राष्ट्रिय कविता महोत्सव मङ्सिरमा गर्ने तयारी, पुरस्कारको राशी वृद्धी

नेपाल प्रज्ञा प्रतिष्ठानले  हरेक वर्ष असार ९ गते  स्थापना दिवसका अवसरमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव कोरोना भाइरस रोकथामका निमित्त लागू बन्दाबन्दीका कारण स्थगित गरेको  थियो ।  प्रतिष्ठानले उक्त स्थगित  महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ ।  महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ ।

त्यस्तै, प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषदको बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुने तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यसअघि नगद पुरस्कारको राशि क्रमशः रु. ३०, २५ र २० हजार थियो । 

 

 

Facebook Comments

You may also like

error: Content is protected !!