इतिहासमा आज :
असोज १४ | Sep 30
प्रमुख घटनाहरू :
- सन् १९३८- ब्रिटेन, जर्मनी, फ्रान्स एवं इटालीले म्यूनिख सम्झौतामा हस्ताक्षर गरेका थिए।
- सन् २००५ – डेनमार्कको पत्रिका जेएल्याड्स-पोस्टेनले मोहम्मदको विवादास्पद चित्र प्रकाशन गरेको थियो।
उत्सव एवं दिवस:
- अन्तराष्ट्रिय अनुवाद दिवस : बाइबल अनुवादक सेन्ट जेरोमको सम्झनामा चाडसरह मनाइन्छ। उनी अनुवादकको संरक्षक सन्त समेत मानिन्छन्।
जन्म :
- सन् १२०७- फारसी रहस्यवादी एवं कवि रुमीको जन्म।
- सन् १९२८-रोमानियाई/अमेरिकी लेखक, नोबेल पुरस्कार विजेता एली विजेलको जन्म।
मृत्यु :
- सन् १९५५ –अमेरिकी अभिनेता जेम्स डीनको निधन।
- सन् १९८७- अमेरिकी लेखक अल्फ्रेड बेस्टरको निधन।
खोज | सङ्कलनः राजु झल्लु प्रसाद
Facebook Comments