नोबेल साहित्य विजेता लुइस; कुराकानी र कविता

मैले सोच्नसम्म भ्याएको थिइनँ,  यो विशेष घटनाको  म  कहिल्यै  सामना पनि गर्नेछु ! लुइज ग्लिक


सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि तथा निबन्धकार लुइज ग्लिकले हात पारिन् । नोबेल कमिटीले ७७ वर्षीया ग्लेकलाई उनको ‘व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाउने सुन्दर काव्यिक आवाज’का लागि भन्दै पुरस्कार दिने निर्णय गर्यो ।

सन् १९४३ मा जन्मिएकी ग्लिक म्यासेच्युसेट्सको क्याम्ब्रिजमा बस्छिन् । उनी याले युनिर्भसिटी कनेक्टिकटमा अंग्रेजी साहित्यकी प्राध्यापकसमेत हुन् ।

सन् १९६८ ‘फर्स्ट ब्रन’ लेखेर साहित्यमा पाइला राखेकी ग्लिकले पुलित्जर पुरस्कार, अमेरिकाको नेशनल बुक अवार्ड, राष्ट्रीय पुस्तक आलोचक सर्कल पुरस्कार लगायतका पुरस्कारहरू पाइसकेकी छन् । उनका १२ वटा कविता संग्रह र केही काव्यात्मक निबन्ध संग्रहहरू प्रकाशित छन् ।

विगत केही समयदेखि सम्बन्ध विच्छेदका कारण एक्लो जीवन बिताइरहेकी ग्लेक कोरोना महामारीको कारण वसन्तका अघिल्ला दिनहरूमा कविता लेख्न आफूलाई सकस परेको बताउछिन् । अहिले यो गर्मीको सुरुवाती दिनहरूमा उनी आफ्नो नयाँ कवितासंग्रह ‘विन्टर रिसिपिज फ्रम द कलेक्टिभ (Winter Recipes From the Collective)’ को तयारीमा छन् । 


प्रस्तुत छ न्युयोर्क टाइम्सले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार विजेता कवि/निबन्धकार लुइस ग्लिकसँग लिएको अन्तर्वार्ताको नेपाली अनुवाद :

“म मिलनसार मान्छे हुँ। अन्तर्वार्तालाई मन नपराउनुको अर्थ यो होइन कि म एक असामाजिक व्यक्ति हुँ”, कवि लुइजले अन्तर्वार्ताको प्रारम्भमा नै भनिन्। 

विगत केही समयदेखि सम्बन्ध विच्छेदका कारण एक्लो जीवन बिताइरहेकी ग्लेक कोरोना महामारीको कारण वसन्तका अघिल्ला दिनहरूमा कविता लेख्न आफूलाई सकस परेको बताउछिन् । अहिले यो गर्मीको सुरुवाती दिनहरूमा उनी आफ्नो नयाँ कवितासंग्रह ‘विन्टर रिसिपिज फ्रम द कलेक्टिभ (Winter Recipes From the Collective)’ को तयारीमा छन् । 

तपाईंले पहिलोपटक पुरस्कार पाएँ भनेर कसरी थाहा पाउनु भयो ? 

बिहान पौने सातबजे आसपास मैले एक फोन कल पाएँ। त्यतिखेर त म भर्खरै ब्युझिएको थिएँ । एक व्यक्ति जसले आफूलाई स्विडेनी एकेडेमीको सचिवका रूपमा परिचय गराउदै भने, “तपाईलाई यो बताईरहँदा मलाई खुसी भइरहेको छ कि तपाइले यस वर्षको नोबेल पुरस्कार जित्नु भएको छ ।” मैले त्यो खबर सुनेपछि खै कस्तो प्रतिक्रिया दिएँ  ? आफू यसको लागी तयार भइ नसकेको बताएको चाहिँ मलाई अहिले याद छ ।

नोबेल पुरस्कार, त्यो पनि एक गोरी अमेरिकन गीतकार/कविलाई । अहिले मेरो घरवरपरको सडक पत्रकारहरूले भरिएको छ ।


जब तपाईंले यो वास्तविकतासँग साक्षात्कार गर्नु भयो, तपाईंलाई कस्तो महसुस भयो?

 म पूर्ण रूपमा त्यो के भन्ने,… तीन छक्क नै परेँ नि..! नोबेल पुरस्कार, त्यो पनि एक गोरी अमेरिकन गीतकार/कविलाई । अहिले मेरो घरवरपरको सडक पत्रकारहरूले भरिएको छ । मानिसहरूले मलाई भनिरहेका छन् कि म कति विनम्र छु । तर  म उनीहरूले भने जति पनि विनम्र छैन । 

 त्यहाँमाथि म एक यस्तो देशबाट आएकी हूँ, जहाँको अवस्था यतिखेर ठिक छैन । र, अर्को कुरा भनेको म गोरी छु । यसैले यो एकदम असम्भव जस्तो देखिन्थ्यो ।  मलाई लाग्दैन थियो, आफ्नो जीवनमा यो विशेष घटनासँग म कहिल्यै  सामना पनि गर्नेछु ।


तपाईंले महामारीको यी तीव्र कष्टकर एवं पृथक महिनाहरू कसरी गुजार्दै हुनुहुन्छ ? यी दिनहरू लेखनको हिसाबले तपाईंका लागि कस्ता रहे ? 

जेजस्ता दिनहरू भएता पनि मेरो लेखन अनियमित या अनियन्त्रित नै रहन्छ, फेरि यो त स्थिर अनुशासनको समय रह्यो । म लगभग चार वर्षदेखि एउटा पुस्तकमा काम गर्दै छु, त्यसैले मलाई हैरान तुल्यायो । त्यसपछि साउन र भदौका दिनहरूमा मैले अप्रत्याशित रूपमा केही नयाँ कविताहरू लेख्न सकेँ ! र, ती कविताहरूको पाण्डुलिपिलाई कसरी आकार दिने र टुंगाउने भन्ने हिसाबकिताबमा नै मेरा बाँकी दिनहरू बितिरहेका छन् । यहीबिच पुरस्कारसँग मेरो साकक्षत्कार हुन पुग्यो, यो त एक चमत्कार नै थियो । 

कोभिडका कारण खुसी र स्वतन्त्रका तीव्रतम भावनाहरूसँग हामी सबैले नै सम्झौता गर्नु परिरहेको छ, मैले पनि गरिरहेकी छु !  भन्नैपर्दा, यसबिच मैले आफ्नो दैनिन्दीन जीवनका आवश्यक सीमितताहरूको साथ युद्ध गरिरहेकी छु।


 नयाँ संग्रहको तयारी भन्नु भयो, त्यो भनेको  के हो?

 अलि विस्तारमा बताउँछु; नयाँ पुस्तक अलि शोकग्रस्त  छ। पुस्तकमा धेरै हास्यरसहरू पनि छन्, किनभने यससंग्रहका धेरैजसो कविताहरू मेरो वास्तविकतासँग नजिक छन् ।

 जबदेखि मैले लेख्न शुरु गरेँ, मैले मृत्युको बारेमा नै धेरै लेखेकी रहेछु । उमेर नै तोकेर भन्नुपर्दा जब म १० वर्षकी थिएँ, तबदेखि नै मैले मृत्यु चिन्तनको बारेमा लेख्दै आएँ । हो, यो फरक कुरा हो कि म एक जीवन्त केटी हूँ ।

मलाई लाग्छ हामी सबैको बुढ्यौली आजको समयमा बढी जटिल बन्दै गएको छ । मृत्युको नजिक हुँदै आउनु भनेको केवल तथ्य मात्र होइन किनभने यो तपाईंको जीवनको एक संकाय हो, जहाँ तपाईं आफ्नो शारीरिक अनुग्रह एवं  शक्तिहरू र मानसिक जटिलताहरूलाई गुणनभाग गर्न सक्नुहुन्छ । यसबारे लेख्नु साच्चै नै चाखपूर्ण छ किनभने यी चिजहरूसँग धम्कीपूर्वक रवैया देखाउँदै भए पनि सम्झौता गर्नै पर्ने हुन्छ ।

म मेरा स्वप्नदर्शी अभिभावकहरूले ग्रीकका पौराणिक कथाहरू पढेको सुनेर हुर्कीएकी केटी हूँ । यसैकारण होला अहिले म आफै पनि तिनै कथाहरूको संगतमा बस्न रुचाउँछु । लङ आइल्याण्ड (न्यू योर्क) मा हुर्केका/बढेका अन्य बालबालिकाहरूका देवता या नायकहरूको तुलनामा यिनै कथाका नायक/खलनायकहरूका व्यक्तित्व मलाई खास लाग्यो । सशक्त लाग्थ्यो  ।


प्रायाश: तपाइँका कामहरूमा शास्त्रीय एंव पौराणिक कथाहरूको चित्रण भेटिन्छ । तपाईं आफ्ना रचनाहरूमार्फत पारिवारिक बन्धन र सामाजिक सम्बन्धको बारेमा बताइरहँदा पौराणिक कला या कथानकहरूलाई घनिष्ठ समकालीन पदवालीहरूसहित बुन्ने गर्नुहुन्छ । तपाईं ती पौराणिक व्यक्तित्वहरूको कुन कुराले ज्यादा आकर्षित हुनुहुन्छ ? साथै त्यस्ता कथाहरूले तपाईंले कवितामार्फत भन्न खोजिरहेको कुरालाई व्यक्त गर्न कत्तिको सजिलो पार्दछ ? 

जो-जो व्यक्ति लेखनतर्फ रुचि राख्छन्, ती व्यक्तिहरूले लेख्ने भनेको आफ्ना सम्झनालाई भोजन या इन्धन बनाएर नै हो झैं लाग्दछ। ती चिजहरू जसले तपाईंलाई परिवर्तन गर्यो या तपाईंको हृदयलाई छोयो तिनै कुराहरू नै लेखिन्छ जस्तो लाग्छ । या तपाईंको  बाल्यावस्थाको  रोमाञ्चकारीताहरू पनि रहलान्, कल्पनाहरू पनि अटाउँलान् ।

म मेरा स्वप्नदर्शी अभिभावकहरूले ग्रीकका पौराणिक कथाहरू पढेको सुनेर हुर्कीएकी केटी हूँ । यसैकारण होला अहिले म आफै पनि तिनै कथाहरूको संगतमा बस्न रुचाउँछु । लङ आइल्याण्ड (न्यू योर्क) मा हुर्केका/बढेका अन्य बालबालिकाहरूका देवता या नायकहरूको तुलनामा यिनै कथाका नायक/खलनायकहरूका व्यक्तित्व मलाई खास लाग्यो । सशक्त लाग्थ्यो  ।

मैले यिनै कथाहरू पढेर मेरा बालसुलभ गुणमाथि लेप लगाएँ । यी मेरा लोरी गीतहरू जस्तै थिए । केही कथाहरू छन्, जसले मलाई प्रतिध्वनित गर्दछ !। विशेषगरि पर्सेफोन (वनस्पतिको देवी) का कथाहरू, उनको बारेमा म वर्षौंदेखि लेख्दै आइरहेकी पनि छु ।

अर्कोतर्फ, मलाई लाग्दछ म मेरी आमाको संघर्षको क्षणमा उहासँगसँगै संलग्न थिएँ, जस्तो एक महत्वकांक्षी केटीमा हुने गर्दछे ।  मलाई लाग्दछ कि ती विशिष्ट पौराणिक कथाहरूले मलाई संघर्षका नयाँ आयाम एवं पक्षहरू सूचाकाक्षर गर्यो । यसको मतलब यो होइन कि त्यो नै मेरो दैनिक जीवनमा पर्याप्त उपयोगी सिद्ध भयो ।

जब मैले लेख्न सुरुवात गरेँ,  मेरी आमाको बारेमा गुनासो गर्नुको सट्टा म डेमेटर (अन्न एवं पृथ्वीको उर्वराशक्तिको देवी) को बारेमा गुनासो गर्न सक्ने भएकी थिएँ ।


 केहीले तपाईंको कामलाई ‘सिल्भिया प्लाथ’सँग तुलना गर्दछन् तपाईंका पदवालीहरुलाई बयानात्मक एवं आत्मविकारोक्तिपूर्ण नजरियाले पनि  वर्णन गर्ने गर्दछन् । तपाईंका आफ्ना रचनाहरूमा आफ्नै अनुभवहरूको कस्तो भूमिका रहन्छ ? के तपाईं आफ्ना रचनाहरूमा विश्वव्यापी मानव विषयवस्तुहरूको पनि अन्वेषण गर्नुहुन्छ ?

तपाईं जहिले पनि तपाईंको आफ्नै अनुभव कोर्नुहुन्छ किनभने यो नितान्त तपाईंको चिजवस्तुहरू हुन्, जो तपाईं आफ्नो बाल्यकालदेखि बटुल्न शुरु गर्नुहुन्छ। 

हो, पुरातन अनुभवहरू बारे म लेख्ने गर्छु । म स्वीकार्दछु पनि कि मेरो संघर्षका कथा र त्यसबाट प्राप्त भएका आनन्दहरू अनौठा छैनन् । उनीहरू आफूले अनुभव गरे अनुरुप महसुस गर्दछन् र तिनै कुरा अभिव्यक्त गर्दछन्  ।  तर म एक स्पटलाइट मुनि उभिएर प्रकाशहरू खस्न दिने पक्षमा रहिनँ  ।  म संघर्ष र मानव जीवनका तमाम आनन्दहरूलाई अभिव्यक्त गर्न उति रुचाउन्नँ, ती जो जन्मन्छन् र त्यसपछि मर्दछन्  ।

मलाई लाग्छ कि म मृत्युबारे यसकारण लेख्छु किनकि बाल्यकालमा मेरो लागि यो कुरा पत्ता लगाउनु निकै दुर्भाग्यपूर्ण थियो कि यो सधैँ यस्तै रहिरहँदैन ।

यदि तपाईं लेख्दै हुनुहुन्छ भने तपाईं एक साहसी यात्रु हो, जो कता जान निस्केको थियो र कता पुगिसकेको छ; उसलाई केही पत्तो हुँदैन । म इलाकाहरूसँग अपरिचित हुन चाहन्छु। भनौँ न, म अपरिचित इलाकाहरूमा पुगिरहन चाहन्छु  ।


 तपाईंको करियरमा तपाईंले विभिन्न काव्यिक प्रयोगहरू गर्नुभएको छ, तपाईंको आवाज अलग रहेको छ । के यो जानाजानी गरिएको सचेत प्रयास हो या अन्जानमा घटित कुनै दुर्घटनाहरू हुन् ?

हो, सधैँजस्तो यस्तो भइरहेको हुन्छ। यदि तपाईं लेख्दै हुनुहुन्छ भने तपाईं एक साहसी यात्रु हो, जो कता जान निस्केको थियो र कता पुगिसकेको छ; उसलाई केही पत्तो हुँदैन । म इलाकाहरूसँग अपरिचित हुन चाहन्छु। भनौँ न, म अपरिचित इलाकाहरूमा पुगिरहन चाहन्छु  ।

बुढेसकालमा तपाईंसँग भन्नका लागि केही राम्रा चिजहरू छन्  र त्यो एक नयाँ अनुभव हो भने कति सुन्दर कुरा हो । यो सबैको लागि सबैभन्दा अपेक्षित आनन्द होइन होला तर कवि वा लेखकका लागि मलाई लाग्छ यस्ता अनुभवहरू अमूल्य हुन्छन्। 

मलाई लाग्छ कि तपाईं जहिले पनि आश्चर्यचकित हुनुपर्दछ ! एक तरिकाले सदैव नयाँ शुरुआत गरिरहनु पर्दछ । अन्यथा तपाईं आफ्नै आँसुहरूलाई पनि घृणा गर्न थाल्नुहुन्छ ।

कहिलेकाहीं यस्तो पनि होस् न, तपाईं एउटा कविता लेख्नुहोस् ।  एउटा निकै राम्रो कविता  ।  तर तपाईंलाई यो यादै नहोस् कि यो कविता तपाईंले पहिले पनि लेखिसक्नु भएको छ  । यो कति सुन्दर अनुभव हो  ।


 तपाईंले यालेमा पढाउनुहुन्छ ।  तपाईंले भन्नु भएको छ कि तपाईंका लेखनका कठिनतम क्षणहरूमा अध्ययनले तपाईंलाई निकै मद्दत पुर्‍यायो।  अध्ययनले तपाईंलाई  कस्तो लेखक बनाइरहेको छ ?

 तपाईं लगातार अप्रत्याशित र नवीनतम वर्षातहरूमा लुछुप्पै हुने गरी भिजिरहनु हुन्छ।  तपाईंले आफ्ना विचारहरूलाई पुन: व्यवस्थित गर्नुपर्दछ ताकि तपाईं आफ्ना विद्यार्थीहरूलाई हरबखत उत्साहित बनाइरहन सक्नुहोस् । मेरा विद्यार्थीहरूले मलाई चकित पारुन्,  तिनीहरूलाई म चकित पारौँ । यो चलिरहोस्  ।

तर एउटा कुरा, म जतिखेरै लेख्न सक्दिनँ तर अन्य व्यक्तिका रचनाहरू पढिरहन चाहिँ सक्दछु ।

कुनै पनि अत्यन्त महत्वपूर्ण र भन्नै पर्ने कुराहरू छन् भने तिनलाई कवितामा भन्दा नै सहज महसुस गर्छु  ।  बाँकी त  ठट्यौलीहरू हुन्, चलिरहन्छन् ।


 तपाईंलाई समयको लागि धेरै धेरै धन्यवाद । केही कुराहरू छन्, जो तपाईं थप्न चाहनुहुन्छ ?

 के तपाईंले यो तथ्यलाई विचार गर्नुभयो ? मैले तपाईंसँग कुनै पनि विषयलाई समाएर बोल्न शुरु गरेको थिइनँ  ।

कुनै पनि अत्यन्त महत्वपूर्ण र भन्नै पर्ने कुराहरू छन् भने तिनलाई कवितामा भन्दा नै सहज महसुस गर्छु  ।  बाँकी त  ठट्यौलीहरू हुन्, चलिरहन्छन् ।



 प्रस्तुत छ कवि लुइस ग्लेकका दुई कविताहरू :



पहिलो कविता :
साइरन

म एक अपराधी बन्न पुगेँ, जब मैले विशुद्ध प्रेम गरेँ,
त्यस भन्दा अघिसम्म म एक वेट्रेस थिएँ ।

म तिमीसँग शिकागो शहर जान चाहन्नँ थिएँ,
मेरो त तिमीसँग बिहे गर्न चाहना थियो ।
म चाहन्थेँ,
तिम्रो श्रीमतीले यसबापत कष्ट भोगिरहोस् ।

म उसको जीवन नाटक जस्तो होस् भन्ने चाहन्थेँ,
जहाँ दु:ख र मात्रै दु:खहरू होउन् ।

के एक असल व्यक्तिले यस्तो सोच्ने गर्छ  ?
तर म सोच्ने गर्छु, 
यसप्रकारको साहसको मैले जस पाउनुपर्छ-

म तिम्रो अगाडि बार्दलीको अँध्यारोमा छेलो परेर बसेकी थिएँ,
सबै कुराहरू स्पष्ट थिए-
यदि तिम्रो श्रीमतीले तिमीलाई मसँग जान दिई भने
प्रमाणित हुनेछ कि ऊ तिमीलाई प्रेम गर्दिनँ । 
यदि तिमीई प्रेम गर्दछे भने ऊ
तिमी खुसी भएको पनि पक्कै रुचाउनेछे ।

मलाई लागिरहेछ,
यतिखेर
यदि मैले आफूलाई कमजोर महसुस गरेँ भने
म एक असल व्यक्ति सिद्ध हुनेछु ।
उसो त,  म एक असल वेट्रेस त थिएँ नै,
म अझ पनि आठ वटा पेय पदार्थहरू एकसाथ बोक्न सक्छु ।

पर्ख,
म तिमीलाई मेरो सपना बताउँछु,
गए राती मैले एक महिलालाई अँध्यारो बसमा बसिरहेको देखेकी थिएँ । 

सपनामा;
बस गुडिरहेको थियो, उनी रुँदै थिइन्,
बस टाढा कतै जाँदै थियो । 
एक हातले उनी आँशु पुछ्दै थिइन्,
र, अर्को हात हावामा लहराउँदै 
बच्चाहरूले भरिएको अण्डाका क्यारेटहरू सुम्सुमाइरहेकी थिइन् ।

सपनामा त्यो विवाहित महिलाको उद्धार हुन् सकेन ।



भावार्थ : 
साइरन प्रलोभन, इच्छा, र जोखिमको प्रतीक हो । ग्रीक पौराणिक कथाअनुसार कुनै पनि टापू आसपास हुँदै अघि बढिरहेको जहाज या नाविकहरूलाई रोक्नको लागि साइरनले मिठो गीत गुनगुनाउने गर्दछे । उसको गीतमा लट्ठ हुँदा जहाजहरू टापूको चट्टानी तटमा दुर्घटनाग्रस्त हुने या नाविकहरूको पानीमा डुबेर मृत्यु हुने अनुमान गरिन्छ। डिमिटर (अन्न एवं पृथ्वीको उर्वराशक्तिको देवी) एवं म्युज/म्युजेज (साहित्य कला, संगीत, दृश्यकला, र विज्ञानको मूर्त रूप या कलाका संरक्षणका लागि खटाइएका देवीदेवताहरू) द्वारा श्रापित साइरन एउटा सानो टापुमा निर्वासित जीवन बिताइरहेकी छे भनेर विश्वास गरिन्छ ।


दोस्रो कविता :
एक फेन्टासी 

म तपाईंलाई केही कुरा बताउँछु,
हर दिन मान्छेहरू मरिरहेका छन्, 
र, यो सिर्फ एक शुरुवात हो ।

हर दिन अन्त्येष्टी स्थलहरूमा
नयाँ नयाँ विधुवाहरूले जन्म लिइरहेका छन्,
नयाँ नयाँ अनाथहरूले पनि ।
ती दुवै आ-आफ्ना हात बाँधेर झोक्राइरहेका हुन्छन्,
आगामी जीवनको बारेमा प्रश्नहरू गरेर, तीनका जवाफहरू खोजेर ।

उनीहरू चिहान पुग्नेछन्, कोही त पहिलोपटक पुगिरहेका हुन्छन् ।
उनीहरूलाई रुन डर लाग्छ,  कहिलेकाहीँ त रुन नसकेर पनि ।
फेरि कोही व्यक्ति उनीतर्फ झुक्नेछ,
र, उनलाई बताउनेछ- ‘अब भविष्यको बारेमा सोच, जसको कुनै महत्व होस्  !’

केही शब्दहरू बोल्नु,
र, उदाङ्गो चिहानमा माटो खसाउनु,
त्यसपछि सबै मलामीहरू आफ्नो घर फर्कन्छन् ।
रित्तो-रित्तो हुन्छ- त्यो चिहान,
जो केही समय अगाडिसम्म समवेदनाका आवाजहरूले भरिएको थियो ।

विधुवा सोफामा बस्दछे, एकदम धीर-गम्भीर ।
आफन्तजनहरू एक-एक गर्दै मिल्नको लागि उसको सम्मुख आउँछन्,
कोही आउँछन्, उसको हात समाउँछन्
कोही आउँछन्, उसलाई अँगालो हाल्छन् 
उनीहरूसँग सम्झाउन/बताउनका लागे हमेशा केही न केही हुनेगर्छ,
ऊ उनीहरू सबलाई धन्यवाद भन्दछे- ‘आउनुभएकोमा यहाँहरू सबैलाई धन्यवाद  !’

आफ्नो मनै मन ऊ पुकार गर्छे- ‘हे ईश्वर, यी सब चाँडोभन्दा चाँडो यहाँबाट गइ जाउन्  !’
र, ऊ पुग्न चाहन्छे, सोही चिहानसम्म,
बिरामी छट्पटाइरहेको वार्डसम्म, अस्पतालसम्म ।
ऊ जान्दछे, अब यो सम्भव छैन ।
तर, त्यहि नै उसको आशाको त्यान्द्रो हो,
विगतसम्म पुगेर आउने,
थोरे पछाडिसम्म मात्रै भए पनि ।

निकै पछाडि, विवाह र पहिलो चुम्बनसम्म होइन ।



खोज/संकलन/अनुवाद : राजु झल्लु प्रसाद



Facebook Comments

You may also like

error: Content is protected !!