मृत्युको शंखनाद

मृत्युको शंखनाद

सधैँ त शान्त रहने ऊ
आज ताण्डव गरिरहिछे,
ऊ नाच्दै छे प्रलयको नाङ्गो नाच !

नाचको मुद्रासँगै फैलँदै छन्
हस्त मुद्राहरू
उसका फैलिएका चुच्चा फडाँको
सम्पर्कमा जो आउँछन्
ती ढल्नेछन् जमीनमा फीँज काढ्दै
सानो विध्वंसले मात्र
शान्त हुने छैन उसको क्रोध,
ऊ नाच्दै छे प्रलयको नाङ्गो नाच !

बगाउँदै बलिन्द्र अश्रुधारा
सम्झाउन खोज्दै छे
आफ्ना पीडाको मोल
देखाउन खोज्दै चोटको डोब
ऊ गर्दै छे खबरदारी
पापको प्याला पिउनेहरुलाई
देखाउँदै आफ्नो विराट स्वरूप,
ऊ नाच्दै छे प्रलयको नाङ्गो नाच !

अझै
शान्त भएको छैन उसको उद्वेग
ऊ फैलाउँदै छे आफ्ना पाइलाहरू
फराक पार्दै छे नाच्ने आँगन 
लड्दै अधिकारको लडाइँ,
हिसाब गर्दै लिने छे
अनाहकमा पाएका चोटहरूको बदला
ऊ खोज्दै छे आफ्नो लुटिएको अस्तित्व,
ऊ नाच्दै छे प्रलयको नाङ्गो नाच !

उर्लनको रौद्र रुपसँगै
ऊ कुर्लँदै छे
विनाशको सुसेली 
देखाउँदै मोक्षको सत्य
भ्रमका भ्रुणहरूलाई
गर्दै छे आफ्नो शक्ति प्रदर्शन,
ऊ नाच्दै छे प्रलयको नाङ्गो नाच !

उसको नाम प्रकृति
ऊ एक सरीता,
ऊ गर्दै छे मृत्युको शंखनाद !

Image Source: Reddit

***

राजनीति

उसले बालखाको मुस्कानमा राजनीति गर्यो,
हाँसोमा राजनीति गर्यो !
उसले प्रेमीको खुशीमा राजनीति गर्यो,
प्रेमीकाको आँशुमा राजनीति गर्यो !
उसले यौवनाको यौवनसँग राजनीति गर्यो,
योनीसँग राजनीति गर्यो,
तर यत्तिमै उसको प्यास मेटिएन,
उसले ‘उसको’ जीवनसँग राजनीति गर्यो !

उसले हत्यामा राजनीति गर्यो,
हिंसामा राजनीति गर्यो !
उसले न्यायमा राजनीति गर्यो,
निसाफमा राजनीति गर्यो !
उसले आमाको ‘आश’मा राजनीति गर्यो,
बाबुको ‘लाश’मा राजनीति गर्यो !
तर पनि उसलाई शान्ती किन मिल्थ्यो र ?
उसले आफ्नै श्रीमतीको सिन्दुरसँग राजनीति गर्यो !

उसले भाषामा राजनीति गर्यो,
भेष-भुषामा राजनीति गर्यो !
उसले जातमा राजनीति गर्यो,
जातीयतामा राजनीति गर्यो !
उसले विभिन्न भु-भागमा राजनीति गर्यो,
त्यसपछि भुगोलमा राजनीति गर्यो !
फेरीपनि, उसलाई त्यतिले नपुगेर,
उसले राष्ट्र र राष्ट्रियतामा राजनीति गर्यो !

उसले विद्यार्थी बनेर राजनीति गर्यो,
उसले शिक्षक भएर पनि राजनीति गर्यो !
उसले शिक्षामा राजनीति गर्यो,
पठन-पाठनमा समेत राजनीति गर्यो !
उसले स्कुल कलेजका भित्तामा राजनीति गर्यो,
राज्य सत्तामा पनि राजनीति गर्यो !
तर त्यतिले उस्को चित्त धरिएन,
उसले विद्यार्थीको भविष्यमा राजनीति गर्यो !

अब,
उसले राजनीति नगरेको गाउँ रहेन,
भाषण नगरेको ठाउँ रहेन,
उसले बोल्नेको मुखमा राजनीति गर्यो !
लेख्नेको कलममा राजनीति गर्यो !
हो !
त्यसदिन देखि मैले लेख्न छाडिदिए,
जुनदिन,
उसलाई मसीले नपुगेर,
उसले मेरो कलममाथी राजनीति सुरु गर्यो !
तर,
मैले आफुले आफैलाई प्रश्न गर्नुपर्छ !
कतै मैले लेख्न छाडेर,
‘म’ स्वयंसँग त राजनीति गर्दै छैन ?

Image Source: Annihilation by Georgia Papamichail

***

JOY OF SUFFERING

I am sitting inside of my room,
It’s raining outside.
Actually, it’s not raining.
It’s the emotion of the sky.
Dear sky,
let it flow over me.
Keep raining all night.

What a coincidence!
We both are suffering.
But there is a little difference
when you suffer, I feel pleasure.
So please, don’t stop suffering.
Keep suffering all night.

My eyes can rain with your drops.
My mouth can shout with your thunder,
And nobody knows about it.
Isn’t it fantastic?
It’s so melodious to me.
Keep thundering all night.
It’s not the lightning,
It’s the energy you transfer.
So please, don’t stop energizing,
Keep lightning all night.

It’s not only me,
enjoying your presence.
My windows are playing seesaw with your air.
fair it is, na ? 
Please let them rejoice,
Keep blowing all night. 

Ohh, dear sky !
I’m feeling you in me.
let me feel glance of suffering,
Grace me with the taste of your harvest
please don’t stop raining,
Keep raining all night.

Image Source: loverofsadness.com

Facebook Comments

You may also like

error: Content is protected !!