ME : in ME!

[००१]
Astra 680 ग्रे-ब्याल्क स्पेनिस रिबल्भर मस्त निदाइरहेछ सानले टेबलमा । मक्षत्र आश्वान ( अ रेन्टेड- सिरियल-किलर), पढिरहेछ हिजो भर्खर भएको एउटा मर्डरको मृत-लेख । होइन, वास्तवमा ऊ पढिरहेछ, आफ्नै जिन्दगीको ग्राफिक-समाचार ! त्यो समाचारको भिलेन ऊ हो, हिरोलाई उसले हिजै मारिसकेको छ । रिबल्भरकै छेउमा एक कप कालो कफि डरले लामो लामो सास फेरिरहेछ ।

एउटा नखोलिएको चिठीको खाम घरिघरि उसलाई हेरे जस्तो गर्छ । ऊ आफ्नो दैनिक-गाथा पढिभ्याउछ । र दम्भका साथ आफ्नो झम्म परेको दारी मुर्सादै पत्रिका पट्टाएर टेबलमा राख्छ । अनि उसलाई अघि देखि प्रेमिल नजरले हेरिरहेको खामको मुख च्यातिदिन्छ :
-१०,००,००० को एउटा चेकमा उसको नाम छ ।
-र त्यससँगै एउटा ३०/३२ वर्षको युवकको फोटोको पछाडि लेखिएको छ :
” हि सुड बि डाइ विथइन 24 आवर !”
***
[००२]
अध्यारो खुब मन पर्ने मान्छे म। सबै कुरा रात मै गर्न मन लाग्छ मलाई। गुमनाम/नजानिएको/नचिनिएको कुराहरुको फ्यान हुँ म। रात अज्ञात लाग्छ, त्यसैलाई म हररात हराउने गर्छु यी मस्त मातेर लडिरहेका साँघुरा गल्लीहरुमा। घाम मलाई त्यति मन पर्दैन। तारा, जुनको दिवाना हुँ।

यी गल्लीहरुका आकाशका ताराहरुले पनि चिन्छन् अब त मलाई। यी भित्ताहरुलाई नि याद होला अब त मेरो चेहेरा । यहाका मच्छेटहरुसग पनि मेरो दोस्ती छ। मानौं, यो मेरो घर नै हो, मेरो देश हो, मेरो ठाँउ हो।

(घडी – १०:०२)

सडक निदाइसकेछ! सायद दिनभरि पदचापहरु बोकेकाले गलेको हुनुपर्छ। म कानमा इयरर्फोन लगाएर ‘ब्राड्ली कुपर’ लाई सुन्दै, हिडिरहेछु: ” मेबि इट्स टाइम टु लेट दि वल्ड वेज डाइ…” ल्याम्पोस्टका बत्तीहरु खुब श्रिङ्गारिए जस्ता छन्- मातिएका छन्, किराहरु झुमिरहेछन्। दुइटा मिडल-साइज ढुंगा मस्त डेटिङ बसिरहेछन् बीच सडकमा। म कुद्दै गएर लात हान्छु: एउटा ढुंगा बाटाको किनारा हुँदै अध्यारोमा कतै बिलाउछ, अर्को ढुंगा कुद्दै जान्छ र एउटा बडो मेहनतले कसैले पट्टाएर जतन साथ राखेको ब्लु-पेपरमा गएर ठोकिन्छ। म त्यो पेपर उठाउछु:

‘मृत्यु कहिले देखेका छौ ?’
आज खुब नजिक भएर जानेछ मृत्यु तिम्रो?
तर नडराउनु,
अहिले नै तिमीसँग फ्रेन्डसीप गर्ने,
मुडमा छैन ऊ !’

ब्ल्याक ह्यान्डराइटिङ! पेपरको अन्तिममा एउटा स्माइलिको स्टिकर बनाइएको छ! म बुझ्दिन- म फेरि के लेखेको रै छ भनेर पढ्न खोज्छु! एक्कासि मेरो कानको नजिकैबाट एउटा बुलेट पास हुन्छ। म तर्सिन्छु। पछाडि फर्कन्छु, अध्यारोमा चेहेरा त देख्दिन, तर एउटा आकृति मतिर गन-पोइन्ट गरि, अगाडि बडिरहेको छ भन्ने मा म प्रष्ट छु। म डराउछु- भाग्छु फेरि ऊ सुट गर्छ, धन्न मलाई लाग्दैन! म ती साँघुरा गल्लीको एउटा भित्तामा गएर लुक्छु, मनमा अनेकौं कुराहरुले बुर्कुसी मार्न थाल्छन्: ‘को हो त्यो जो मलाई मार्न चाहन्छ?’ दिमागले भट्टाभट दुश्मनको अनुहार सम्झिन थाल्छ, दुश्मनी सम्झन्छ। तर अह, मलाई मार्नै पर्ने कारणहरु भएको दुश्मन त मसँग एउटा पनि छैन, छदै छैन। म फेरि कोही छ कि भनि, दिमागलाई जोर लाउछु, अह, फ्याट्टफुट्ट झगडा भएका थिए, तर मर्डर नै गर्ने खालको दुश्मनी मेरो कोहीसग छैन।

म भित्ताबाट लुकेर पछाडि हेर्छु- कोही छ? अह, कोही देख्दिन। एउटा ठूलै ढुंगा टिप्छु। बिस्तारै पाइला चाल्दै बाहिर निस्कन्छु। त्यही आकृति देख्छु, हातमा गन, मलाई नै खोजिरहेछ। को हो यो मान्छे? मलाई किन मार्न चाहन्छ? मेरो दुश्मनी के छ योसँग? अह, कुनै प्रश्नको पनि जवाफ दिदैन दिमागले। ऊ बिस्तारै मलाई खोज्दै मतिर आउछ, उसले मलाई देखेको छैन तर म उसलाई प्रष्ट देखिरहेको छु। ऊ मभन्दा पाँच फिटको दुरीमा छ। ऊ गनको नालले आफ्नो दाह्री कन्याउछु। म बिस्तारै उसको पछाडि पट्टी जान्छु र हातको ढुंगाले उसको टाउकोमा जोडले हान्छु । ऊ आफ्नो दुवै हातले आफ्नो टाउको समाउछ। म यही मौकामा उसको दाइने हातको बन्दुक खोस्छु र ऊतिर पोइन्ट गर्छु। ऊ आफ्नो ढाडमा लुकाइरहेको अर्को गन निकालेर मतिर…., ‘ड्याङ्ङ्…’ एक्कासि मेरो हातमा भएको गनबाट गोली चल्छ, उसको छातीबाट रगत बग्न थाल्छ। ऊ बिस्तारै जमीनमा खस्छ , लड्छ/मर्छ। म के गरुँ गरुँ हुन्छु? पहिला त आफ्नो डरलाई काबुमा ल्याउछु! को हो यो?- उसको चेहेरा हेर्छु अहँ चिन्दिन? कतै देखे जस्तो लाग्छ तर यही हो भनेर चै भन्न सक्दिन। म उसको तलासी लिन्छु। उसको कोटको भित्री गोजीमा केही छ – निकाल्छु :
– मक्षत्र आश्वनको नाममा १०,००,०००को एउटा चेक छ!
– र एउटा तस्बिर छ मेरो आफ्नै, जसको पछाडि लेखिएको छ:
” हि सुड बी डाइ विथिन २४ हावर!”
**
[००३]
एउटा स्पेनिस रिबल्भर, स्खलित भएर कुनै बेस्याको छातीमा लडे झै मस्त लडिरहेछ टेबलमा। उसकै छेउमा २ वर्षे पुरानो मेरो आफ्नै फोटो सालिन मुद्रामा खै के सोचिरहेछ! म आफ्नो मृत्यु बारे सोचिरहेछु। सोचिरहेछु, मलाई मार्ने मान्छे? मलाई मार्ने कारण? को हुनसक्छ? कहा हुनसक्छ? किन हुनसक्छ?

म झल्यास्स हुन्छु। गोजिबाट अघिको चेक निकाल्छु। ल्यापटप खोल्छु। गुगल: टाइप गर्छु: ‘बैंक अफ अल्साइया’, खाता नं: 0987658954। प्रोफाइल आउछ। एक्चुल्ली आउछे।
किनकि त्यसमा केटीको प्रोफाइल छ:

Name: Aripa Proxy
DoB: 1995/07/13
Age: 28
Address: Old City, Street no. 32
Email: proxy77@gmail.com

के एउटा स्त्री-आत्माले मलाई मार्ने सुपारी दिएको हुनसक्छ र? कि हुनसक्छ? तर कसरी हुनसक्छ? म केटीको फोटो हेर्छु: सट ब्लाय्क- हेयर, बिग-ब्राउन आइज, पोइन्टेट्-नोज, ह्वाइट-प्लेटेट-चिक्स, एन्ड अ जुस्सी-लिप्स। कहा देखेको यो केटीलाई मैले? देखेको छु र? देखे जस्तो पनि लाग्छ। कतै सपनामा? फिल्म मा? या इन रियल लाइफ? अरे, मैले देखेको/भेटेको हुनुपर्छ यो केटी? तर कहा? म सम्झिने प्रयास गर्छु। अह, याद छैन !

**

ओल्ड सिटी, स्ट्रीट न.32
अपार्टमेन्ट नं: ७८८

ऊ मोडल रैछे। उसको अपार्टमेन्टको तलासि गर्दै गर्दा पत्ता लाग्यो। कोठाको भित्ताभरि उसको ग्ल्यामर्स फोटाहरु टासिंएका छन्। रुममा कोहि थिएन। पहिला नक गरेको हुँ, रेस्पोन्स नआएपछि मैले ढोका ठेलि हेरे, खोलियो र सिधै भित्र पसे। “हेलो ..!”- कोहि छैन। पूरा कोठा हेरे। स्स्स्स्स्स्स… वासरुम बाट केही आवाज मेरो कानमा आएर ठोकियो। वासरुमको ढोका खुल्लै छ। भित्र पसे। धारा खुल्लै रैछ..। म आफ्नो मुख धुदै धारा बन्द गर्छु। ऐना हेर्छु… ‘सिट’! तर्सिन्छु। मेरो ठिक अपोजिट साइडमा एउटा मृत शरिर रगतले लतपतिएको छ । म फर्केर हेर्छु । मुटु जोडजोडले धड्किन थाल्यो। त्यो शरिर उसैको थियो- जसलाई खोज्दै म यहाँ आएको थिए।

म उसको अनुहारमा एकोहोरिन्छु। उसको हात नेरि केही लेखिएको छ। म डराउदै ऊ छेउ जान्छु। नेपाली अक्षर छन्: ‘त्यो तँ नै थिइस्…!’

‘गेम अफ थ्रोन्स’ को इन्ट्रो सङ बज्छ। म झस्किन्छु। उसको मोबाइल बजेको रैछ। उसको छेउ जान्छु म ।उसको बल्डले लतपतिएको पाइन्टबाट मोबाइल निकाल्छु। अनोन नम्बर। उठाउन मलाई डर लाग्छ।
एकछिन पछि फोन आफै काटिन्छ । ‘ वान अनरिड म्यासेज ‘ फोन काटिने साथै मोबाइलमा देखिन्छ । ओपन गर्छु । म फेरि सक्ड हुन्छु । त्यो मेसेज मेरो नम्बर बाट आएको छ करिब ४० मिनेट अगाडि : ‘ लभ यु बेबी, सियु इन 15 मिनेटस् ..!’ मेरो सास रोकिएजस्तो हुन्छ।
**
[००४]
म बौलाहा जस्तो एउटा डेड-बडीको अपार्टमेन्ट पुरा घुमिरहेको छु उसकै मोबाइल बोकेर। घरिघरि ग्यालरीमा भएको हामी दुइको फोटो हेर्छु जहाँ ऊ मेरो गालामा किस गर्दै सेल्फि लिइरहेकी छे। म आफ्नो दिमागमा ऊ सँगको भेट सम्झिन खोज्छु। तर अहँ कहिकतै केही छैन। मेरो टाउको घुम्न थाल्छ। आखिर को हो ऊ? म को हुँ? मलाई केही हेक्का छैन।

म सिदा उसको बेडरुम जान्छु। बेडरुम मा सब खानतलासि गर्छु। लथालिङ्ग हुन्छ कोठा। बेड छेउको टेबलमा उसको र मेरो हासिरहेको फोटो छ। त्यही टेबल छेउको ड्रयर खोल्छु। त्यहाँ भित्र दुइटा फाइल छन्। एउटामा एग्रिमेन्ट साइन भएको छ। मेरो? म फेरि आश्चर्यमा पर्छु। मेरो मृत्युको सम्झौता पत्र मेरो हातमा छ। साइन बाइ मी?- कसैलाई मेरो आफ्नै हत्याको सुपारी मैले आफै दिएको छु। म हतारहतार अर्को फाइल खोल्छु। त्यहाँ मेरो नामको मेडिकल रिपोर्ट छ:

Name:
Viveyan Aatraya

Age:
33

Dysfunction:
MPD (Multiple Personality Disorder)

Symptoms:
Aggression, Insomnia , Hallucination, Short-term Memory Loss, Lunatic, Fatal/Suicidal Nature.

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!