वियोग, विद्रोह र वासनाको त्रिवेणी-तीन कविता | Anniversary Edition | Kavyalaya - काव्यालय

वियोग, विद्रोह र वासनाको त्रिवेणी; तीन कविता

कहाँ-कहाँ

तिम्रो रिक्तता भर्न मैले सपना बोकेर ल्याउनु अघि नै
तिम्रा निर्मल हातले कलम समाइसक्छन्
तिम्रो मौनतालाई आँखाभरि सजाएर स्वीकृति दिनु अघि नै
त्यहाँबाट शब्दहरू तरल बनेर खसिसक्छन्
त्यो प्रेम थियो वा एकालाप?
त्यो स्पर्श थियो वा वियोगान्त?
जब हामी
एउटै बिस्तारामा एकअर्काको छायासँग समागम हुन्थ्यौँ।

तिमी नजिक हुँदा म सम्झनाको गल्लीमा भाग्न थाल्थेँ
र जब तिमी टाढिन्थ्यौ,
म त्यही कोठामा आफूलाई मृत पाउँथेँ
यसरी तिम्रो अभावमा स्थापित भएको थियो
त्यो कोठामा शान्ति र त्यस भित्रको अराजकता ..
अझै पनि खरानीको बिम्बमा आफूलाई देख्न नसकेर
म कुनै आश्रितको कामना ढोकाको संघारमा झुण्ड्याउँछु
अझै पनि आफूलाई बिभत्स पार्न नसकेर
म आफ्नो छातीको व्याकुलता धुवाँ हो भनिदिन्छु
रातभर, मेरो गलेको सिरानीमा तिम्रा यादहरू शीत बनिरहन्छन्
र मेरो सपना तिम्रो पाइलाको डाम छोएर फर्किन्छ।

ती अनन्त बाटो
जो तिमीलाई बोलाइरहेका छन् ,
म तिनलाई चुनौती दिन सक्दिनँ
मलाई पनि त बोलाइरहेका छन्,
तिमीले छोडिदिएको अँध्यारोले…

आजकाल म
‘तिमी बास माग्न आयौ’ भन्ने भ्रमको आगो सल्काउँछु
र रातभर उही भ्रमलाई ओछ्यानमा राखी
आफू चिसो जमिनमा निदाउँछु।
Woman lying on the Floor Painting by Philippe Laferriere | Saatchi Art

सहर र झ्याल

कौसीको गुलाबमा अल्झिएको वसन्तलाई शिरमा सिउँरिँदै
तिमीले आफ्नो उद्भावनामा प्वाँख हाल्न खोजेकी थियौ
त्यस रात, वसन्त तिम्रो आँगनमा निदाइरह्यो
तर बिहान, ढोका, पर्खाल, भित्ताको अधीनमा बसेका
तिम्रा पैतालाले उसको बाटोलाई पछ्याउन बिर्सिदियो।

म यस सहरमा कैदी मात्र भेटिरहेछु,
चिच्याइरहेका, गुम्सिरहेका, भोकाइरहेका, थाकिरहेका
जो आफ्नै प्रतिबिम्बलाई बारम्बार भत्काउँदै, जोड्दै फेरि भत्काउँदै छन्…

बाहिर चटक चलिरहेको छ,
प्रत्येकपल्ट मुकुण्डोधारी मान्छे,
आफ्नो अहङ्कारले थिच्दै
कैदीको हत्या गरिदिन्छ र टाढा कतैबाट तालीको आवाज गुञ्जिन्छ ।
हरेक झ्यालमा उदास अनुहार टाँसिएको छ
जहाँ कुनै पनि बेला प्रतिशोध उम्लन सक्छ।

मेरो झ्यालअगाडि थुनिएकी स्त्री,
म तिमीलाई आग्रह गर्छु
जाऊ हतियार समाऊ, जाऊ कविता कोर, जाऊ श्रृङ्गार गर
जाऊ कलह मच्चाऊ, आफ्नो भाषा खोज, आफूलाई प्रतिनिधित्व गर
घृणा गर मेरो लाचारीलाई , चुनौती देऊ जञ्जिर खोल्न मलाई,
र देखाऊ मलाई, हाम्रो युगमा साहस, प्रेम, वैभव, विद्रोह मरिसकेको छैन
हाम्रो वर्तमान
कुनै क्रुर शासकको तुच्छ कलमले नियन्त्रण गर्ने पिँजरा होइन !
Naked Woman Against a Window While It Rains - Abstract Painting

To the lover

Meet me under the shadow of archaic temples
when the sound of bells blinds the city with prayers.
Touch me, caress my body with bare hand
beside where the holy water erupt witnessing the elegance of
what dead wishes for living
and how living tribute to dead।

In the sanctum,
we shall find ourselves a door guarded by a statue of a faithful lion
and leave our clothes on its care.
For the flame of desire and weld
for the thunder of wilderness and passion
we will imprint our name on the walls
which grace itself with sacred mantras.
In the chamber of deity,
the flowers of adoration will touch our feet
And incense will bestow their directionless freedom
on our primitive deed.

Let’s explore the emblem of lust in the medieval street
and read our story once again in naked body
drawn on the worn canvas.
let´s crave a metaphor of sexuality and aesthetic on rustic woods,
where once nymphs and yokai reside.

Might they endure the blasphemy of sultry time,
the pilgrimage of old who can see in their eternal nothingness yet universality?

In all those insomniac nights bounded by the nostalgia
of your face
I will whisper your poems to the moon
and pray for you to kiss me in my dream.

Fear not the judgment of God,
we shall make love under the bridge of heaven and hell.
Nor the forgetfulness of grave,
We will awake again
and sing the song of memories perching in the heart of a rebellious lover
who in the darkness of shrines express their divinity.
chi chill - 190 Missed Call (feat. GRX): letras y canciones | Deezer

Facebook Comments

You may also like

error: Content is protected !!