खेतालाको गीत

धुवाँ

घाटमा बल्दै गरेको
एउटा जवान मृत्युबाट,
जल्दै गरेको सिन्का उठाए
अनि,
फिलटरनेर भाचिएको चुरोट जलाए,
एक सर्को चुरोट जिन्दगीको नाभीसम्म
पुग्ने गरि तानेर,
फुकि दिए… धुवाँ…
मृत्युले पनि त्यसै गर्यो (copycat)
उडायो धुवाँ चिताबाट,
म देख्छु, धुवाँ मिसिएको,

ए! साले जिन्दगी,
तैले उडाएको धुवाँ कति कमजोड,
हेर त, समर्पण गर्यो आफैलाई
मृत्युको धुवाँ अघि

Smoke from sellebrate.in

Image Source: Smoke from sellebrate.in

जादुगरलाई चिठी

डियर जादुगर,
कहाँ छौ अहिले??
..
जब म सपना देख्छु अनि
बिहानसम्म सम्झन्छु
मलाई तिम्रो याद आँउछ प्रिय जादुगर,
आखिर तिमीले नै हौ
मलाई सपनामा जिउन सिकाएको,
अचेल म स्वाप्निल जिल्लाको
अचेत गाँऊमा गुफा बस्छु
….
प्रिय जादुगर
जब,
मर्छ एउटा रहर
अनि त्यही रहरको ठुटाबाट
अनेकौ कमुलो रहरहरू पलाउछन्,
म तिमीलाई सम्झन्छु,
आखिर रहरको शहरमा
तिमीले नै जादुमा बाच्नु सिकाएको हौ
अचेल म यस्तै जादुयी नगरको
मायावी चोकमा बास बस्छु,
…..
डियर जादुगर
मैले जिन्दगीको जादु सिक्दै छु!!!!

Image Source : Sandytweed

खेतालाको गीत

तिम्रो सपना फलाउने, फुलाउने,
म खेताला,
तिम्रो नूनको गुण
खूनले तिर्दैछु
एउटा भोको रात त्यसै गालेर
बिहान तिम्रो भान्छामा
एउटा अर्को आइटम सजाई दिने
म खेताला

भारमा सुक्दैछ एउटा ईच्छा
ध्वासोले अब त उमेरमा नै बूढो भईसक्यो,
त्यो बूढो ईच्छा जो कहिल्यै जवान भएन.
कहिल्यै उडान भरेन,
त्यो मेरो ईच्छाले
तिम्रो महत्वकाङ्क्षाको घरेटी
खन्दा खन्दै पुरिएको
मेरो झुपडी…..कति कमजोर
तिम्रो छोरोले थ्रास गाउँदा पनि
हल्लिन्छ त्यसको भित्ता
म खेताला

Farmer Painting from ArtZolo

Image Source: Farmer Painting from ArtZoloImage Source: Farmer Painting from ArtZolo

Facebook Comments

You may also like

error: Content is protected !!