१७ पाठकलाई नगरकोटीको उपहार ‘कल्पग्रन्थ’

आज नेपाली आख्यान क्षेत्रमा युवाहरूमाझ विशेष लोकप्रिय लेखक कुमार नगरकोटीको जन्मदिनको अवसरमा उनको आउँदै गरेको प्रिमियम संस्करणको किताब ‘कल्पग्रन्थ’ १७ जना पाठकलाई वितरण गरिने घोषणा भएको छ ।

आफ्ना पाठकहरूमाझ फिक्सन डिजाइनरका रूपमा चिनिने लेखक कुमार नगरकोटीले आज आफ्नो जन्मदिन मनाउँदै गर्दा प्रि-बुकिङ भइरहेको ६३ कथा समाविष्ट आफ्नो बृहद कथाकोलाज ‘कल्पग्रन्थ’ सत्रजना भाग्यशाली पाठकलाई उपहारस्वरुप प्रदान गर्ने उद्घोष सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । नगरकोटीको उक्त किताब ‘कल्प-ग्रन्थ’, पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चाको विषय भइरहेको छ । कल्प-ग्रन्थमा समावेश गरिएका प्रत्येक कथामा वेग्लावेग्लै आयाम र प्रयोगको स्वाद पाठकले लिन पाउने विश्वास प्रकाशक बुक हिलले दिलाउँदै आएको छ ।  

Dear friends, Thank you so much for the love & concern you have showered upon my forthcoming book…

Posted by Kumar Nagarkoti on Tuesday, December 1, 2020

 

किताब प्रि बुकिङ अवधिभर जति बुकिङ हुन्छ त्यति मात्रै छापिने र दोहोर्याएर अर्को संस्करण नछापिने प्रकाशक बुक हिलले जनाएको छ। आगामी फाल्गुन १ गतेसम्म प्रि-अर्डर गरेर पाठकले आफ्नो प्रति सुरक्षित गर्न सक्नेछन् ।

फिक्सन डिजाइनर उर्फ कुमार नगरकोटीले उक्त किताब सत्रदेखि सत्ताइस वर्ष उमेरका किताब पढ्ने पाठकलाई दिइने र विजेताहरूको नाम साँझ १७:१७ मा सार्वजनिक गर्ने उद्घोष गरेका छन् । किताब चैत्र १४ गते सार्वजनिक भएपछि प्रदान गरिने छ । कुमार नगरकोटीलाई आउँदै गरेको पुस्तकको लागि बधाई र जन्मदिनको शुभकामना । 

आफ्नो जन्मदिनमा पाठकलाई पुस्तक उपहार दिने कुमार नगरकोटी सम्भवतः पहिलो नेपाली लेखक हुन् ।  
Facebook Comments

You may also like

error: Content is protected !!