रिडिङ कल्चर { पठन सँस्कृती } लाई प्रोमोट { प्रवर्द्धन } गर्नका निमित्त केहि समयदेखि फेसबुकमा { सामाजिक संजालमा } चलिरहेको साइकल { चक्र } मा मलाई समाबेश गराउनु हुने प्रिय मन { Bikesh Dumrakoti र Anu Khadka } लाई खत्रा धन्यवाद ।
साइकल { चक्र } – { हरेक दिन [ सात दिनसम्म ] आफुलाई मन परेको किताबको कभर [ आवरण ] पोस्ट गर्न, इच्छुक छ भने किताबको ब्रिफ एक्सप्लेनेसन [ छोटो बयान ] गर्दा हुने र हरेक दिन [ सात दिनसम्म ] किताब पढ्न रुचाउने मनहरुको [ पाठकहरुको ] नाम मेन्सन [ जिकिर ] गरेर यो साइकलमा [ चक्रमा ] पार्टिसिपेट [ भाग ] गराउने । }
गज्जबको साइकल !
***
फेभरेट { मनपसन्द } किताब, फिल्म चुज { छान्नु } गर्नुपर्यो भने मेरो टाउको दुख्छ । कत्ति धेरै छन् । कसरी छान्नु !
साथीहरूले बेलाबेला मनपर्ने फिल्म, किताब सिफारिस गर्न / गर्नुस् न भन्छन् । त्यो बेला पनि हेडएक हुन्छ { टाउको दुख्छ } ।
बरु, जनरा { विधा } छुट्याएर चाहिँ म मज्जाले छान्न सक्छु । रिफर { सिफारिस } गर्न सक्छ । यसरी फरक-फरक जनराका { स्वादका } फरक-फरक मनपसन्द किताबहरु मुस्किलले { हजुर मुस्किलले } सेलेक्ट गरेको { छानेको } छु ।
मनपसन्द सात किताब र साथमा तीन किताब बोनसमा पनि थपिदिएको छु । प्याकेजमै { एकैदिन-एकैपटक } पोस्ट्याएको छु ।
***
- BEFORE I GO TO SLEEP
S.J. Watson
{ Mystery / Thriller }
मिस्ट्री { रहस्य } ज्यादै मन पर्छ मलाई । हेर्छु, पढ्छु, लेख्छु अनि रिफर { सिफारिस } पनि गरिरहेको हुन्छ । रहस्यको कुरा चलिरहेको बेला ‘बिफोर आइ गो टु स्लिप’ को कुरा नआउने कुरै हुँदैन ।
‘एस. जे. वाट्सन’को यो डेब्यु { पहिलो } किताबले कयौं हप्तासम्म बेस्ट सेलरको पहिलो नम्बरमा आफुलाई उभ्याइरह्यो । ‘जे. के. रोलोङ्ग’ { नचिन्ने को होला र ! } पछि ‘वाट्सन’नै यस्ता ब्रिटिश लेखक हुन्, जसको पहिल्यै किताबले तहल्का पिटिदियो ।
अलिकति किताबको कुरो –
‘क्रिस्टिना’ एन्ट्रीयोग्रेड एम्नेसिया’ { नयाँ, ताजा यादहरु बनाउन नसक्नु / पुराना यादहरु बिर्सिदै जानु } बाट ग्रस्त छिन् । उनी हरेक बिहान उठ्दा पहिल्लो दिनको घटना / यादहरु बिर्सिने गर्छिन् । उनी हरेक बिहान उठ्दा आफ्नो परिचय, अनुहार, आफूसँग सुतेको मान्छे, बिस्तरा, घर सबै बिर्सिन्छिन् । उनलाई केही-कुनै याद हुँदैन । उनलाई सधैं सबै नयाँ लाग्छ । अपरिचित लाग्छ । अजिब लाग्छ ।
उनको पति ‘बेन’ले, उनलाई सधैं उनका यादहरु सम्झाउने गर्छ । केही समय अगाडि भएको दुर्घटनामा उनको यस्तो अवस्था भएको भनि उनको पति ‘बेन’ले { क्रिस्टिनाले हरेक बिहान बिस्तरामा आफूसँग सुतिरहेको पाउने व्यक्ति } उनलाई स्मरण गराउने हुन्छ ।
के साँच्चै ‘बेन’ क्रिस्टिनाको पति हो ? के उसले बताएका, स्मरण गराएका यादहरु / सम्झनाहरु सबै सत्य हुन् ? क्रिस्टिना कुनै भयानक भुलभुलैयामा भासिरहेकी त छैन ?
जरुर पढ्नुहोला । किताबले अन्तिमसम्मै तपाईंलाई बाँधिरहन्छ । तपाईंले र क्रिस्टिनाले अन्तिममा मात्रै सबै प्रश्नको जवाफ पाउनुहुनेछ ।

Before I Go to Sleep
- 1Q84
Haruki Murakami
{ Surreal }
यी जापानीज लेखकलाई नपढ्ने को होलान् र ! अझै उनको ‘नर्विजन उड’ नपढ्ने को होला र ! मैले कतै सुनेको, पढेको उनको किताब ‘नर्विजन उड’ जापानको हरेक घरको बुकसेल्फमा सजिएको छ रे ! अनि उनको मास्टरपिस ‘काफ्का अन द शोर’ ! यो किताबको के कुरा गर्नु ! गरेर साध्य नै छैन । यत्ति बुझ्नुस्, मुराकामी जादुगर हुन् ।
तर, म यहाँ उनको अर्को जादु ‘1Q84’ को बारेमा बयान / बखान गर्न आएको हुँ । यो टाइटल ‘जर्ज ओरेल’ { यिनलाई पढेन भने पाप नै लाग्छ } को किताब ‘1984’ बाट प्रभावित भएर राखिएको हो । जस्तै, ‘काफ्का अन द शोर’ अर्का खत्रा लेखक ‘फ्रान्च काफ्का’बाट लिइएको हो ।
अलिकति किताबको कुरो-
यो कथा यस्तो आकाशको हो, जुन आकाशमा एउटा होइन, दुईवटा चन्द्रमा उदाउँछन् । ‘एमोमी’ र ‘टेङ्गो’को प्रेम कथा भन्दा पनि फरक पर्दैन ।
‘एमोमी’ सिरियल किलर हुन् । ‘टेङ्गो’ लेखक तथा शिक्षक हुन् । यी दुई फरकफरक ठाउँमा बस्छन् । एमोमीलाई बिस्तारै आफ्नो दुनियाँमा केही गडबड भै’रहेको भान हुन्छ । उनलाई सबै अचम्म लाग्न थाल्छ । अपरिचित लाग्न थाल्छ । उनलाई एउटा ठूलो, चर्चित धर्मगुरुलाई मार्ने सुपारी दिइन्छ । अब के हुन्छ ?
टेङ्गोलाई उसको सम्पादकले एउटा पान्डुलिपी पुर्नलेखन गर्ने अफर दिन्छ । टेन्ङ्गोलाई कथा मन पर्छ । उसलाई कथाको लेखक ‘फुका-इरी’लाई भेट्न मन लाग्छ । उसलाई थाहा हुन्छ, त्यो कथा कल्पना मात्र नभएर वास्तविक घटना हो । अब के हुन्छ ?
एमोमी र टेङ्गो एकआपसमा कसरी जोडिएका हुन्छन् ? आकाशमा दुईवटा चन्द्रमा कसरी आए ? धर्मगुरु को हुन् ? ‘फुका-किरी’को वास्तविक घटना के हो ?
यो किताबमा के छैन ? सबै छ । बुफेट लगाइएको छ, जहाँ ब्रेकफास्ट देखि लन्चसम्म र डिनरदेखि डेजर्टसम्म छ ।

1Q84
- THE INCARNATION
Susan Barker
{ Historical Fiction }
यो किताब केही महिना अघि पढेर सकेको थिएँ । किताबको फोटो पोस्ट गरेर क्याप्सनमा लेखेको थिएँ – ‘मैले लेख्न चाहेको किताब पढ्न पाइयो ।’
लन्डनमा बस्ने ‘बार्कर’ले यो किताब लेख्न चीनमा छ वर्ष बिताइन् । यो किताब भित्र पनि ‘छ’ वटा नै कहानी { अवतार / जन्म } छन् । किताबमा चीनको इतिहात छ । मिथ छ । मिस्ट्री छ । म्याजिक छ ।
तपाईं रिइन्कार्नेसन { पुनर्जन्म } मा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने सोच्नुस्, तपाईंको यो कतिऔं इन्कार्नेसन { अवतार / जन्म } होला ?
अलिकति किताबको कुरो-
‘वाङ्ग जुन’ एक साधारण ट्याक्सी चालक हो । एकदिन ट्याक्सीमा उसले एउटा पत्र फेला पार्छ उसलाई लेखेको । पत्रमा लेखिएको हुन्छ, ‘तिमी मेरो सोलमेट हौं । हामी पहिलेको जन्ममा सँगै थियौं । मैले धेरै समयपछि तिमीलाई फेला पारे ।’ त्यो पत्रले ‘वाङ्ग जुन’को जीवनमा एककिसिमको कम्पन पैदा गरिदिन्छ ।
बिस्तारै-बिस्तारै उसलाई लेखिएको उसले अरु थप ‘छ’ वटा पत्रहरु पनि पाउछ । त्यसमा पनि उसका पहिलेका विभिन्न कालखण्डका ‘छ’ वटा फरक-फरक जन्महरु { अवतारहरु } को बारेमा लेखिएको, बयान गरिएको हुन्छ ।
पत्र पठाउने व्यक्ति को हो ? उसलाई ‘वाङ्ग जुन’को ‘छ’ जन्मका { अवतारका } बारेमा कसरी थाहा भयो ?
किताबले हिप्नोटाइज गराइदिन्छ । चीनको विभिन्न कालखण्डको इतिहास तपाईं अघि छर्लङ्ग उघारिदिन्छ ।

The Incarnations
- A THOUSAND SPLENDID SUNS
Khaled Hosseini
{ Domestic Fiction }
प्रेम भन्ने बित्तिकै युवायुवती बिचको प्रेम सम्झिन्छौँ । लेख्नु पर्यो भने पनि फरक लेख्दैनौं / लेख्न सक्दैनौं / लेख्न चाहदैनौं { केही अपवाद बाहेक } । यहीँ परिधिभित्र बसेर लेख्छौँ ।
‘खालिद’ले पनि प्रेम लेखे । तर, फरक ।
साथीबिचको प्रेम ‘दि काइट रनर’ले पगालिदियो । दाजुबहिनीबिचको प्रेम ‘एन्ड दि माउन्टेन्स् इकोड’ले रुवाइदियो । र अनि आमाछोरी / सौताबिचको ‘अ थाउजेन्ड स्पेन्डिड सन्स्’ले हल्लाइदियो ।
खालिदले प्रेम मात्र होइन अफ्गानिस्थान पनि लेखे ।
अलिकति किताबको कुरो-
‘मरियम’ आफ्नो आमासँग शहर बाहिर एउटा गाउँमा बस्छे । उसको बुबा ‘जलिल’ शहरमा आफ्ना तीन पत्नीहरु र नौं सन्तानसँग बस्छ । हरेक हप्ताको एकदिन जलिल आफ्नो नाजायज छोरी मरियमलाई भेट्न शहर बाहिर जाने गर्छ ।
आफ्नो जन्मदिनमा पनि बुबा नआए पछि मरियम शहर पस्छ । आफ्नो बुबाको घरमा जान्छ । मरियम शहर पसेपछि उसको जीवन पुरै परिवर्तन हुन्छ । कसरी हुन्छ ?
किताबले हसाउँछ । रुवाउँछ । मुटु छिया-छिया पारिदिन्छ । हामी मान्छेहरुको अस्थिपन्जर सूक्ष्म तरिकाले केलाइदिएको छ ।

A Thousand Splendid Sun
- NEVER LET ME GO
Kazuo Ishiguro
{ Dystopian Science Fiction }
हुन त कसममा मलाई विश्वास लाग्दैन । तै’पनि मैले कसम खाएको छु, ‘नोभेल प्राइज’ जित्ने लेखकहरुका कम्तिमा एउटा किताब पढ्ने { इम्पोसिबल }।
2017 मा पढेँ, ‘नेभर लेट मि गो’ । त्यहीँ वर्ष जुन वर्ष ‘काजओ इसिगुरो’ ले साहित्यमा नोभल प्राइज जिते । ‘सलमान रुसडाई { चिन्नुहुन्छ नि ? } को मस्टरपिस ‘दि मिड्नाइट चिल्ड्रेन’पनि त्यहीँ वर्ष पढेँ ।
अलिकति किताबको कुरो-
एउटा बोर्डिङ्ग स्कुल { हेल्स्हम } छ जहाँ विद्यार्थीहरुलाई राम्रो शिक्षा मात्रै होइन राम्रो स्वस्थ्य पनि दिइन्छ । उनीहरुको राम्रो हेरचाह गरिन्छ । खानादेखि खेलकुद स-साना कुराहरुमा सबैमा ध्यान दिइन्छ । उमेर पुगेपछि सबै विद्यार्थीहरुले आफ्नो ओर्गन डोनेट { अंग-दान } गर्नुपर्ने हुन्छ । पछि गएर मर्छु भन्ने सबै विद्यार्थीहरुलाई थाहा हुन्छ तर पनि उनीहरु सामान्य जीवन जिइरहन्छन् ।
तीन पात्रहरु, ‘रुथ’, ‘टोमि’ र ‘क्याथि’ उनीहरुले एकअर्कासँग घनिष्ठ सम्बन्ध बनाउछन् । उनीहरुलाई जीवनदेखि माया लाग्छ । आफ्नो मृत्यु { भविस्य } देखि डर लाग्न थाल्छ । जन्मिदै मृत्यु लेखेर आएका यी तीन पात्रहरुले के आफ्नो भाग्य परिवर्तन गर्न सक्छन् ? मृत्यु नहुन्जेलसम्म अंग-दान गर्नुपर्ने ‘हेल्सम’ स्कुलको नियमलाई तोड्न सक्छन् ?
किताबमा एक अनौठो प्रकारको शक्ति छ । जादु छ । ट्रस्ट मि { मलाई विश्वास गर्नुस् } तपाईं निराश हुनुहुने छैन ।

Never Let me Go
- THE GOD OF SMALL THINGS
Arundhati Roy
{ Psychological Fiction }
नढाँटी भन्नुपर्दा, यो किताबभित्र मलाई मलाई गाह्रो भयो । पसिसकेपछि निस्कन झनै गाह्रो भयो ।
साना कुराहरुले पनि ठूलो तरङ्ग ल्याइदिन्छ ।
धेरै नै चर्चा पाएपछि किताब नपढी सुख नै पाइन । एउटालाई ब्ल्याकमेल गरेर किन्न लगाएँ । अनि पढेँ ।
‘अरुनधती’को म्याग्नेटिक { चुम्बकीय } लेखाइले जो-कोहिलाई पनि सजिलै तान्छ । अनि उनको स्टोरीटेलिङ्ग ! हाइ, रे मरजावा !
कलिकति किताबको कुरो-
‘दि गड अफ स्मल थिङ्स्’ परिवारको कथा हो । परिवारको प्रत्येक सदस्यहरुको पोल्टामा परेको दुखको कथा हो । टुइन्स् { जुम्ल्याहा } को कथा हो । उनीहरुको रियुनियन { पुर्न्मिलन } को कथा हो । तपाईं हामिले नै बनाएको कन्जरभेटिभ एन्ड कन्जस्टेड { रुढीबादी र सँकुचित } समाजको कथा हो । व्यथा हो । गाथा हो ।
सात वर्ष हुँदा छुटेका जुम्ल्याहा { राखेल र इस्थापेन } दुबै एकतिस वर्ष हुँदा भेट हुन्छन् भारतमा । के भएको थियो परिवारमा जसको कारण उनीहरु छुट्टिनु परेको थियो ।
पढ्नुस्, किताबको अन्त्यले तपाईंलाई पनि झट्का हान्छ मज्जाले ।

The God of Small Things
- A GAME OF THRONES
George R.R. Martin
{ Fantasy }
किताबको कुरा आउँदा, ‘मार्टिन’ बुढाको जिकिर गरेन भने त मलाई पाप नै लाग्छ ।
मार्टिनको पाचौं किताब ‘अ डान्स् विद ड्रैगनस्’ले विश्वभर तहल्का पिटिरहँदा मैले भर्खरै ‘दि सङ्स अफ आइस एन्ड फाएर’ सिरिजको पहिलो किताब ‘दि गेम अफ थ्रोन्स्’ पढेको थिएँ ।
‘अहिलेसम्म पढेको सबैभन्दा फेभरेट फिक्सनल क्यारेक्टर { मनपसन्द काल्पनिक पात्र } को हो’ भनेर कसैले सोध्यो भने मेरो जवाफ ‘दि गेम अफ थ्रोन्स्’ भित्रैबाट आउँछ ।
बडेमानको क्यानभास । फरक ब्रह्माण्ड । अजिबो-गरिब पात्रहरु । भयानक जिवहरु । कल्पनामा उडेको कथाभित्र पनि तपाईंले हामी मान्छेहरुकै भित्र लुकेर बसेको डरलाग्दो, अन्धकार छवि, स्वभाव पाउनुहुनेछ । मान्छेको खास धरातल भेट्नुहुनेछ ।
अलिकति किताबको कुरो-
सात राज्यहरु छन् । सात राज्यहरुलाई समाल्ने, संचालित गर्ने एउटा शक्तिशाली राजधानी छ । सबैको आँखा राजधानीको गद्दीमा छ । मान्छे शक्तिको लागि कुन हदसम्म पुग्छ ? यो कथा त्यहीँ शक्तिको हो, जसका लागि मान्छेहरु लड्छन् । राज्यहरु लड्छन् । आफ्नो, अरु कोहि नभनी ।
राजाको दाइने हातको मृत्यु पश्चात् राजाले आफ्नो दाइने हात बन्नका निमित्त स्टार्क परिवार { इमान्दार परिवार } को मुख्य ‘एडार्ड स्टार्क’लाई प्रस्ताव गर्छन् । एडार्डले प्रस्ताव स्वीकार गर्छन् र राजासँगै राजधानी पुग्छन् । अब के हुन्छ ?
‘मार्टिन’ बुढालाई यत्ति भन्न चहान्छु, तपाईंको ‘विन्ड्स अफ विन्टर’ कहिले आउँछ ?

A Game of Thrones
- THE TIME TRAVELER’S WIFE
Audrey Niffenegger
{ Science Fiction Romance }
मलाई अझै ताजै सम्झना छ, भृकुटीमण्डपमा लागेको किताब प्रदर्शनीमा ‘दुराजय दत्त’को ‘टिल दि लास्ट ब्रेथ’सँगै किनेको थिएँ ‘माइ टायम ट्र्याभलर्स वाइफ’ ।
किताब पढ्दा मुख्य दुई पात्रहरु { हेनरी र क्लेर } को जन्ममिती कन्ठै गरेको थिएँ । किनभने पढिरहँदा पत्तो हुँदैन, कुनबेला ‘हेनरी’ बुढा हुन्छन्, कुनबेला जवान । ‘क्लेर’ कुनबेला बच्चा हुन्छिन्, कुन बेला युवती पत्तो हुँदैन । उनीहरुको उमेर थाहा पाउन जरुरी छ ।
फरक किसिमको लभ स्टोरी ।
अलिकति किताबको कुरो-
बिस वर्षीय ‘क्लेर’ले एकदिन लाइब्रेरीमा अठ्ठाइस वर्षीय ‘हेनरी’लाई भेट्छे । हेनरीले उसलाई चिन्दैन । तर, क्लेरले उसलाई राम्रोसँग चिन्छे । हेनरी टायम ट्रयाभल गर्न सक्ने हुन्छ, सोही कारणले समस्याहरु आइरहन्छन् । यो प्रेम कथाको सबैभन्दा ठूलो शत्रु नै समय हो ।

The Time Traveller’s Wife
- ELEANOR AND PARK
Rainbow Rowell
{ Young Adult Fiction }
एउटा समय सबैका लागि आउँछ । प्रेममय समय । त्यो समय मैले पनि थुप्रै रोम्यान्स् नोभलहरु पढेँ । तिनीहरुमा एउटा बिल्कुलै फरक, सरल अनि क्युट किताब पाएँ – ‘एलिनोर एन्ड पार्क’ ।
प्रेम भनेको के हो ? प्रेमको सुरुवाती बिन्दु कुन हो ? र अन्त्य ? प्रेमको फरक परिभाषा बुझाएको छ, ‘एलिनोर एन्ड पार्क’ले ।
अलिकति किताबको बारे-
‘एलिनोर’ अजिबकी छिन् । उनको फरक गेटअप, हाउभाउले गर्दा अरु साथीहरुले उनलाई जिस्काउने गर्छन् । उनको रातो कर्ली कपालको सबैले मजाक बनाउने हुन्छन् । बिल्कुलै फरक छिन्, एलिनोर ।
‘पार्क’ आफुलाई हारुवा सम्झिन्छ । ऊ निराश छ । उसमा आत्माविश्वासको कमी छ । आफ्नो एसियन रुप र स्वरूप प्रति उसलाई चित्त बुझ्दैन । उसलाई कमिक्स् र म्युजिकमा सौख छ । यसरी फरक-फरक स्वभाव बोकेका दुई पात्रहरु कसरी एक हुन्छन् ? उनीहरुको क्युट लभस्टोरीले तपाईंलाई बाँधिरहन्छ ।

Eleanor & Park
- KARNALI BLUES
Buddhisagar
{ Fictional Drama }
यो मास्टरपिस नपढ्ने को होलान् र !
आफ्नै कविताको एउटा लाइन सम्झन्छु-
‘म सोच्थेँ, मेरो नसामा बुबाको रगत मात्रै बग्छ
होइन रहेछ
मेरो नसामा त बुबाले बगाउनु भएको
आँसु र पसिना पनि बग्दो रहेछ ।’
हाम्रो उमेर बढ्दै गर्दा आफ्नो बुबा प्रतिको धारणा पनि बढ्दै { परिवर्तन हुँदै } जान्छ । किताब पढेपछि आफुलाई थाम्नै नसकेर लेखकलाई मेसेज ठेलेको थिएँ, तपाईंका सरल शब्दहरु तरल बनेर मेरो नसा-नसामा दौडिनैरह्यो । ‘कर्णाली ब्लुज’का पन्नाहरु, म पागल झैँ हाँसेको र मुल झैँ रसाएका मेरा आँखाहरुको साक्षी भए । धेरै धन्यवाद !
किताबको सरलता र शैलीले जो-कोहिलाई पनि मोहित बनाउछ । कर्णाली ब्लुज जुनसुकै उमेर समुहकाले पनि सजिलै पढ्न सक्छन् । बुझ्न सक्छन् । यो किताबले नेपाली साहित्यमा धेरै पाठक मात्रै जन्माएन, लेख्न चाहना राख्ने हरकोहीलाई हौसला पनि प्रदान गर्यो ।
अलिकति किताबको बारे-
‘कर्णाली ब्लुज’ बुबा-छोराको सम्बन्धको कथा हो । समस्याको कथा हो । प्रेमको कथा हो । बिछोडको कथा हो ।
बुबालाई अस्पतालमा भर्ना गरिएको खबर शहरमा पढ्न बसेको छोराले पाएपछि छोरा अस्पताल आउँछ । अस्पतालमा बुबाको नाजुक अवस्था देख्दा उसले सधैं बलवान् ठान्ने आफ्नो बुबाको त्यो रुपको, स्वरुपको सम्झना आउँछ । ऊ आफ्नो त्यहीँ मीठो र सुन्दर स्मृतिमा डुब्न थाल्छ । यसरी कथा बिगतको स्मृति र वर्तमानको अवस्थामा समानान्तर बग्न थाल्छ ।
यो किताबले हसाउँछ । रुवाउँछ ।
कसैलाई किताब उपहार दिनुपर्यो भने सबैभन्दा पहिला ‘कर्णाली ब्लुज’कै नाम आउँछ ।

Karnali Blues