो हो । त्यहाँका नारीहरू धर्मको नाममा पुरै छोपिन्छन् कालो वस्त्रले । उनीहरूको बासस्थान प्राय मरूभूमी हो जहाँको तापक्रम ६३ डिग्री सेल्सियसभन्दा धेरै हुन्छ । कालो वस्त्रले ताप अत्याधिक मात्रामा ग्रहण गर्छ । जसको कारण नारीहरू उन्मुक्त हुन सकेका छैनन् । धर्म र संस्कारको प्रयोग गरेर खुम्च्याएका नारीहरू धर्मको दुहाई दिएर परिष्कृत अन्यायको सिकार भइरहेका छन् । यो अन्यायको फरक रूप हो । फरक प्रारूप हो । यस विषयमा अरब राष्ट्रका र समस्त विश्वका नारी सचेत रहन अत्यावश्यक छ ।

यता समुच्चय भारतवर्ष सभ्यता र समताको एकोहोरो रटान रटिरहेकै थियो, रटिरहेकै छ । भारतवर्षः जहाँ नारीलाई माताको दर्जा दिइन्छ । र देवतातुल्य पूजा गरिन्छ । यो अवधारणा अंगिकार गरेको, सभ्य भनिएको भारतवर्षपनि उही पश्चिमा र अरब राष्ट्रको दौडमा सँगसंँगै खडा छ । यहाँ नारीहरूलाई एकातिर माता भनिन्छ र अर्कोतिर भने संस्कार र संस्कृतिको, धर्म र परम्पराको नाममा नारीलाई नित्य निरन्तर लहाँचेले रूख ठुँगेझैं ठुँगीरहेको छ । जुन गलत हो । एकातिर नारीलाई माता भन्छ र पुजेजस्तो गर्छ पनि । अर्कोतिर चलिचत्रमा नारीलाई आइटम डान्समा नचाउँछ, आइटम बनाएर । जहाँ शरीरका संवेदनशील अंग छोटा र पारदर्शी टालो दिएर छोप्न लगाइन्छ । आइटम अथार्त वस्तु । नारीलाई बिक्रीको वस्तु ठानेर बेचिरहेछन पुरूषले ।

नारीहरू धमाधम आफैलाई भुलेर “चुम्मा चुम्मा दे दे”, “ठमेल बजार”“उध्रेको चोली” जस्ता निम्न स्तरका भद्धा गीतमा निस्फिक्री बेचिरहेका छन् । नारीको यस अकमर्ण्यताको फाइदा पुरूषले बजारमा नारीका अंग बेचेर मुनाफा गरिरहेको छ । नारीमा देखिएको अकर्मण्यता स्वयं नारीको २५% र पुरूषको ७५% लगानी हो । पुरूषबाट हुने यस्ता लगानी नारी हितमा छैनन् । झट्ट हेर्दा नदेखिने यस्ता नारी हिंसाले बौद्धिक प्रश्रय पाएको छ । यो सरासर बौद्धिक हिंसा हो । यस्ता हिंसाबाट आजको नारी समाज सतर्क रहन अत्यावश्यक छ । नारी कुनै वस्तु होइन । जो बेचियोस् । अपितु नारी पुरूषजस्तै मानव हो । र सम्मानका हकदार हुन् । पैसा र क्षणिक रोमाञ्चको नाममा नभुली नारीहरू नाङ्गिन छाडी पुरूषको यस प्रकारको ज्यादती जरैबाट फ्याँक्न सक्नुपर्छ । यसमा नारी सचेत हुन जरूरी छ ।

[स्मरण रहोस् भारतवर्ष भनेको अहिलेको भारतको राजनैतिक नक्सा होइन । यो त अहिलेको साउथ एसिया अन्तगर्त आउने विशाल भूमि हो ।]

नेपालमा सासु बुहारीको लफडापनि त्यहि अन्यायको फरक कोण हो । जहाँ पुरूषले एउटी नारीको विरूद्ध नारी नै प्रयोग गरेर दमाह बजाइरहन्छ । पश्चिम नेपालमा कायम रहेको छाउपडी प्रथा, देउकी प्रथा र केही दशक अघि अस्तित्वमा रहेको सती प्रथापनि अन्याय हो तर फरक शैलीको । फरक प्रकृितको । यसबाट नारी समुदाय स्वयं सचेत रहन पर्दर्छ । पुरूषले केही न केही जुक्ति प्रयोग गिर ठुँगी नै रहन्छन् ।

यहाँ एउटा प्रश्न उठ्न सक्छ रोजगारीको । हो, रोजगार अवश्य चाहिन्छ । जीवनयापन गर्न आधुनिक युगमा रोजगार अकाट्य ध्रुवसत्य हो । यस पाटोमा लागेर नारीको ठूलो समूहले आर्थिक उन्नति र प्रगति गरेका छन् । जसलाई नकार्न सकिन्न । एक हदसम्म यो राम्रो पक्ष हो । यस क्षेत्रमा लागेका सबैलाई एकै पल्लामा तौलिन उचित ठहर्दैरन र तौलिन पनि हुँदैन । तर के आथिर्क उन्नति-प्रगति नै सबै थोक हो त ? के नारीहरूले नै धर्म-संस्कार र रोजगारीको नाममा दन्कँदो आगोमा हाम फाल्ने ? जहाँ आत्मसम्मान हुँदैन त्यहाँ रोजगार, धर्म, संस्कार ईत्यादिको नाममा अल्झिरहनु न्यायसंगत, अहँ देखिँदैन । यी र यस्ता पाटोमा पुरूषले त खासै हेर्दैनन् । तसर्थ, नारी नै सचेत र जागरुक रहन अत्यन्त आवश्यक छ ।

अन्त्यमा : पुरानो समय छैन अहिले । समय बिग्रिरहेको छ । समयले अग्रगामी छलाङ मारिसकेको छ । अन्यायको पद्धति फेरिएको छ । पुरातन सनातनी ढाँचाको अन्यायले कम्प्यूटर हाईिब्रड युगमा काम नगर्ने हुनाले अन्यायको मोडल पनि परिष्कृत भएको छ । सनातनी पुरातन ढाँचामा जस्तो यसमा कुरूपता छैन । विरूपता छैन । यस अन्यायको परिष्कृत मोडलको मादकतामा मेलोडी छ; सुरम्य, सुनिरहुँ लाग्ने । झुमिरहुँ लाग्ने । यसले झुमाउँछ, भुलाउँछ र आफ्नै स्वतन्त्र अस्तित्वमाथि प्रहार गराउँछ । यस बदलिँदो समयको बदलिँदो परिवेशमा अन्यायको मेलोडी पनि फेरिइरहने हुन्छ । यसबाट नारी समाज सतर्क रहनुको विक्ल्प छैन ।
अस्तु:

____________________________
पञ्चविकार: काम, क्रोध, लोभ,
मोह, अहंकार

Facebook Comments

You may also like

error: Content is protected !!