दृष्टिकोण; बलात्कार

 दृष्टिकोण; कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड विचार’ 


द्रष्टाअनुसार दृष्टिकोण फरक हुने गर्दछ । हामीले बुझेका विषयलाई हामी बाहेककाले कसरी बुझिरहेका छन् त ? यहि प्रश्नको जवाफ खोज्ने ध्येय हो-  स्तम्भ ‘दृष्टिकोण’

काव्यालयले आफ्नो शनिबारीय प्रस्तुति ‘SATURDAY कलम’ अन्तर्गत ‘दृष्टिकोण’ स्तम्भमार्फत  एक विषयमा विभिन्न व्यक्तिहरूका मौलिक भोगाई, अनुभव र विचारलाई पस्कने छ । 

यस साताकोदृष्टिकोण’का लागि विषय रहेको छः

बलात्कार


– सुमित्रा न्यौपाने (लेखक)

आत्म अनुशासनको कमी, बेरोजगार ,संस्कृतिको विचलन, कडा कानुनको अभाव र भएको कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, चेतनाको कमी तथा पितृसत्तात्मक समाजममा महिलालाई यौन क्रिडाको साधनको रुपमा मात्र लिनु जस्ता तमाम कुराहरूले बलात्कारी मानसिकतालाई मलजल गर्छ ।

पढेका पुरुष/महिला दुवैमा छोरा मात्रको चाहना तिब्र छ । घरमा बाबुले सधै आमामाथि हैकम चलाएको देखेका सन्तानहरूले आमालाई कमजोर पात्रको रुपमा मुल्यांकन गर्छ र सबै महिलालाई कमजोर नै ठान्छ । असल र सुरक्षित समाज बनाउन कडा कानुन चाहिन्छ, साथै चाहिन्छ- आभिभावकबाट व्यवाहारिक नैतिक शिक्षा । 

हरेक मानिस आत्म मन्थन, नियन्त्रण र शुद्धिकरण गर्न सक्ने हुनुपर्छ । स्वचेतना र स्वविवेक मात्रले बलात्कारमा कमी आउँछ । 


– राजवल्लभ कोइराला (अभिनेता एवं कवि)

‘बलात्कार’ एक शब्दमा भन्ने हो भने ‘नराम्रो’ हो ! अलि शब्द खर्चिने हो भने यसका विभिन्न कडीहरू छन् ! सामाजिक रुपमा, सांस्कृतिक रुपमा,  आर्थिक रुपमा, धार्मिक रुपमा, शैक्षिक रुपमा आत्म निर्णय र स्वविवेक पनि सँगसँगै आउँछ !

यौन जीवात्मा प्राणी मात्रको प्राकृतिक प्रवृत्ति हो । यौन उमेरको एउटा काउकुती हो । उमेरका हिसाबले हेर्दा यहाँ मनोरञ्जन छ । सन्तुष्टिका कुराहरू पनि छन् । तर अर्कोतर्फ हेर्ने हो भने जीवनलाई बिथोल्ने चीज पनि यौन नै हो  भनिन्छ । 

तपाईं आफ्नो नागरिकता हेर्नुहोस्, कस्तो छ ? आफ्नो लाइसेन्स हेर्नुहोस्, कस्तो छ ? समाज हेर्नुहोस्, कस्तो छ ? अध्यापन गराउने संस्थाहरू हेर्नुहोस्, कस्तो छ ? अध्यापकहरूको चेतना हेर्नुहोस् । कहाँ को बोलेको छ यसबारे ? या बोल्न मुखसम्म पनि खोलेको छ ? मान्छेहरू बोल्छन् त् केवल यौनका अश्लीलता बारे । समाज यस्तो छ । 

यौनजन्य गाली गर्न औधी रुचाउने यस समाजले यौन सम्भाव्य चीज हो भनेर बुझाउने प्रयत्न कहिल्यै गरेन । कुनै माध्यमबाट कसैले यसबारे केही नबताइरहेको खण्डमा यौनका बारे मानिस उत्सुक किन नहूनु ? यौनका प्यासी किन नबनून् ? त्यस्ता घटनाहरू किन नघटून् ? देशमा दिनहुँ दसौंको संख्यामा बलात्कार, महिला हिंसा भएका खबर जुन रूपले बाहिरिएका छन् या बाहिरने गर्दछन् ती यौन जिज्ञासा मेटाउने क्रममा भएका गतिविधि हुन्, दुर्घटनाहरू हुन् ।

हामीले चाहँदा नचाहँदै पनि हाम्रो शरीर परिवर्तन हुन्छ । केटीहरूको रजस्वला हुन्छ । केटाहरूको ‘वेट ड्रिम्स’ हुन्छ । त्यतिबेला ‘याँ यो हो, यस्तो हो’ भनेर बुझाइएन भने दुर्घटना बढ्छ । यौनकुण्ठाले सम्पूर्ण शरीर मात्रै होइन मस्तिष्क समेत गलाउँछ । पिसाब च्याप्नुभयो भने त तपाईंको शरीर गलेर तपाई हलचल गर्न नसक्ने हुनुहुन्छ । यो त सेक्स हो । बायोलोजिकल निड हो नि यार.. । 

एउटा बालिका जब रजस्वला हुन्छे तब उसले स्वतः प्राकृतिक रूपमा यौनबारे बुझ्न पाउनुपर्छ । रजश्वला भएपश्चात नै ऊ आमा हुन पाउँछे । सृष्टि शुरु हुन्छ । यो प्राकृतिक कुरा हो । तर यसबारे आमा–छोरीबीच या बाबु–छोराबीच कुरासम्म हुन नसक्नु निकै दर्दनाक स्थिति सृजना भइरहेको छ। यहाँ (नेपालमा) त्यस्तो केही बताइँदैन । बरु रजस्वला हुनेबित्तिकै गोठमा लुकाइन्छ । यौनलाई हाउगुजी बनाइएको कारण नै  यौनजन्य हिंसाहरूले नेपाली समाजलाई गिजोलिरहेको छ । 

यौनिक विश्वासघात (लोग्ने–स्वास्नीबीच), अनिच्छित गर्भपतन, अप्रत्याशित गर्भपतन, मनोगत यौन समस्या, घरेलु हिँसा, डिभोर्स, बलात्कार र अन्य आपराधिक क्रियाकलापहरू बढ्नुमा यौन मनोभाव सहजै नजिकका मानिसहरूसँग व्यक्त गर्ने स्थितिको सिर्जना नहुनु प्रमुख कारण हो। यस्ता हर्कतहररूले मानिसलाई यौन कुण्ठित बनाइरहेको छ । समाजलाई विकृत बनाइरहेको छ । यी कुण्ठा सेलाउने क्रममा कोही आर्यघाटमा सेलाउँछन्, कसैले आर्यघाटसम्म पुर्याउँछन् । 

हामीले चाहँदा नचाहँदै पनि हाम्रो शरीर परिवर्तन हुन्छ । केटीहरूको रजस्वला हुन्छ । केटाहरूको ‘वेट ड्रिम्स’ हुन्छ । त्यतिबेला ‘याँ यो हो, यस्तो हो’ भनेर बुझाइएन भने दुर्घटना बढ्छ । यौनकुण्ठाले सम्पूर्ण शरीर मात्रै होइन मस्तिष्क समेत गलाउँछ । पिसाब च्याप्नुभयो भने त तपाईंको शरीर गलेर तपाई हलचल गर्न नसक्ने हुनुहुन्छ । यो त सेक्स हो । बायोलोजिकल निड हो नि यार.. । 

बढ्दो शहरीकरण, सहरी भागदौड, करियर बिल्ट, ढिलो विवाह, वैदेशिक रोजगार, व्यस्त जीवनजस्ता कारणहरूले पछिल्लो नेपाली पुस्ता यौनसुखबाट विमुख भइरहेको हुनसक्छ । अर्कोतर्फ, बच्चा बेलामा आफन्तजनबाट मोलेस्ट हुनु र त्यसले पछी आएर बदला लिने भावनाको विकास गर्नु पनि यौनहिंसाको अर्को कारण हुनसक्छ ।  प्रशासनिक दुर्व्यहार ( निजि समय बिताइरहेका जोडीलाई होटलबाट रंगेहात पक्रिनु) र सरकारको  प्रस्तुति(कानुनत: व्यवहारिक या वैचारिक रुपमा) अर्को कारण हुनसक्छ ।

स्तनधारी जनावर एवम् योनी जीवात्माहरूको प्रमुख क्रिया यौन हो । अस्तित्वको रक्षा र प्रजातिको निरन्तरताको लागि गरिने प्राकृतिक क्रिया यौन हो । यौन सामान्य विषय हो तर यसलाई हामीले ठूलो बनायौँ । गोप्य बनायौँ । जुन जरुरत थिएन । नेपाली समाजले हालसम्म पनि यौनलाई अतिरंजनाको विषय बनाइरहेको छ । कि त एकदम हलुका रूपमा लिइयो कि एकदमै भारी चिज बनाइयो । कुण्ठित भावनाको हालीमुहालीकै कारण नेपाली समाजमा यौन पराइ विषय बनेको छ ।

बिहे गर्ने उमेर हुँदासम्म सेक्स एज अ सब्जेक्ट, सेक्स एज अ एजुकेसन, सेक्सस एज अ इन्ट्रेस्ट एण्ड सेक्स एज अ नलेज भनेर हामी बोल्न सक्देनौँ । अनि बलात्कार बढ्यो भन्छौँ । हिंसा भयो भन्छौँ । आजसम्म पनि हामी यति औँ दिसा मुक्त क्षेत्र भनेर घोषणा गरिरहेका छौँ । हामी अहिलेसम्म दिसाबाट मुक्त हुन सकिरहेका छैनौँ । यौन कुण्ठाबाट मुक्त कहिले हुने ?’

आज पनि यौन, विवाह र प्रजनन क्रमिक रूपमा हुनुपर्दछ भन्छौँ हामी । बिहे गर्ने उमेर हुँदासम्म सेक्स एज अ सब्जेक्ट, सेक्स एज अ एजुकेसन, सेक्सस एज अ इन्ट्रेस्ट एण्ड सेक्स एज अ नलेज भनेर हामी बोल्न सक्देनौँ । अनि बलात्कार बढ्यो भन्छौँ । हिँसा भयो भन्छौँ । आजसम्म पनि हामी यति औँ दिसा मुक्त क्षेत्र भनेर घोषणा गरिरहेका छौँ । हामी अहिलेसम्म दिसाबाट मुक्त हुन सकिरहेका छैनौँ । यौन कुण्ठा मुक्त कहिले हुने ?’

आमाबुबा र छोराछोरीबीच सन्तुलित मनोविज्ञानको जग बसाएको खण्डमा यौन भविष्यमा कलंकित विषय बन्न पाउनेछैन । अभिभावकहरूले आफ्ना छोराछोरीहरूको जैविक एवं मानसिक परिवर्तनको साक्षी हुनुपर्छ । अभिभावकहरूसँग चेत छ भने, उनीहरुले यौन जिज्ञासा र तर्कानाहरूलाई बुझेका छन् भने आफ्ना छोराछोरीलाई त्यसै अनुरूपको शिक्षादिक्षा दिने गर्नुपर्छ । अर्कोतर्फ, तपाईं यदि केही देख्नुहुन्छ भने केही बोल्नुहोस् । बातचित शुरु गर्यौं । यो नै समस्याको हल हो ।  


– नानी थापा (अधिवक्ता)

यसलाई जैविक, मनोवैज्ञानिक, सामाजिक र कानुनी लगायत बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गरिनुपर्छ। जैविक अन्तर्गत हार्मोन, न्युरोट्रान्समिटर र जिन आदिको रासायनिक असन्तुलन । मनोवैज्ञानिक दृष्टिकोण भित्र व्यक्तिको चिन्तन, बौद्धिकता, सिकाइ बुझाइ, मेमोरी, पर्सेप्सन, व्यवहार, व्यक्तित्व आदि पक्षहरुको सूक्ष्म अध्ययन पर्दछ । 

त्यस्तै सामाजिज आयामहरु निकै बृहत् हुन्छ्न; व्यक्तिको वर्ण, जाती, लिङ्ग, धर्म, भौगोलिक अवस्थिति, परिवारिक र सामुदायिक वातावरण, सामाजिक-अर्थ अवस्था, राजनैतिक अस्थिरता, सुशाशन, न्याय र प्रशासन सेवा, सम्पादन तथा वितरण, विकासका पुर्वाधारहरुसँगको पहुँच र प्रयोग आदि धेरै पक्षहरुको भुमिका रहन्छ।

कानुनी व्यवस्थाहरूभित्र उजुरी, प्रशासन र न्यायमा पहुँच, अनुसन्धान र अभियोजन प्रक्रियाको निस्पक्षता र विश्वसनियता, शक्तिको दुराभ्यासको सम्भावना, स्वच्छ सुनुवाइ, कसुर तथा सजाय निर्धारण र फैसला कार्यन्वयन,  पद, प्रतिष्ठा र पहुँचवालाहरूको वर्गिय र अर्थ- राजनैतिक चलखेललगायत अन्य सबै खाले प्रभाव एवम् दबाबका कारण अपराधीहरूले पाइरहेका उन्मुक्तिहरूदेखि  कानुन कार्यान्वयनमा देखिएको फितलोपन र कमजोरीहरू समेतको कारण पनि बलात्कार तथा यौनजन्य घटनाहरू बढिरहेका छन।

अहिलेको सन्दर्भमा जैविक, शारीरिक, मानसिक, सामाजिक र कानुनी  बुहुआयामिक दृष्टिकोणबाट यसलाई विश्लेषण गर्नुपर्ने हुन्छ ।


– छवि अनित्य (कवि/शिक्षक)

बलात्कार पुरुष मानसिकता मात्रै होइन । अधिकतम बलात्कारका घटनामा पुरुषबाट महिला पीडित भइराखेको देखिँदा यसलाई पुरुष मानसिकता पनि भनिएको छ । तर यो आपराधिक मानसिकता हो । अझ बढी त यसलाई मानसिक विचलनको अवस्थाको रुपमा पनि हेर्न सकिन्छ ।

विचलनको अवस्था सिर्जना गर्ने कारक तत्वहरु धेरै हुन्छन् । यसलाई ठ्याक्कै यहाँ यौन मनोविज्ञानको दार्शनिकताका हिसाबले नहेरौँ । सरसर्ती हाम्रो समाजका पछिल्ला घटनालाई हेर्दा दण्डहीनता सबैभन्दा ठूलो कारक हो । पछिल्लो घटनालाई नै हेर्ने हो भने पनि एकपटक बलात्कारको घटना घटाइसकेको अपराधीलाई समाजले सजिलै उन्मुक्ति दिएकाले एउटी बालिका बलात्कारको सिकार मात्रै भइनन्, ज्यानै समेत गुमाउनुपर्यो ।

आज नेपाली समाजमा दैनिक कम्तिमा आधा दर्जनभन्दा बढी बलात्कारका घटना भइरहेको तथ्यांकले देखाउँछ । यस्तोमा ‘नेपालमा बलात्कारजन्य घटनाको अवस्था चिन्ताजनक छैन’ भन्ने अभिव्यक्ति गृहमन्त्रीको कुर्सीमा बसेका जिम्मेवारहरूबाटै आइराख्नु हाम्रो समाजलाई थप असुरक्षित बनाउने कारक हो ।

‘थाहा दर्शन’का प्रणेता रुपचन्द्र विष्टको भनाइलाई मान्ने हो भने ‘जो जति जिम्मेवारीमा छ, समाज सप्रे- बिग्रेकामा त्यो त्यति नै दोषी हुन्छ ।’ यस हिसाबले समाजलाई सहi वा गलत बनाउने जिम्मेवारी राज्य सञ्चालनको बागडोर सम्हालेकाहरूकै हातमा जान्छ । आज नेपाली समाजमा दैनिक कम्तिमा आधा दर्जनभन्दा बढी बलात्कारका घटना भइरहेको तथ्यांकले देखाउँछ । यस्तोमा ‘नेपालमा बलात्कारजन्य घटनाको अवस्था चिन्ताजनक छैन’ भन्ने अभिव्यक्ति गृहमन्त्रीको कुर्सीमा बसेका जिम्मेवारहरूबाटै आइराख्नु हाम्रो समाजलाई थप असुरक्षित बनाउने कारक हो ।

हो, समाज सहि दिशामा छैन । समाजका मान्छेहरूमा मानसिक विचलन छ । बलात्कारजस्ता घटनालाई हामी संख्यामा गनेर चिन्ताजनक भए नभएको निष्कर्ष सुनाइरहेका छौँ । यस्तोमा सुरक्षित र सुन्दर समाजको सपना देख्नु ठूलो भूल हुन्छ । यदि समाजलाई यो अवस्थाबाट माथि उठाउने हो भने सबैभन्दा पहिले राज्य संयन्त्र सुध्रनु जरुरी छ । ऐन कानूनका कुराहरू व्यवहारमा उतारिनु जरुरी छ । जघन्य अपराध भनिएका घटनामा वर्षौं-वर्षसम्म पनि अनुसन्धानै मात्रै भइरहनु तर उपलब्धी शून्य हुने अवस्थाबाट माथि आउनु जरुरी छ ।

बलात्कारका घटनाको असर कस्तो हुन्छ, चोट पर्नेलाई मात्रै थाहा हुन्छ । आपराधिक मानसिकताले ग्रस्त भएर होस्, बदलाको भावनाले होस्, क्षणिक यौन आवेगमा आएर होस् वा पद र पैसाको दम्भले गरिएको होस्, अपराध अपराध नै हो । अपराधीलाई आस्था, विचार, पद वा पैसाको बलले ढाकछोप गर्ने अवस्था रहिरहेसम्म यो सामाजिक दुरावस्था यस्तै रहिरहन्छ ।


बाबुराम ढकाल (सामाजिक परिचालक)

कुनै पनि निर्दोष प्राणिमाथि दानविय चेतनाले भरिपूर्ण भइ कामवासना पूर्तिको मनसायले अर्को प्राणीले गर्ने सशक्त आक्रमण नै बलात्कार हो । 

बलात्कृत हुनु भनेको शारीरिक पीडा सहनु र कुनै दुर्घटनाबाट गुज्रनु मात्र हैन बरु जीवनभर विक्षिप्त र विचलित आत्मा लिएर बाँच्नु हो । संसारको सर्वश्रेष्ठ प्राणी भनिएको मानव समुदायमा नै बलात्कारको नित्कृष्ट नमुना देखिनु अति नै दुखद र डरलाग्दो पक्ष हो। 

बलात्कृत हुनु भनेको शारीरिक पीडा सहनु र कुनै दुर्घटनाबाट गुज्रनु मात्र हैन बरु जीवनभर विक्षिप्त र विचलित आत्मा लिएर बाँच्नु हो । संसारको सर्वश्रेष्ठ प्राणी भनिएको मानव समुदायमा नै बलात्कारको नित्कृष्ट नमुना देखिनु अति नै दुखद र डरलाग्दो पक्ष हो। 

यो समस्याको उपचारात्मक मात्र नभई निदानात्मक समाधान खोज्नु आजको अनिवार्य आवश्यकता बनेको छ । यस विषयमा शिक्षा, सञ्चांर लगायतका माध्यमबाट सतचेतना फैलाउनु, कठोर कानूनको निर्माण र कार्यान्वयन गर्नु यसको उपचारात्मक उपाय हो भने यौनसँग सम्बन्धित वर्तमान चेतनाको विनिर्माण गरी “यौन सन्तान उत्पतिको प्रक्रियाबाहेक केही पनि होइन” भन्ने चेतनाको विकास गर्नु यसको निदानात्मक उपाय हो।



 

Facebook Comments

You may also like

error: Content is protected !!