पोखरा-निजगढ साहित्यिक यात्रा सम्पन्न

आज बाराको निजगढमा पोखरा-निजगढ साहित्यिक यात्रा (गोष्ठि) कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा निजगढ साहित्य परिषद्को आयोजनामा सम्पन्न भएको कार्यक्रममा चर्चित गजलकारहरु प्रकट पङ्गेनि शिव, आवाज शर्मा, शिव त्रिपाठी लगायत करिव ५० जना भन्दा बढि साहित्यकारहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो ।

समालोचक तथा गजलकार माधव काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरुले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पराजुलीले साहित्य मार्फत समाजको विकृती र विसंगतिलाई सच्याउन सकिने बताउनुभयो ।

पोखरा-निजगढ साहित्यिक यात्रा संयोजक समिति निजगढ बाराका संयोजक रमेश रशिकले कार्यक्रममा उपस्थितहरुलाइ स्वागत गर्दै निजगढमा सुस्त भएको साहित्यिक क्रियाकलावलाइ यस कार्यक्रमको माध्यमबाट क्रियाशील बनाउन प्रोत्साहित गरेको बताउनुभयो ।

कार्यक्रममा बारा, पर्सा, रौतहट, सिन्धुली, कास्की, चितवन, तनहुँ, काठमाण्डौ लगायत देशका विभिन्न स्थानका करिब ५ दर्जन श्रष्ठाहरुले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा-निजगढ साहित्यिक यात्राका लागी पोखरा तनहुँ चितवन जिल्ला लगायतका करिव २० जना साहित्यकारहरुलाइ आयोजक निजगढ साहित्य परिषदले मायाको चिनो सहित सम्मान समेत गरिएको थियो ।

निजगढ साहित्य परिषदका अध्यक्ष राम पराजुलिको सभाध्यक्षता भएको कार्यक्रममा स्वागत रमेश रसिक र सञ्चालन भोला प्रसाद चौलागाईले गर्नुभएको थियो ।

Facebook Comments

You may also like

error: Content is protected !!