चाँडै पुर्याउँदैछन् सुरेशले 'रहर' पाठकको हात हातमा... | काव्यालय-Kavyalaya

चाँडै पुर्याउँदैछन् सुरेशले ‘रहर’ पाठकको हात हातमा

काठमाडौँ – फुड माइक्रोबायोलोजीमा एम.एस.सी गरेका नुवाकोटका लेखक सुरेश बडाल अक्षरहरूका स्वादिला पकवान तयार पार्न पनि उत्तिकै माहिर छन् । युवा पाठकहरूमाझ कथा लेखेरै छवि बनाउन सफल उनले भर्खरै आफ्नो पहिलो कथाकृतिको कभर सार्वजनिक गरेका छन् ।

लेखक बडाल नम्र भाषामा बेजोड कथा लेख्ने कथाकारको रूपमा चिनिन्छन् । फाइन प्रिन्ट प्रकाशक रहेको उनको कथाकृति ‘रहर’ चाँडै नै बजारमा आउने भएको छ । बडालका अनुसार १८८ पृष्ठको सो कथाकृतिमा आत्मपरक आख्यानात्मक शैलीमा लेखिएका १३ कथाको स्वाद पाठकले लिन पाउनेछन् । बडाललाई पहिलो कृति ‘रहर’का लागि भारी शुभकामना  !

Facebook Comments

You may also like

error: Content is protected !!