पृथ्वी जयन्तीमा सेनाले कविता प्रतियोगिता आयोजना गर्दै

नेपाली सेनाले हरेक वर्ष मनाउँदै आएको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती २०७७ साल पृथकताका साथ मनाउने भएको छ । यसै क्रममा पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै राष्ट्रिय कविता प्रतियोगिता आयोजन गर्ने भएको छ ।

यसका लागि इच्छुक कविहरूले “राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवर्द्धन र पृथ्वी नारायण शाह” सम्बन्धी भावमा कविता लेखी पठाउन सकिने छ ।

कविता यही पुस २० गते ४ बजेभित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा kabitapra@nepalarmy.mil.np इमेलमा पठाउन सकिने जनाइएको छ । प्रतियोगितामा छानिएका कविताहरुको संग्रहहरु जंगी अड्डा परिसरमा स्थापना हुने “पृथ्वीनारायण शाह अध्ययन केन्द्र”मा राखिने र उत्कृष्ट २५ कविताहरु संग्रह पुस्तकको रुपमा प्रकाशित गरिनेछ भने उत्कृष्ट १० कविहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र उपलब्ध गराइने जनाइएको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!