काठमाडौँ । समयसँगै प्रविधिको विकास भइरहँदा किताबकिरो डट कमले प्राविधिक किताब मेलाको आयोजना गर्दैछ। नयाँ वर्षको अवसर पारी किताबकिरोले अनलाइन पुस्तक प्रदर्शनी गर्ने भएको हो।
आउँदो वैशाख १ गतेबाट शुरु हुने प्रदर्शनी एक महिनासम्म चल्नेछ। किताब पारखीहरूले आफूलाई मनपर्ने किताब अनलाइनमार्फत नै किन्न सक्नेछन्। रु. २ हजारभन्दा माथिको किताब खरिद गरेमा पाठकको दैलोसम्म किताबकिरोले डेलिभरी समेत गर्नेछ। किताबकिरोले डेलिभरीको सो व्यवस्था देशैभरिका लागि गरेको हो। पाठकले जुनसुकै ठाउँबाट पनि किताब अर्डर गर्न सक्नेछन्।
उक्त अनलाइन किताब मेलामा स्थापित प्रकाशनगृहका लोकप्रिय किताबहरू २० प्रतिशत छुटसहित सहुलियत मूल्यमा राखिनेछन्।
प्रदर्शनीबाट पुस्तक खरिद गर्न यहाँ क्लिक गर्नुहोला…