पद्मश्री विवादमा मुख्यमन्त्रीको टिप्पणी

असोज १३, २०७७ काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले साहित्यकार मोदनाथ प्रश्रितमाथि अप्रमाणित आरोप लगाएर बदनाम गर्न खोजिएको बताउनु भयो । खेम-हरिकला समाज कल्याण प्रतिष्ठानले दिएको पुरस्कारलाई लिएर विवाद भएपछि मुख्यमन्त्री पोखरेलले आफ्नो धारणा राख्नुभएको हो।

शारदा भुसाल झाले आफूमाथि यौन हिंसा गरेको भनेर लगाएको आरोपलाई मुख्यमन्त्री पोखरेलले अप्रमाणित भनेका छन्। आख्यानकार तथा लेख सञ्‍जीव उप्रेतीले साहित्यकार अप्रमाणित कुरासँग प्रश्रितलाई जोडेर बदनाम गर्न खोजेको कुरामा मुख्यमन्त्रीले आपत्ति व्यक्त गर्नुभएको हो । वहाँले प्रतिष्ठानले दिएको पुरस्कार प्रश्रितमाथि पुष्टि नभएको कुरालाई लिएर बदनाम गर्ने नियतले उप्रेतीले अनावश्यक विषय उठाउनुभएको पनि दाबी गर्नुभयो । 

“सञ्‍जीव उप्रेतीजीले समाजको रुपान्तरणमा प्रश्रितको जस्तो योगदान गर्न नसकेका कारणले एकसाथ पुरुस्कार नलिने भनेको होला भनेको त शारदा झाले चर्चामा आउन गरिएको अप्रमाणित आरोपसँग जोडेर भन्‍नु भएको रहेछ'”, मुख्यमन्त्री पोखरेलले भन्नुहुन्छ, उहाँको कुरा सुन्दा साह्रै दुःख लाग्यो।” 

पोखरेलले प्रश्रितले नेपाली समाजको परम्परागत सामन्ती जडता तोड्न खेलेको भूमिकाको अरुसँग तुलना हुन नसक्ने कुरा हल्लेख गर्दै भन्नुभयो, प्रश्रितले नेपाली समाजको परम्परागत सामान्ती जडतालाई तोड्न र सामाजिक तथा साँस्कृतिक रुपान्तरण गर्नमा पुर्याएको योगदान अतुलनीय छ । एकाध किताबको सफलतासँग उहाँको योगदानको तुलना हुन सक्दैन।’

पोखरेलले प्रश्रितमाथि अप्रमाणित आरोपलाई लिएर गरेको टिप्पणीमा आफ्नो कमजोरी स्वीकार्नुपर्ने बताउँदै भन्नुभयो, “सञ्‍जीव जीले आफ्नो कमजोरी महसुस गरी प्रश्रित जीलाई सम्मान गर्नुहुनेछ ।”

प्रतिष्ठानले २०७६ को पद्मश्री साहित्य पुरस्कार आख्यानकार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्‍मश्री साधना सम्मान साहित्यकारसमेत रहेका प्रश्रितलाई दिने निर्णय गरेको थियो । प्रतिष्ठानको उक्त निर्णयपछि लेखक उप्रेतीले  यौनहिंसाका आरोपी मोदनाथ प्रश्रितसँग मञ्‍च सेयर गरेर पुरस्कार लिन सक्दिनँ​ भनेका थिए । उनको यस भनाइपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पुरस्कार नलिने मत राखेका थिए । विवाद सुल्झाउन खोज्दा झनै लम्बिन गएपछि प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले हिजो सोमबार दुःख प्रकट गर्दै पुरस्कार एवं सम्मान रद्द गर्ने निर्णय गरिएको प्रेस विज्ञप्ति जारी गर्नु भएको हो ।



प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेको प्रेस विज्ञप्ति सहितको ताजा समाचारः
https://kavyalaya.com/padmashree-cancelled/


 

Facebook Comments

You may also like

error: Content is protected !!