आइ.ओ.इ पुरस्कार कविता लेख्ने छोरीलाई

बुधबार, माघ ८ गते, ललितपूरको पूल्चोक इन्जिनियरिङ क्याम्पसमा, सिभिल इन्जिनियर्स साहित्य समाज(CESS)-नेपाल र इन्जिनियरिङ साहित्य समाज(ENSAS)को संयुक्त आयोजनामा आइ.ओ.इ. पोयट्री च्याम्प थ्री पोइन्ट जेरो (IOE Poetry Champ 3.0) सम्पन्न भएको छ । “शब्दहरुको जबर्दस्त सेलिब्रेशन” भन्ने नाराका साथ वि.सं. २०७४ सालदेखि हरेक वर्ष नियमितरुपमा आयोजित उक्त अन्तर-कलेज कविता प्रतियोगिता कार्यक्रम, तेश्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो । कवि मोहित जोशीद्वारा सञ्चालित कार्यक्रममा १५ प्रतियोगी कविहरुले आफ्ना कविता प्रस्तुत गरेका हुन् ।

प्राप्त भएका १०० भन्दा बढी कविका कविता मध्य अन्तिम छनोटका लागि केवल १५ कविता चुनिएका थिए । चुनिएका १५ कविता मध्य पनि ३ उत्कृष्ट कविता चुन्ने निर्णायक भूमिकामा कविद्वय विप्लव प्रतिकमोमिला जोशीको उपस्थिती थियो । त्यस्तै, कार्यक्रमको विशेष आतिथ्य सम्हाल्नुभएको थियो वरिष्ठ साहित्यकार शेलेन्द्र साकारले । साथै, अतिथी कविहरुमा, चित्रकार एवं कवि रसिक राज, कवि असिम सागर, कवि प्रज्वल अधिकारी र कवि राजु झल्लु प्रसादले पनि कार्यक्रमको मध्यकालमा आ-आफ्ना एक-एक मीठा कविता वाचन गरी कार्यक्रमलाई अझ सुन्दर र गहन तुल्याउनु भयो ।

कविहरु प्रभात तिमिल्सेना, सुमान्शी चौहान, संयोग बस्याल, पवन ढुंगाना, स्मृति रानाभाट, हिमाल खतिवडा, किरण चौलागाई, श्रीदीप दाहाल, स्मीता श्रेष्ठ, विज्ञान राज, प्रज्वल दीप र विशाल नाल्बोले कार्यक्रममा आ-आफ्ना प्रतियोगी कविता प्रस्तुत गरेका थिए भने कवि शितल उपाध्यायले कविता “कवि”, कवि तारानाथ पराजुलीले कविता “फूलको अनुहार, अम्लको वर्षा” र कवि अप्सरा के.सी.ले कविता “कविता लेख्ने छोरी” का लागि क्रमशः तेश्रो, दोश्रो र प्रथम पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको अन्तिमममा विजेता ३ कविलाई पुरस्कार हस्तान्तरण गर्दै प्रमुख अतिथी साहित्यकार शैलेन्द्र साकारले छोटो-मीठो मन्तव्य ज्ञापन गर्नुभयो । प्रथम विजेताले नगद रू.पाँच हजार, द्वितियले नगद रू.तीन हजार र तृतियले नगद रू.दुई हजार पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!