किताब यात्राको प्रमुख कार्यकारी अधिकृतमा विकेश भट्टराई नियुक्त

किताब यात्रा प्राईभेट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा विकेश भट्टराईलाई नियुक्त गरेको छ । भट्टराईलाई किताब यात्रा प्राईभेट लिमिटेडको सञ्चालक समितिको बैठकले मिति २०७७ साल असार २९ गतेका दिनदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । विकेश भट्टराईको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ । उनले साढे २ वर्षदेखि डिपुटि सी.ई.ओ.को रुपमा किताब यात्रामा कार्य गरिरहेका थिए ।

किताबयात्रा आइसिटी अवार्ड २०१९ को पब्लिक च्योइस आइसिटी अवार्ड विजेता कम्पनि पनि हो ।‘गरे के सकिन्न र ?’ भन्ने चर्चित नेपाली उखानलाई किताब यात्राका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत विकेश भट्टराईले पुष्टी गरेका छन् । २३ वर्षिय कलिलो उमेरमै उनले पछिल्लो समय अधिकांश पुस्तकप्रेमीको पहिलो रोजाई बनेको कम्पनी नेतृत्व गर्ने भएका छन् । पछिल्लो समय, अनलाइनमार्फत किताब बेचेरै नेपालमा ख्याति कमाउन सफल कम्पनी, किताब यात्रा प्राईभेट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विकेश भट्टराईलाई जन्मदिनको अवसर पारेर नियुक्त गरेको हो ।

नियुक्तिसँगै जिम्मेवारीबोध व्यक्त गर्दै भट्टराईले भने, ‘सम्पूर्ण पाठकले किताब पढ्न पाउने वातावरण निर्माण गर्नु र पठन संस्कृतिको विकासका लागि जति सक्दो काम गर्न पाउनु नै हाम्रो प्रमुख लक्ष्य हुनेछ । हामी अहिले ४५ ठाउँमा ‘क्यास अन डेलिभर’ को रुपमा काम गरिरहेका छौँ, यसलाई जति सक्दो धेरै स्थानमा सेवा बिस्तार गर्ने प्रक्रियामा हामी चाँडै जानेछौँ । समग्रमा भन्दा म किताबप्रेमीहरुलाई न्याय गर्नेछु । यसअघिका सीइओ ऋषि राम अधिकारी दाजुले बनाइदिनुभएको बाटोलाई थप फराकिलो बनाउनेछु ।’

पूर्व सि.ई.ओ. ऋषिराम अधिकारीले साढे २ वर्षदेखि उक्त पद वाहन गर्दै आएका थिए । उनको राजिनामा पश्चात किताब यात्रा प्रा.लि.को संचालक समितिद्वारा विकेश भट्टराई सीईओको रुपमा छानिएका हुन् । किताब यात्राले देश तथा विदेशमा रहने किताब प्रेमीहरुको घर-दैलोसम्मै किताब डेलिभरी गर्ने काम गर्दै आइरहेको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!