सनमका गजलहरु

गजल १

झर्छ आँशु रुन्छ मन, छुट्ने बेलामा
दुख्छ मुटु झनझन, छुट्ने बेलामा

नरुने आँखा कसैको थिएन सायद
प्यारी मुनाबाट मदन, छुट्ने बेलामा

गति मन्द हुन्छ आवाज बुलन्द हुन्छ
रुँदै गर्दा आफन्तजन, छुट्ने बेलामा

तपाईंलाई एउटै अनुरोध छ भनिदिनुस् है
किन काबुमा हुँदैन धड्कन, छुट्ने बेलामा

कस्तो हुन्थ्यो त्यो क्षण हेर्नु थ्यो मलाई
दुनियाँबाट यो जीवन, छुट्ने बेलामा

Last Kiss by Raymond Leech

Last Kiss by Raymond Leech

गजल २

खुशीहरु थोरै, पीडा भयंकर लाग्छ
प्राय जिन्दगिमा यस्तो, अक्सर लाग्छ

फलामले फलामलाई थिचेको हेर्दा
मलाई आफ्नाहरुदेखि डर लाग्छ

सोह्रै श्रृङ्गारले सजिएर नआउ प्रिया
दिल चोर लुटेराहरुको नजर लाग्छ

दशैँ तिहार नआएकै राम्रो है आमा
गरिबलाई नि मिठो खाने रहर लाग्छ

Family 7 by Michelle MacKenzie

Family 7 by Michelle MacKenzie

गजल ३

यो मनमा यादहरुका आँधी सुनामी छन्
त्यसैले जिन्दगीका रहरहरु रक्तामी छन्

सरकार मेरो देशको युवा खाडिमा बेचिस्
अचेल गाँउमा न जन्ती छन् न मलामी छन्

सहरमा काम नपाएर भौतारिरहेको बेला
खबर पाँए बाआमा सिकिस्त बिरामी छन्

म मेरो जिन्दगीको पीडा गजलबाट सुनाउँछु
सुन्नेहरु भनिदिन्छन् मिठा छन् क्या दामी छन्

The Physics of Sorrow

The Physics of Sorrow

Facebook Comments

You may also like

error: Content is protected !!