‘मदन पुरस्कार–२०७७’को श्रेष्ठ सूची आज सार्वजनिक

काठमाडौँ — मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७७’ का लागि ९ पुस्तकहरु छनोट गरेको छ । गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको हो ।

यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो । अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको आधार बनाइएको गुठीले जनाएको छ ।

यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार दिइने छ ।

श्रेष्ठ सूचीमा परेका ९ पुस्तक :

– एकलव्यको देब्रे हात

‍- करिया

– कल्प-ग्रन्थ

– नृत्याक्षर विज्ञान

– फिलिङ्गो

– फुलाङ्गे

– मोक्षभूमि

– रमिते

– लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)

Facebook Comments

You may also like

error: Content is protected !!