कविता लेख्ने छोरी

तपाई कविता लेख्ने छोरी नजन्माउनुहोला
किनकी उसले तपाईंको बारेमा जे पनि लेख्न सक्छे !
उस्ले तपाइँका आशुहरु लेख्नेछे
उस्ले तपाईंका हासोहरु लेख्नेछे
उस्ले तपाइँका निराशाहरु पनि लेख्नेछे
उस्ले तपाईका आशाहरु पनि लेख्नेछे

म साच्चै भन्दैछु,
कविता लेख्नको लागि छोरीलाई कलम नकिन्दिनुहोला:-
उ शब्दहरुको बारुद भरेर कलमलाई बन्दुक बनाउन सक्छे !
उ आफ्नो देशको ईतिहास लेख्न सक्छे
उ देशको अस्तित्व जोगाउन रणभुमिमा उत्रिन सक्छे !

अझ,
उ अटेर गर्न सक्छे तपाइको आदेश
र खोज्न थाल्नेछे आफ्नै अस्तित्वको भुगोल !
उ ढुङ्गाहरुका खातिर घन्टी नबजाइदिन सक्छे
बदलामा उ पुज्नेछे कोमल हृदयहरुलाई !
उ तपाईंले सोचेकै रोजैकै जागीर नखाइदिन सक्छे।

ऊ खुल्ला आकाशमा स्वतन्त्र उड्न मन गर्न सक्छे,

तपाईं कविता लेख्ने छोरी नजन्माउनुहोला
उ सत्य खोज्न लागीपर्नेछे
ब्रह्माण्ड र अन्तरिक्षमा पुग्नेछे,
र उ जहिल्यै कविता लेख्ने जिद्दी मात्रै गरीरहनेछे !

तपाईकी छोरी कविता लेखेर वेश्या हुनेछे
तपाईकी छोरी कविता लेखेर अराजक हुनेछे
तपाईकी छोरी कविता लेखेर विद्रोही हुनेछे
किनकी उ यी सबै कुरा बुझ्नेछे
जो तपाईं उसले नबुझोस् भन्ने चाहनुहुन्थ्यो !

कविता लेख्ने छोरी नजन्माउनुहोला….
तपाईं कविता लेख्ने छोरी नजन्माउनुहोला।।

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!