Ritesh with ‘The Woman in the Window’

शनिबार लगभग आधी दर्जन पत्रिका छाम्छु म ।
हरेक शनिवार ‘द काठमाडौं पोस्टको’ बुक्स् शिर्षकको पन्नामा केही आयु खर्चने गर्छु । यु.एस.ए. मा लगातार पाँच हप्तासम्म बेस्ट सेलरको पहिलो स्थानमा ‘द वमेन ईन द विन्डो’लाई देखिरहेँ / पढिरहेँ ।
यो पनि बताइहाल्छु, ‘द वमेन ईन द विन्डो’ अमेरिकामा मात्रै नभई कयौँ अरु देशहरुमा पनि कयौं हप्तासम्म बेस्ट सेलरको पहिलो नम्बरमा टाँसिरह्यो ।

थ्रीलर मेरो मनपसन्द जनरा ! यसरी थ्रीलरले जताततै तहल्का मचाइरहेको बेला मलाई कस्तो भयो होला ? शरीर चिलाएर आयो ! उकुसमुकुस भएर आयो ! हुटहुटी बढेर आयो ! कस्तो होला त ‘द वमेन ईन द विन्डो’ ?

‘द वमेन ईन द विन्डो’ नेपालमा कहिले अवतरित होला र पढुँला भै’रहेको थियो । धेरै दिनसम्म ठमेल र जमलका बुक स्टोरहरु चहारिरहेँ / भौतारिरहेँ । रित्तो हात र निराश मन लिएर धेरै चोटि घर फर्किए ।

र, आयो संयोगको पालो ! केही समय अघि मात्रै एकजना आफन्त अमेरिकाबाट नेपाल धर्ती टेक्नुभयो । उपहार स्वरुप ल्याइदिनुभयो, ‘द वमेन ईन द विन्डो’ !
दिल एकदमै ज्यादा खुस भयो ! केहिबेर किताबलाई वल्टाई-पल्टाईरहेँ ! पन्नाहरुको खुस्बु / बास्ना लिईरहेँ !
त्यहीँ रातबाट आँखा तैरिन थाल्यो, ‘द वमेन ईन द विन्डो’को पन्नाहरुमा !

[ द वमेन ईन द विन्डो ]

एउटा अधवैँसे महिला जो

– आफ्नो श्रीमान् र छोरीबाट छुट्टिएर बसेकी छिन् !
– एगोरोफोबिया [ खुल्ला ठाउँ / भिडभाड देखि डर लाग्नु ] बाट पिडित छिन् !
– दिनहुँ दबाई / पिल्स् लिन्छिन् !
– दिनहुँ मदिरा सेवन गर्छिन् !
– दिनहुँ अल्फ्रेड हिचककको थ्रीलर मुभीहरु दोर्याई, त्यर्याई हेर्छिन् ।
– दिनहुँ झ्यालमा उभिएर छिमेकीलाई नियाल्छिन् !

सधैंझैँ झ्यालमा उभिएर बाहिर छिमेकीको घरमा हेर्दा उनले एकदिन यस्तो दृश्य देख्छिन् जुन दृश्य उनले देख्नु हुँदैनथ्यो ।

उनले साँच्चैमा त्यो दृश्य देखेकी थिइन् या त्यो दृश्य उनको रोगी मस्तिष्कको कल्पना / भ्रम मात्रै थियो ?

‘द वमेन ईन द विन्डो’ को सुरुवाती केही पन्ना पढिरहँदा कता-कता ‘पाउलो हकिङ्स्’ को अन्तर्राष्ट्रिय अभुतपुर्व थ्रीलर किताब ‘द गर्ल ईन द ट्रेन’ को सम्झना / याद आउँछ ।

‘द गर्ल ईन द ट्रेन’ – जहाँ मुख्य पात्र हरेक दिन ट्रेनमा सवारी हुँदा ट्रेनको झ्यालबाट एउटा निश्चित घरलाई हेर्ने हुन्छ । त्यस घरका सदस्यहरुलाई नियाल्ने हुन्छ । तर, एकदिन त्यस पात्र त्यो घरको एउटा असामान्य घटनाको साक्षी हुन्छ । त्यसपछी के हुन्छ ?

‘द वमेन ईन द विन्डो’ – को लगभग मध्यतिर आइपुदा कता-कता अल्फ्रेड हिचककको क्राईम थ्रीलर मुभी ‘द रियर विन्डो’को सम्झना / याद आउँछ ।

‘द रियर विन्डो’ – जहाँ मुख्य पात्रको खुट्टामा चोट लागेको कारण घर बाहिर निस्कन असमर्थ हुन्छ । त्यसैले उ हरेक दिन दुरबिनबाट झ्यालमा बसेर आफ्नो छिमेकीको घरलाई ताड्छ, छिमेकीलाई ताड्छ । सधैंझैँ दुरबिनबाट छिमेकीलाई हेरिरहँदा एकदिन उसले केही अनौठो दृश्यको सामना गर्नुपर्छ । त्यसपछी के हुन्छ ?

‘द वमेन ईन द विन्डो’ बीचबाट माथि उक्लन थालेपछि अरु केहिको सम्झना / याद आउँदैन । किनभने त्यसपछि यो बिल्कुलै नयाँ छ । फरक छ । अनप्रिडेक्टेबल छ । खत्रा छ । सोच भन्दा बाहिरको छ ।

‘द वमेन ईन द विन्डो’को प्रत्येक पन्नामा रहस्य लुकेको छ । एक पछि अर्को अनएक्सपेक्टेड टुइस्ट भरिएको छ । अन्तिमसम्मै अनुमान / अड्कल गर्न बाध्य पारिदिन्छ / बनाइदिन्छ ।

[ I have a feeling that inside you somewhere, there’s something nobody knows about ]

यो डाइलग ‘द वमेन ईन द विन्डो’को पहिलो पन्नामा टाँसिएको छ जुन डाइलग अल्फ्रेड हिचकक [ मास्टर अफ सस्पेन्स ] को 1943 मा प्रदशित क्राईम थ्रीलर फिल्म ‘स्याडो अफ डाउट’बाट लिइएको हो ।

अल्फ्रेड हिचककलाई नचिन्ने को होला र ?
म अल्फ्रेड हिचककको खत्रा फ्यान । मैले लगभग हिचककका सबै फिल्महरु हेरिसकेको / रित्याईसकेको छु ।
‘द वमेन ईन द विन्डो’को लेखक ‘ए.जे फिन’ पनि हिचककको खत्रा फ्यान !
किताबभरी हिचककका थ्रीलरहरु मेन्सन / छरपस्ट भएका छन् । [ रिबेक्का, नर्थ बाई नर्थवेस्ट, द स्ट्रेन्जर ईन द ट्रेन, रियर विन्डो, भर्टिगो, डायल एम फर मर्डर, रोप, द 39 स्टेप्स्, द म्यान हु निउ टु मच ]

एउटा अन्तरवार्तामा लेखक ‘एज फिन’ले भनेका छन्, “यदि यो किताब नाईन्टिन फोट्टिज् तिर प्रकाशित भएको भयो यो किताबमा आधारित भएर फिल्म बनाउन म ‘अल्फ्रेड हिचकक’लाई नै दिन्थेँ !”

पत्याऊ या नपत्याऊ, ‘वमेन ईन द विन्डो’ले मस्तिष्कलाई रबर जसरी नै तन्काईरहन्छ ।

र, अन्त्यमा भन्न / लेख्न चहान्छु-
“भ्रम आँखाले होइन मस्तिष्कले सिर्जना गर्छ !”

Ritesh

Facebook Comments

You may also like

error: Content is protected !!