फोटो-पोयट्री अफ उमेश

प्रश्न !

सुन्नुस् न,
यो सुन्यता
कसरी
यति चिच्याउन सक्या होला ?

हजुरको मौनताले मलाई बहिरो बनाउँदै छ !

Prashna | Image by Umesh Acharya

Prashna | Image by Umesh Acharya

*****

डर

सपना त हुनेहरुको टुट्छ
भविष्य/वर्तमान हुनेहरुको हुन्छ
हामी त मुठ्ठीमा सास बोकेर हिड्ने जीवित भूतहरु
हामीसँग न सपना हुन्छ
न त भविष्य

त्यसैले टुट्दा हाम्रो मुटु टुट्छ
च्यातिदा कलेजो

‘फ्युज’ उडेको यो खोपडी लिएर
माटोको यो बास्ना चटक्कै भुलेर
आँगनीमा गणतन्त्रको लागि बा-आमाले रोप्नुभएको
आफ्नै शरीरको बिउ छोडेर
हामी शहर आउन पटक्कै सक्दैनौँ

हजुरको शहरमा जिउन सिकाइन्छ
हामी त
पुर्खाकै पालाबाट
मर्न / मारिन अभ्यस्त भइसकेका मान्छे !

Darr | Image by Umesh Acharya

Darr | Image by Umesh Acharya

*****

जिन्दगी जिन्दाबाद

आफ्नी स्वास्नीको उपचार खर्च
छोराको स्कुल फी
अनि साहुको ऋण
तिर्न नसकेर
आत्माहत्या गर्नै लागेको
एउटा श्रीमान
एउटा बाउ
एउटा ऋणी
आत्माहत्या गर्नका लागि झुण्डिन लगेको डोरी काटेर फर्कियो
जब उसले
आफुलाई जलाउन आफ्नो छोरोसँग सम्पत्ति नभएको कुरा सम्झियो !

Jindagi Zindabaad | Image by Umesh Acharya

Jindagi Zindabaad | Image by Umesh Acharya

Facebook Comments

You may also like

error: Content is protected !!