Have Some Thrillers

प्रिय् लेखक ‘जोर्ज आर.आर. मार्टिन’ भन्नुहुन्छ –
“एउटा पाठकले आफू मर्नुभन्दा पहिले हजारौँ जिन्दगी जीउँछ तर कहिल्यै किताब नपढ्ने मान्छेले एउटा मात्रै जिन्दगी जिउँछ ।”

त्यस्तै-
फिल्म हेर्ने मान्छेले कयौँ जिन्दगी जिउँछन्, कम्तीमा नहेर्नेको तुलनामा । मलाई यस्तै लाग्छ । तपाईंलाई नि ?

फिल्म हेर्नुस्, देश-विदेशका ! विभिन्न भाषाका !
अस्ति भर्खर मात्रै ‘प्यारासाइट’बाट इतिहास रचेका डाइरेक्टर ‘बङ्ग जु हो’ले भनेका छन् – ‘सबटाइटलको ब्यारियर उक्लिएर हेर्नुस्, विश्वमा तपाईंले धेरै खत्रा-खत्रा फिल्महरु भेट्नुहुनेछ ।

यो पट्यारलाग्दो समयलाई केही थ्रीलिङ् बनाउनका निमित्त केही विदेशी भाषाका थ्रीलर फिल्महरु सिफारिस गरेको छु ।

आइ होप यु वुड लाइक इट!

  • WHO AM I


{ Germany }

‘बेन्जामिन’ आफ्नो बिरामी हजुरआमासँग बस्छ । उसको बुबाले उसलाई बच्चामै छोडेर गएको हुन्छ । आमाले आत्महत्या गरेकी हुन्छिन् । बेन्जामिन एक्लो छ । अधुरो छ । उसको जीवन निराशपुर्ण छ । ऊ आफुलाई हरूवा ठान्छ । कसैले उसको वास्ता नगर्ने हुन्छ । समाजमा ऊ एकप्रकारले अदृश्य’झैँ भएको हुन्छ । तर, ऊ ईन्टरनेटको दुनियाँमा जिनियस हुन्छ । महत्त्वपूर्ण तथा गुप्त सिस्टमहरु अपरिचित भएर ह्याक गर्ने हुन्छ । यसरी ऊ यथार्थ र भर्चुअल दुनियाँ दुबैमा अदृश्य भएर बाँच्छ ।

केही ह्याकरहरुसँग उसको संगत हुन्छ । उनिहरुले आफ्नो ग्याङ्गको नाम ‘CLAY’ राख्छन् । बिस्तारै उनिहरुलाई समाजले मात्रै होइन, अरु ह्याकर टिमहरुले पनि खोज्न थाल्छन् । ईन्टरनेट दुनियाँमा विश्वको सबैभन्दा ठूलो ह्याकर टिम बन्न उनिहरु के-के ह्याक गर्छन् ? त्यसको परिणाम के हुन्छ ?

फिल्म मजेदार छ । कत्तिपनी बोर बनाउदैन । फिल्मको अन्त्यले नराम्रोसँग हान्छ ।

Who Am I

Who Am I

  • THE DESCENT


{ United Kingdom }

एउटा दुर्घटना ‘सरा’ले आफ्नो पति र छोरी दुबैलाई गुमाउछिन् । भयानक बिगतबाट उम्कन, नयाँ सम्बन्ध बनाउन, साथीहरूसँगको सम्बन्ध प्रगाढ बनाउन सरा सहितको छ महिलाको ग्रुप बन्छ । उनिहरु एड्भेन्चरमा निस्किन्छन् ।

सबैको सहमतिमा उनिहरु त्यहाँका चर्चित गुफा एक्स्पोर्ल गर्न जान्छन् । गुफा भित्र पस्छन् । गुफा भित्र मात्रै थाहा पाउछन्, भनेको, सोचेको, जान खोजेको भन्दा कुनै अर्कै अपरिचित गुफामा आइपुगेका हुन्छन् उनीहरु । गुफा भित्रै हराउँछन् । अब के हुन्छ ? त्यहाँ उनीहरु छ जना बाहेक अरु कि हुन्छन् ? के उनिहरु सबै गुफा बाहिर आउन सफल हुन्छन् ?

फिल्म एकदमै डरावनी छ । हेरिरहदा यस्तो लाग्छ, तपाईं पनि त्यहीँ गुफा भित्र कैद हुनुभएको छ ।

The Descent

The Descent

  • OPEN YOUR EYES


{ Spain }

‘सिजर’ हेन्डसम छन् । आफ्नो बेस्टफ्रेन्डको गर्लफ्रेन्ड ‘सोफिया’लाई उनले डेट गर्न थाल्छन् । सिजरको पुर्व-प्रेमिका नुरियालाई रिस उठ्छ । ईष्र्या जाग्छ । एकदिन आफुलाई र सिजरलाई मार्नको निमित्त उसले गाढी जानाजान दुर्घटना गर्छिन् ।

सिजर दुर्घटनामा बाँच्छन् । तर, दुर्घटनाले उसको अनुहार पुरै बिगारिदिन्छ । कुरुप बनाइदिन्छ । प्लास्टिक सर्जरीले पनि उसको पहिलेको अनुहार फिर्ता हुँदैन । आफ्नो बिकृत अनुहार लुकाउन उसले नकाब लगाउन थाल्छन् । ऊबाट ‘सोफिया’ बिस्तारै टाढा हुन थाल्छिन् ।

एकरात ‘सिजर’ रक्सी पिएर सडकमै सुत्छन् । बिहान ब्युँझिदा नयाँ महसुस गर्छन् । फरक महसुस गर्छन् । सोफिया उसको जिवनमा फर्केर आउँछिन् । उसले प्लास्टिक सर्जरीबाट पहिलेको अनुहार फिर्ता पाउँछन् ।

यो कसरी सम्भव भयो ? त्यो रात के भएको थियो ?
‘टम क्रुज’को चर्चित फिल्म ‘भेनिला स्काइ’ यहीँ मास्ट्रपिसबाट रिमेक गरिएको हो ।

Open Your Eyes

Open Your Eyes

  • THE HIDDEN FACE


{ Colambia }

‘एडृयान’ ओर्केस्त्रा कन्डक्टर हुन्छन् । उसलाई उसको प्रेमिकाले एकदिन एक्कासि छोडेर जान्छिन् । प्रेमिका हराएको हो या एडृयनले मारेको हो, पुलिसले कुनै प्रमाण भेट्दैनन् । तर, ऊ शंकाकै घेरामा रहन्छ ।

ऊ निराश हुन्छ । हरेकरात रक्सि पिउछ । एकरात बारमा ‘फाबियाना’सँग उसको भेट हुन्छ । बिस्तारै उनिहरुको सम्बन्ध गाढा हुँदै जान्छ । फाबियाना एडियानकै घरमा बस्न थाल्छिन् । फाबियानाले घरमा अपरिचित आवाज सुन्न थाल्छिन् । कुनै अनौठो कुराको आभास गर्न थाल्छिन् ।

आखिर किन एडृयानलाई छाडेर गइन् उसको प्रेमिकाले ? कहाँ गइन् ? फाबियानाले सुनेको आवाज के-को थियो ? घरमा उनिहरु बाहेक अरु को छन् ?

बलिउड फिल्म ‘मर्डर 3’ यहीँ फिल्मबाट रिमेक गरिएको हो । बट, आइ प्रिफर ओर्जिनल ! किनभने ओर्जिनलको बात नै अर्कै हुन्छ ।

The Hidden Face

The Hidden Face

  • CURE


{ Japan }

शहरमा एकपछि अर्को हत्या हुँदै जान्छ । डिटेक्टिभ ‘केनिची’ले हत्यारा ( सिरियल किलर ) पत्ता लगाउने जिम्म लिन्छ । थाहा पाउछ- सबैको हत्या एकै प्रकारले भएको । हत्या भएका सबै मान्छेको शरीरमा एउटै चिन्ह भेटिन्छन् ।

एकै प्रकारले भएका शृङ्खलाबद्द हत्याका फरकफरक हत्यारा पत्ता लाग्छन् । हत्याराहरु र हत्या भएका मान्छेहरुको कुनै सम्बन्ध भेटिदैन । बिना कुनै कारण ती हत्याराहरुले हत्या गरेको तथ्य निस्किन्छ । स्वयंम हत्याराहरुलाई थाहा हुँदैन, आफुले गरेको आपराध । यो कसरी सम्भव भयो ?

सबै हत्याराहरुसँग एउटै मान्छे ‘मामिया’को सम्बन्ध रहेको फेला पर्छ । मामिया जो ‘सर्ट टर्म मेमोरी लस’बाट ग्रस्त छन् । पुलिसले उसलाई कस्टडीमा लिन्छ ।

आखिर हत्याराहरु र ‘मामिया’को के सम्बन्ध छ ? किन हत्या हुँदै छन् ? हत्याराहरुलाई आफुले गरेको अपराधको बारेमा किन केही थाहा हुँदैन ?

साइको सिरियल किलरको फिल्म हेर्न रुचाउनु हुन्छ भने यो फिल्म नछुटाउनुहोला ।

Cure

Cure

  • BEDEVILLED


{ South Korea }

‘हे वान’ बैंकमा काम गर्छिन् । कामको तनावले गर्दा छुट्टी लिएर केही समय आफुलाई दिन चहान्छिन् । छुट्टि मनाउन उनी आफ्नो बाल्यकाल बितेको सुनसान र उजाड टापु ‘मुडो’मा जान्छिन् । उनलाई त्यहाँ उनको बाल्यकालको साथी ‘बोक नाम’ले स्वागत गर्छिन् ।

‘बोक नाम’ टापु छोडेर शहर जान चहान्छिन् । उनी आफ्नो जड्याहा र सन्काहा पतिबाट सधैं यातना भोग्ने हुन्छिन् । एकप्रकारले उनी टापुमा कैदी’झैँ भएकी हुन्छिन् । एकदिन आफ्नो छोरीलाई लिएर टापुबाट भाग्दा अरु गाउँलेहरुले समात्छन् र पिट्छन् । र, अन्जानमा छोरीको मृत्यु हुन्छ ।

अब के हुन्छ ? के उनी भाग्न सक्छिन् त्यो सुनसान उजाड टापुबाट ? के ‘हे वान’ले उनलाई मद्दत गर्छिन् ?
कोरियन थ्रीलरमा रगत बगेन भने त अचम्मै हुन्छ । यहाँ पनि रगतको खोला बग्छ । फिल्म अप्रत्याशित छ । तपाईंलाई बाँधिरहन्छ ।

BeDevilled

BeDevilled

  • BLACK BOOK


{ Netherland }

डच फिल्म इतिहासमा यो फिल्मले आफ्नो छुट्टै स्थान बनाएको छ ।

यो फिल्म ‘राखेल’को हो । एउटा जासुसको कथा हो । उनी नाजीहरुबाट लुक्दै बसिरहेकी छिन् । एकदिन उनी बसेको ठाउँ ध्वस्त हुन्छ । उनलाई उनको वकिलले सहयोग गर्छ । देशको सिमाना कटाउन सहयोग गर्छ । ‘भ्यान गेन’ नामक मान्छेले उनलाई उनको परिवार र अरु शरणार्थीसँग भेट गराइदिन्छ ।

सबैलाई सिमाना कटाउन डुङ्गाको ब्यबस्था मिल्छ । तर, उनिहरु एम्बुसमा पर्छन् । सबै मारिन्छन् । लुट्छन् । कसो-कसो राखेल बाच्छिन् । भाग्छिन् ।

अब के हुन्छ ? उनी कहाँ जान्छिन् ?
फिल्मले मुटुको धड्कन तेज बनाइदिन्छ ।

Black Book

Black Book

  • CELL 211


{ France }

‘जौन ओलिभर’ जेलरमा नियुक्त भएका छन् । आफ्नो राम्रो छाप छोड्नका निमित्त गर्भवती पत्नीलाई एक्लै घरमा छोडेर ऊ एकदिन अघि नै काममा जान्छन् । अरु अफिसरहरुले उसलाई जेल देखाउछन्, बुझाउछन् ।

जेल भित्र मर्मत काम भैरहेको हुन्छ । माथिबाट खसेको ढुङ्गाले ‘जौन’को टाउकोमा लाग्छ र ऊ बेहोस हुन्छ । अफिसरहरुले आराम गर्नको लागि उसलाई खाली भएको सेल 211 मा राख्छन् । त्यहीँ बेला केही कैदीहरुले अफिसरलाई नियन्त्रणमा लिएर पुरै जेल हाइज्याक गर्छन् ।

जब ‘जौन’ ब्युँझिन्छन् ऊ पुरै कैदिहरुको बिचमा हुन्छ । कैदीहरुलाई थाहा छैन ‘जौन’ को हो भन्ने । अब के हुन्छ । कैदिहरुको बिचमा ‘जौन’ले आफुले आफुलाई कसरी बचाउछ । दलदलबाट कसरी उम्कन्छ ?

यो फिल्मले तपाईंलाई सिटको छेउमा पुर्याइदिन्छ । नेल बाइटिङ् थ्रीलर । नछुटाउनुहोला ।

Cell 211

Cell 211

Facebook Comments

You may also like

error: Content is protected !!