प्रेमपत्र

प्रिय पुरुष,
तिम्रो प्रेमपत्र
आदिम कालदेखि,
शताब्दीऔं शताब्दी देखि
र आजसम्म पनि
फेरि फेरि खोल्छु
र खोज्न थाल्छु तिम्रो प्रेमपत्रमा – प्रेम!!

तिमिले मेरो शरीर कामुक मात्रै देख्यौ
मेरो प्रेमिल हृदय महसुुस गरेनौ !
तिमिले मेरा आँखा नसालु मात्रै देख्यौ
आखाभित्रका मेरा सपना खोजेनौ !
तिमिले मेरो ओठ रसीला मात्रै देख्यौ
मेरा ओठहरुले बोल्न चाहेका भावनाहरु सुनेनौ !
तिमिले मेरो सिउदो खाली मात्रै देख्यौ
विचारहरुको तेजस्वी फराकिलो निधार देखेनौ !

तिमिले मेरो नाक बैसालु मात्रै देख्यौ
तर आफ्नो नाकको वर्चस्व छोडेनौ !
तिमीले मेरा स्तनहरु यौनिक मात्रै देख्यौ
तर तिनले सङ्गालेको मातृत्व बुझेनौ !

खै किन किन, मलाई तिम्रो प्रेम
प्रेम कहिल्यै लागेन !
आजसम्म म मौन रहे
तिमिले बुझ्यौ – मैले बोल्नुपर्ने नै केई छैन !
मैले प्रत्तिउत्तर लेखिनँ
तिमिले मौन स्वीकृति बुझिदियौ,
र वरिपरि फिजायौ तिम्रो कुटिल मानसिकता !

आज म तिमिलाई प्रेम लेख्न बसेकी छुँ,
कस्ले भन्यो म तिमिलाई प्रेम गर्दिन?
तर, तिमी सहि कुरा गलत ढङ्गले बुझिरहेका छौ
प्रिय,
गलत प्रश्नको सहि जवाफ लेख्दैछु म!
म प्रेम त तिमिलाई नै गर्थे,
गर्छु
र गरीरहनेछु
तिमी नधमिल्याइदिनु प्रेमको हाम्रो सङ्लो नदि
नअमिल्याइदिनु प्रेमको मीठो स्वाद

प्रिय,
तिमि प्रेम बुझिदेउ
बरु केही शताब्दी नै लागोस !
म कुरिरहेकी छु,
हामीले यो बिश्वलाई प्रेम नगरी जो बनाउनु छ।

तिम्री अर्धाङ्गिनी
नारी

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!