कविताकृति ‘क’ सार्वजानिक

आफ्नो पहिलो कविताकृति ‘क’ लिएर कवि तथा गजलकार असीम सागर बजारमा आएका छन् । फाइनप्रिन्ट प्रकाशनले उक्त कविताकृतिलाई बजारमा लाएको हो ।

२०२८ सालमा श्रावन ४ गते अर्घाखाँचीमा जन्मिएका कवि असीम नेपाली साहित्य क्षेत्रमा सुपरिचित नाम हो । गलज लेखनबाट कविता विधा तर्फ आएका असीम कविता भनेको पिँधमा परेका, समाजले दबाइएका, कमजोर र आवाजविहीन आम मानिसहरूको आवाज बन्न सक्नुपर्छ मन्यता राख्छन् । कवि असीम आफूपनि ललितपुरको लगनखेलमा तरकारी व्यावसाय गर्दछन् ।

असीमका यसअघि दुई गजल सङ्ग्रह ‘जून पोखिएको रात ‘(सन् २००८) र ‘अस्तित्वका आवाजहरू’ (सन् २००९ ) प्रकाशित छन् । साथै सन् २००९ मै ‘स्वर्गको सपना’ (एकल गजल एल्बम) बजारमा आइसकेको छ । कविताकृति ‘क’ कविताको औपचारिक दुनियाँमा उनको प्रथम दस्तखत हो ।

Facebook Comments

You may also like

error: Content is protected !!