माघ ५ गते आइतबार, काठमाण्डौँको प्रज्ञा प्रतिष्ठानमा “शिखा बुक्स” को आयोजनामा “परदेशका कथा” को विमोचन सम्पन्न भयो । हालसालै मात्र शिखा बुक्सद्वारा प्रकाशित यस सङ्ग्रहमा २४ कथाकारका २४ कथाहरु समेटिएका छन् । उत्तर अमेरिकामा रहँदै आएका नेपाली साहित्यिक प्रतिभाहरुले परदेश रँहदा-बस्दाका अनुभव र अनुभूतिहरु समेटेर परदेशी भावभूमिमै कथाहरु बुनेका छन् । यस अर्थमा, कथाकारको अनुभवमा आधारित यस पुस्तकले परदेशको वातावरण, संस्कृति, मूल्य-मान्यता र त्यस समाजमा नेपाली जीवनको वास्तविकतालाई नजिकबाट बुझ्न सहयोग पुग्नेमा दुई मत रहन्न । कृष्ण कुसुम र गणेश घिमिरेको सम्पादन रहेको यस पुस्तकमा अनमोल मणी, भारती गौतम, राजव, शेखर ढुंगेल, नगेन्द्र न्यौपाने, कृष्ण धराबासी, खेमराज खरेल, महेश्वर पन्त, मञ्जु विमली, कुसुम ज्ञवाली, मोदनाथ सादा, कृष्णराज खनाल,कृष्ण कुसुम, गोवर्धन पूजा, गोविन्द गिरी प्रेरणा, गोविन्दसिंह रावत, गीता खत्री, शिव लामिछाने, शिव प्रकाश, सीता अर्याल, सुन्दर जोशी, सुरेन उप्रेती र नीलम कार्की निहारिका का कथाहरु सङ्ग्रहित छन् ।
Facebook Comments