फोटो-पोयट्री अफ उमेश

वास्तविक्ता

डाँडामा बसेर गाडीका सङ्ख्या गन्न
औंला भाँचेझैं गरी
आकाशमा उड्दै गरेका चराहरू गन्न
फ्याट्ट-फ्याट्ट बेलाबेला हावाको बेगसँगै पखेटा फटफटाउँदै
घरी बादलसँग लुकामारी खेल्दै
काँडामा टेकेर मुस्काइरहेका
कुनै चित्रकारले वर्षौं लगाएर रङ्ग पोतेपश्चात
पूर्ण भएको यौटा चित्रजस्तै
बहुत सुन्दर दृश्य!
टाढाबाट हेर्दा रङ्गिन…
स्वतन्त्र…
ठ्याक्कै, म जस्तै-
मरेका पुतली !

Image by Umesh Acharya

प्रेम

मलाई मेरै वास्ता लाग्दैन
अचेल मेरा लागि मात्र दुई कुरा प्यारा छन्
पहिलो – तिमी
दोस्रो- हामी !

Image by Umesh Acharya

मिलन

म झर्न लागेको फूल
मलाई भेट्न
आधा बाटोमा
तिमी आइपुग्यौ शीत बनेर।

Image by Umesh Acharya

साहस

“मलाई आगोदेखि
औधी डर लाग्छ।”
घाम निल्दै गर्दा
मैले मेरो आत्मासँग साउती मारेँ !

Image by Umesh Acharya

गणतान्त्रिक जीवन

सरकार
तिमीले हाम्रा चिताहरूको
आगो ताप्दै रात्रीभोज गर्दा
मुसुक्क मुस्काएर, खुसीसाथ बाँचेजस्तो गर्न बाहेक
हामी रिसाउन सक्दैनौँ/पाउँदैनौँ

हामीलाई थाहा छ
हामी रिसाए
हाम्रो असन्तुष्टि
हाम्रै हत्या प्रष्टीकरण गर्ने हतियार बन्छ।

Image by Umesh Acharya

Facebook Comments

You may also like

error: Content is protected !!