नोबेल पुरस्कार घोषणा सप्ताह सुरु | समाचार | काव्यालय-Kavyalaya

नोबेल पुरस्कार घोषणा सप्ताह सुरु

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि सुरु भएको छ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । कारोलिन्स्का इन्स्टिच्युट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको हो ।

कोरोना भाइरस महामारीका कारण यस वर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ । तर, नयाँ भाइरसबारे अनुसन्धानका लागि यस वर्ष प्रत्यक्ष पुरस्कार कसैले प्राप्त गर्ने सम्भावना भने क्षीण छ ।

सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ । गत वर्ष बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरू विलियम काइलिनग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाबारे अनुसन्धान गरेबापत संयुक्त रूपमा पुरस्कार दिइएको थियो ।
नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।

चिकित्साबाहेक अन्य पुरस्कारहरू भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्तिअर्थशास्त्र विधामा दिइन्छ ।

Facebook Comments

You may also like

error: Content is protected !!