भारतका क्राइस्ट

रामायणको तिब्बती भर्सनमा, वनवास जाने बेला सीता रामलाई सोध्दी हुन्, “वनमा थुप्पा खान पाइन्छ ?” एक मित्रले कुरैकुरामा भनेका थिए ।

Ram and Sita

Ram and Sita


साँच्चै ! साहित्यमा संस्कृतिको प्रभाव विराट छ हगी । भोजन मात्र नभएर पोशाक तथा शृङ्गारमा पनि स्थान विशेष वा संस्कृतिको प्रभाव उत्तिकै रहन्छ । तपाईंले दोचा लगाएका र चप-स्टिकले भोजन गर्ने रामको कल्पना गर्नुभएको छ ? रामायण चीनको कथा हुँदो हो त कस्तो हुन्थ्यो होला है ! खैर, यो कल्पनाको पाटो भयो । यस लेखमा भने हामी चीनका राम नभएर भारतका क्राइस्टको चर्चा गर्नेछौँ ।

अचम्म मान्नुपर्ने केही छैन, हामी सबैले चिनेका यशू, उनै जिसस क्राइस्टको कुरा हो यो । क्राइस्टको बाल्यकाल र क्रुसमा टाँगिएपछिको समयको उल्लेख बाइबलमा छैन । सम्पूर्ण भूगोलले चिनेको उनको बाल्यकाल र जीवनको उत्तरार्ध कहाँ र कसरी बित्यो ? उत्तर सजिलो छ, भारतमा । हो, क्राइस्टले भारतको भूमिमा अधिकांश समय बिताएका छन् । विषेशतः काश्मिरमा, त्यसैले उनलाई भारतका क्राइस्ट भन्दा अनर्थ नहोला ।

रसियन इतिहासविद निकोलाइ नोटोभिचको सन् १८८७ को भारत यात्राले क्राइस्टको कथामा अर्को आयाम थप्यो । काश्मिर पुगेका निकोलाइले त्यहाँको मठमा जिससबारे आश्यर्च लाग्दा कुरा सुने । बौद्ध ग्रन्थमा क्राइस्टको उल्लेख गरिएको भन्ने थाहा पाएपछि उनले क्राइस्टको भारतसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरे । यसरी क्राइस्ट–भारत सम्बन्धका कुरा उठेपछि धेरैका लागि यो खोजको विषय बन्यो । तदपश्चात कश्मिरी क्राइस्टको खोजी सुरु भयो र केही तथ्य सार्वजनिक भए ।

क्राइस्टको बाल्यकाल र दलाई लामा

दलाई लामाको पुस्तक ‘मेरा भूमि मेरा जनता’ मा उनले एक दलाई लामाको मृत्यु पश्चात अर्कोको खोजी कसरी हुन्छ भनेर वर्णन गरेका छन् । उनका अनुसार मुत्यु भएको लामाको लासले आफैँ घुमेर दिशा प्रदान गर्दछ र तिब्बतमा यस्ता ताल छन् जहाँ भविष्य देखिन्छ । ताल र दलाई लामाको लासले देखाएको दिशामा तिब्बती अनुयायी दलाई लामाको नयाँ शरीर खोज्न निस्कन्छन् । उनी पक्कै बालक हुन्छन् र बालकलाई विभिन्न प्रश्न सोधी वा परीक्षा लिई दलाई लामाको पुनर्जन्म भनी नयाँ दलाई लामा घोषित गरिन्छ ।

Coincidence or else ?

Coincidence or else ?


त्यस्तै, केही बौद्ध ग्रन्थमा क्राइस्टलाई दलाई लामाको रिइन्कार्नेसनको रुपमा उल्लेख गरिएको भनी निकोलाइले लेखेका छन् । योसँग मिल्दोजुल्दो प्रसङ्ग मत्तिको सुसमाचारमा पाइन्छ ।

हेरोड राजाका पालामा जब जिसस जुडेअको बेथेलेममा जन्मे, त्यहाँ तीनजना ज्ञानी आए जो पूर्वबाट आएका थिए । उनीहरुले भने, “ती जन्मेका कहाँ छन् ? हामी उनको आराधना गर्न आएका हौँ । (२ः १–२)” ती तीनजना ज्ञानी दुई वर्षसम्म यात्रा गरी आएका थिए र उनीहरुको आफ्नै खालको ज्योतिष शास्त्र थियो । पूर्वमा दलाई लामा खोज्ने चलन हुनु र मत्तिको सुसमचारमा क्राइस्ट जन्मँदा पूर्वका तीन ज्ञानी त्यहाँ पुगेको उल्लेख हुनुमा केही सम्बन्ध पक्कै होला । यस अर्थमा ती ज्ञानीले क्राइस्टलाई पूर्वी भूगोलमा ल्याए भन्न सकिन्छ । फेरि एघारौँ शताब्दीका अरबी इतिहासविद बिरुनी लेख्छन्, “त्यो समयमा हिब्रू बाहेकका कुनैपनि विदेशीलाई भारतमा प्रवेश अनुमति थिएन ।”

कश्मिरी र यहूदी बीचको समानता

यहूदीमा भारतिय संस्कारको स्थानान्तरण भयो या यो संयोग मात्र पनि हुन सक्छ तर केही तथ्य रोचक भने पक्कै छन् । काश्मिर र इजरायलमा खाना पकाउँदा वा केही फ्राई गर्दा बोसो प्रयोग नगर्ने चलन छ । दुबैमा, मात्र तेलको प्रयोग हुन्छ । पहिले पहिलेका कश्मिरी पण्डितले लगाउने कपडा यहूदी महिलाको परिधानसँग मिल्दो जुल्दो छ । यिनीहरुको नृत्यमा पनि समानता पाइन्छ । बच्चा जन्मेपछि आमालाई चालिस दिन पछि शुद्ध मानिने चलन दुबैको छ । अहिलेको मुस्लिम बाहुल्य क्षेत्र काश्मिरमा अधिकांश चिहान पूर्व–पश्चिम फर्केका छन् तर इस्लामी चलन अनुसार चिहान उत्तर–दक्षिण फर्केका हुन्छन् । यहूदीको चिहान पनि पूर्वपश्चिम फर्केको हुन्छ । यस्तै पूर्वि तुर्किस्तानको तुर्फनमा पाइएको चौँथो शताब्दीको लेखमा त्यहाँ बौद्धमार्गी र क्रिश्चिएन सँगै मिलेर बस्थे र एकै स्थानमा पूजा गर्थे भन्ने कुराको उल्लेख गरिएको छ । कश्मिरमा भेटिएका प्राचिन चिहानमा हिब्रू लिपि समेत छन् ।

बुद्ध र क्राइस्ट बीचको समानता

बुद्धले आफ्ना शिष्यलाई पढाउने र जिससले पढाउने शैलीमा समानता पाइन्छ । जसरी बुद्धले आफ्ना शिष्य आनन्दलाई उनीमाथि विश्वास गर्न भनेका थिए क्राइस्टले पनि उसरी नै आफ्ना शिष्यलाई भनेका थिए । यी दुबैले शिष्यलाई आज्ञा गर्ने शैली एकै छ, “आउ मेरो पछि लाग ।” बुद्धले तीस वर्षको हुँदा देखि खुला रुपमा उपदेश दिन सुरु गरेका थिए र जिससले पनि । यी दुबैका सुरुमा बाह्रजना शिष्य थिए, जसमध्ये दुबैका पहिला दुई शिष्य दाजुभाइ थिए । दुबैका एकएक प्रिय शिष्य थिए र दुबैलाई आफ्नै शिष्यले घात गरेका ।

BBC on Jesus Christ

BBC on Jesus Christ


उनीहरु दुबैले कान नसुन्ने, हिँड्न नसक्नेलाई सञ्चो बनाएका थिए । यस्तै संयोग अरु पनि छन् जसलाई संयोग मात्र मान्न पनि सकिन्छ । जिसस पूर्वमा छँदा बौद्धमार्गी थिए भन्ने विद्वान पनि छन् । उल्लिखित प्रसङ्ग अनुसार जिसस सानो छँदा पूर्व आएका थिए वा उनलाई पूर्वी संस्कृतिको ज्ञान थियो भन्न सकिएला । बाइबलमा उनको बाल्यकाल नलेखिनु र बुद्धिजमसँग उनको निकटतम सम्बन्ध देखिनु बीच केही कारण पक्कै छ भन्न सकिन्छ ।

जिससको बाइबलमा उल्लिखित जीवनबारे यहाँ चर्चा गरिनु आवश्यक छैन । अब क्रुसमा टाँगिएपछिको जीवनबारे चर्चा गरौँ । उनलाई शुक्रबार झुण्ड्याइएको मानिन्छ । सिनोप्टिक सुसमचारका अनुसार जिससले बिहिबार साँझ आफ्ना अनुयायीसँगै भोजन गरेका थिए । यहूदी पात्राेका अनुसार बिहिबार निसानको १४औँ दिन थियो र त्यसदिन ‘निस्तारकाे थुमा’ खाइन्छ । भोलिपल्ट अर्थात शुक्रबार, निसानको १५औँ दिन थियो जुन पसाह म्याजोथको दिन थियो जसलाई यहूदीको विशेष चाड मानिन्छ । के यस्तो पवित्र दिन जिससलाई झुण्ड्याइएको थियो होला र ?

लुकाको सुसमचारबाट एउटा प्रसङ्ग यस्तो भेटिन्छ, “जब तिमी शहरमा छिर्ने छौ, त्यहाँ तिमीलाई एक पुरुष मिल्नेछ जसले पानीको घैँटो बोकेको हुनेछ, त्यसको पिछा गर्नु (२२ः१०) ।” तर जेरुसेलममा त्यस समय महिलाले मात्र पानीको घैँटो बोक्थे ।

यस्तै दिनको बाह्रबजे क्रुसमा टाँगिएका क्राइस्टलाई तीनघण्टा पछि मृत घोषित गरिन्छ । जोनको सुसमाचार अनुसार, जिसससँगै क्रुसमा टाँगिएका अन्य दुई अपराधी मरेका थिएनन्, सैनिक आउँदा तिनीहरुलाई जिउँदै देखेर ती दुई सैनिकले ती अपराधीको खुट्टा भाँचिदिए तर जिसस भने मरिसकेकाले उनीहरुले केही गरेनन् (१९ः३१–३३) ।” सँगै टाँगिएका तीनजनामा दुईजना जिउँदै हुनु र जिसस उति छिटै मर्नु बडा अनौठो छ । खुट्टा भाँचिएका कारण पीडा र यातनाका कारण केही घण्टापछि ती दुई अपराधीको मृत्यु भएको भनिएको छ ।

जोनकै सुसमाचारमा यस्तो पनि छ, “जब जिससले भिनेगर पिए उनले भने, ‘यो सकियो’ त्यसपछि उनले प्राणत्याग गरे (१९ः२९ः३०) ।” यसमा विज्ञहरुको विमति छ । भिनेगर पिउनासाथ उनले कसरी प्राणत्याग गरे ? त्यो भिनेगर नभई अफिमबाट बनेको अर्को झोल थियो भन्ने मत रहेको छ । तत्काल बेहोस हुने यस्तै तरलको व्याख्या सेक्सपियरको रोमियो एण्ड जुलियटमा पाइन्छ । जिससले भिनेगर नभइकन त्यस्तै रसाएन पिएको हुँदा सैनिकलाई उनी मरेको लाग्नु स्वाभाविक पनि हो ।

Jesus and Buddhism

Jesus and Buddhism


सन् १८९८ मा पहिलो पटक फोटोग्राफर सेकेन्डो पियाले जिससको स्राउड (मृत्यु पश्चात ढाक्ने कपडा)को फोटो खिचेका थिए । परिक्षणका क्रममा त्यसमा मानव आकृति देखिएको थियो जो जिसस थिए । ती फोटोग्राफरका अनुसार स्राउडमा भेटिएको रगत जिससको मृत्युपश्चात पनि आलो थियो र मरेपछि ब्लिडिङ हुँदैन ।

पछि नासाले आफ्नो ल्याबमा स्राउड र फोटोमाथि विभिन्न परिक्षण गरी जिसस १.८ मिटर अग्ला र ७९ केजी तौलका रहेका घोषणा गर्यो र स्राउडको आलो रगतको प्रसङ्ग चुलियो । कैयौं विद्वानले त्यो रगत नै थिएन भनेर तर्क प्रस्तुत गरे र कैयौंले जिसस मरिसकेका थिए भनेर दाबी गरे । मरेका जिससलाई यहूदी चलन अनुसार नुहाएर सफा गरि स्राउडमा बेर्दा रगत कसरी आयो ? यो प्रश्नले खोजकर्तालाई सताइरह्यो । पछि सन् १९८८ मा कार्बन डेटिङ गर्दा उक्त स्राउड जिससकै हो भन्ने प्रमाणित भयाे । र उक्त परिक्षणमा स्राउडमा भएको रगत नै हो भन्ने प्रमाणित भयो । तसर्थ, जिससको स्राउडमा रगत भएकोले र मरेपछि ब्लिडिङ रोकिने हुँदा जिसस जिउँदै थिए भन्ने तर्क प्रस्तुत गर्न सकिन्छ । यस्तै कुरानमा इसा जिउँदै थिए भन्ने प्रमाण समेत भेटिन्छ ।

क्रुसमा टाँगिएर पनि बाँचेका जिसस उपचार पश्चात यात्रामा निस्के किनकी उनी त्यहाँ बसिरहनु उचित थिएन । यसरी उनी सिरिया पुगे । अहिले सिरिया र टर्किको बोर्डरमा ‘मायुएम-ए-इसा’ छ जसको अर्थ जिसस रहेको ठाउँ हुन्छ । उनी त्यहाँ बस्दै गर्दा निसेबिसका एशियाली राजाले उनलाई पत्र लेखेर उपचार गरिदिन अनुरोध गरेको मानिन्छ । जिससले त्यहाँ आफ्ना अनुयायी थोमसलाई पठाए र पछि आफ्नी आमा मेरीसँगै त्यहाँ पुगे । त्यसरी उपचार गर्ने गरेकै कारण पर्सियामा उनलाई युज असाफ नामले चिनिन थाल्यो जसको अङ्ग्रेजी अर्थ, लिडर अफ द हिल्ड हुन्छ ।

उनी त्यस पश्चात पूर्वको यात्रामा लागे र काश्मिरमा आमा मेरीको देहान्त भएपछि उनले यात्रालाई रोके । दक्षिण भारत गएका उनका अनुयायी थोमसको त्यही मृत्यु भएकोले उनको मकबरा त्यहाँ भेटिन्छ । केरलाका क्रिश्चियनहरु थोमस क्रिश्चिनयका नामले प्रसिद्ध छन् । सन् १२९५ मा भारत पुगेका मार्को पोलाेले युरोप फर्केपछि दक्षिण भारतमा थोमस क्रिश्चियन रहेको र थोमसको मकबरा पनि रहेको जिकिर गरेका थिए ।

पर्सियामा युज असाफ बनेका उनी भारतमा पनि सोही नामले चिनिए । अकबरको दरबारको भित्तामा युज असाफ नामक मानिसको वाणी कुँदिएको भेटिएको छ । यसरी काश्मिर आइपुगेका उनी काश्मिरमा नै मरे । अहिले मध्ये श्रीनगरमा युज असाफको मकबरा भेटिन्छ । उक्त मकबरा पनि पूर्व–पश्चिम फर्केको छ । त्यसैले, युज असाफको नामले परिचित त्यो मकबरा क्राइस्टको थियो भनेर इटलीका इतिहासविद होलगरले ठोकुवा गरेका छन् ।

Buddha and Christ

Buddha and Christ


बाइबलमा छुटेको उनको जीवनको सुरुवाती र उत्तरार्धको समय भारतमा बित्यो भन्ने मत राख्ने होलगरले निकै लामो समयसम्म काश्मिरमा बसेर अनुसन्धान गरेका थिए । यति धेरै संयोगको श्रृंखला र इतिहासविद होलगरको जिकिरलाई मान्दै, मलाई पनि उनलाई भारतका क्राइस्ट भन्नमा कुनै आपत्ति छैन ।

Facebook Comments

You may also like

error: Content is protected !!