Kalpagrantha Home Delivery Announced | काव्यालय-Kavyalaya

बृहद कथाकोलाज ‘कल्पग्रन्थ’ को होम डेलिभरी वैशाख तेश्रो सातादेखि

काठमाडौँ । नेपाली आख्यान क्षेत्रमा युवाहरूमाझ विशेष लोकप्रिय लेखक कुमार नगरकोटीको बहुप्रतीक्षित पुस्तक ‘कल्पग्रन्थ’को होम डेलिभरी यही वैशाख १५ गतेबाट सुरु हुनेछ । 

आफ्ना पाठकहरूमाझ फिक्सन डिजाइनरका रूपमा चिनिने लेखक कुमार नगरकोटीको ६३ कथा समाविष्ट उक्त  बृहद कथाकोलाज ‘कल्पग्रन्थ’ गत मंसिर १ गतेदेखि २ हजार २१ रुपैयाँ अग्रिम भुक्तानी लिई  मुद्रण गरिएको थियो । ०७७ सलको चैतमा निस्किने भनिएपनि प्राविधिक कारणवश प्रक्रियाले नयाँ वर्ष भेटेको प्रकाशक बुक हिलले जनाएको छ । तोकिएको समयभन्दा थोरै ढिलो भएको भएपनि किताब हात परेपछि पाठकले निराश हुने कुनै ठाउँ नरहने बुक हिलले दाबी गरेको हो । 

प्रिमियम संस्करणमा निस्किन लागेको ‘कल्पग्रन्थ’ प्रि-अर्डरपश्चात मात्रै छापिने भनिएको भएपनि पुस्तकका लेखक एवं फिक्सन डिजाइनर कुमार नगरकोटीले गत मंसिर १७ गते सत्रजना भाग्यशाली पाठकलाई उपहारस्वरुप प्रदान गर्ने उद्घोष सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका थिए । उक्त १७ भाग्यशाली पाठकसहित प्रि-अर्डर गराएका पाठकहरूको सुरक्षित प्रति प्रकाशक बुक हिलले वैशाख १५ गते बाट क्रमैसँग पाठक एवं प्रापकको दैलोसम्म पुर्याइदिने भएको हो ।

कल्प-ग्रन्थमा समावेश गरिएका प्रत्येक कथामा वेग्लावेग्लै आयाम र प्रयोगको स्वाद पाठकले लिन पाउने विश्वास प्रकाशक बुक हिलले दिलाउँदै आएको छ । 

Facebook Comments

You may also like

error: Content is protected !!