काठमाडौँ – ‘अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित घरघरमा किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनाका लागि चलेको स्टार्टअप कम्पनी किताब यात्राले ‘आइसीटि पब्लिक च्वाइस अवार्ड २०१९’ अवार्ड पाएको छ ।
शुक्रबार काठमाडौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रमकाबीच किताब यात्रालाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिभिङ विथ आइसीटि पत्रिकाले आयोजना गरेको हो ।
किताब यात्राले पाठकले खोजेको किताब घरसम्मै पुर्याउने व्यवस्था गरिरहेको छ । पठन संस्कृतिलाई विकास र विस्तार गर्न यसले अनलाइबाट सोझै खरिद गर्ने प्ल्याटफर्म स्वदेश तथा विदेशमा प्रदान गरेको छ । यसले अहिले न्युज अनलाइनमा समेत लाइब्रेरी सञ्चालन गर्दै आएको छ । प्रविधिको प्रयोग गरेर किताबका पाठकलाई दिएको योगदानअनुरुप किताब यात्रा पब्लिक च्वाइस विधामा मनोनयनमा । किताब यात्राले सबैभन्दा बढी भोट पाएर यो अवार्ड चुम्न सफल भएको हो ।