अन्त्य नै आरम्भ हो

आज आइतवार ठिक दस बजे जिल्ला अदालतमा फैसलाको लागि लाने तयारी छ। एकजना हवल्दार र असईसँग म तिर हेर्दै,”चारैतिर बिमला न्यौपानेको चर्चा र हल्ला छ। देशको राष्ट्रिय अखबार र टि.भि मा पुरै चर्चित भएकी छिन। सबैले उसको सपोर्टमा बोलिरहेको छन। बिमला न्यौपाने; आजको युगको काली माता हुन्।” यसरी मेरो बारेमा बोलिरहदा म थुनामा राखिएको कोठाबाट सुनिरहेको छु। “समाजिक संजालमा जताततै भाइरल भएको छिन।” पुलुक्क म तिर हेर्दै मोटे हवल्दार एउटा मन्द मुस्कान छोडयो।
begining
म आफै केही सोच्न सकेकी छैन। के गरे मैले? सहि वा गलत। बरू तमामा चोटहरू जुन मनको कुनामा गएर बसेको छ। त्यस बाट बाहिर आउन सकेकी छैन।

कुनै पनि चिजको चाहना हुन छोडेको छ। यो एक हप्तामा जिन्दगीले यु टर्न गरेको क।जिन्दगी निकै सुन्दर लाग्थ्यो। तर अब यो यात्राहरूमा बूढो ढल्न लागेको रूख। सुकेर ओइलिएको फूल मात्रै देख्छु। तमाम सपनाहरू झरीले रुझाएर असिनाले कुटेको चरीको गुँड जस्तै भुइँमा झरेर लथालिङ्ग भएको छ।

जिल्ला प्रशासनको भित्ते घडीमा नौ बज्न पाँच मिनेट देखिएको छ। मलाई थुनामा राखिएको कोठाबाट हेर्छु।
यत्तिकैमा इन्सपेक्टर आउँछन। सबैले भुइँ बजारेर सलाम ठोक्छन्। त्यो केटीलाई निकालेर गाडीमा हाल भन्ने आदेस दिए पछि। त्यहि मोटे हवल्दार कि बक्सबाट कि निकालेर म भए तिर लम्कन्छ। मलाई एक ट्वाकले हेरेपछी मलाई बन्द गरिएको ताला खोल्छ। आउनुस अब अदालत जानुपर्छ भन्छ।
म बन्दी कोठाबाट बाहिर निक्लन्छु। अनि आग्रह गर्छु; शौचालय जानको लागि। मेरो आग्रह स्वीकार गरेर मलाई अनुमती दिन्छन। म शौचालयमा हल्का भएर आएपछि।

इन्सपेक्टले भन्छन्,”तपाईंले कानुनलाई आफ्नो हातमा लिएर राम्रो गर्नु भएन। तपाईंले गर्दा हेर्नुस् त पत्रकार र आन्दोलनकारीले घेरेका छन्।” मैले केही बोलिन र बोल्न उचित पनि लागेन। मनमनै सोचें सायद तपाईको कानुन बलियो भएको भए। मैले कदापि यो कदम उठाउथिँन। इनसपेक्टरले मलाई हथकडी लगाउन निर्देशन दिए। त्यही मोटे पुलिसले मलाई हथकडी लागायो। यत्तिकैमा इनसपेक्टरले गाडीमा राख्न निर्देशन दियो। मलाई दुई जना भर्खरै अफिस आएका महिला प्रहरीले दुई तिर बाट घेरेर हिंड्न् आग्रह गरे। मलाई पछाडिको सिटमा राखेर बिचमा दुईजना महिला दुई छेउमा बसेर मलाई नियन्त्रणमा राखे।

यत्तिकैमा ड्राइभर प्रहरीले गाडी स्टार्ट गर्न लगायो र इन्सपेक्टर अर्को गाडिबाट म चढेको गाडीलाई फ्लो गरिरहेको दृश्य देखे।

दिदी तपाईं निकै बहादुर लाग्यो मलाई भनेर एकजना महिला प्रहरीले भनिन।
अर्को महिला प्रहरीले मलाई प्रश्न गरिन। हुन त तपाईलाई यो अवस्थामा प्रश्न गर्नु उचित होइन तर एउटा महिलाको व्यथा महिलाले नै बुझ्दछन। त्यसैले तपाईलाई गार्हो हुन्न भने किन यस्तो कठोर निर्णय लिनु भयो?
कसरी यो हिम्मत आयो?
एकैचोटि प्रश्नहरु तेर्स्याइन्।
मलाई खासमा केही कुराको जवाफ दिन मन थिएन।
तर उनीहरूको उत्सुकता र आफ्नोपनको अभाष दिलाएकोले मैले यो घटना वर्णन गर्ने निर्णय गरे।

कुनै बितेका पल यति मिठा हुन्छन। जो गुलियो मह जस्तै जिब्रोमा अमिट बनेर बस्छन। तर कुनै यति तिता कि ऐरेलु जस्तै स्वाद बिगारेर जान्छन्।

बाबाआमा भुक्म्पले सोरेर लग्यो। घरमा बाकी रह्यौ हामी तीन जना भाउजू, म र दाइ। म पसलमा क्यासिएर काम गर्ने भएकोले सनिवार पनि काम गर्न गएकोले बँचे, दाइ ड्राइभरी पेशामा थियो। प्राय बाहिर नै हुन्छ। यसरी दाइ पनि बँच्यो। भाउजु सनिवारको हाट बजार भर्न जानू भएकोले बँच्नु भयो। आमा-बाबा खाना खाएर आराम गर्दै गर्दा, भुक्म्पले हाम्रो जिर्ण घरलाई लथालिङ्ग बनायो। यसरी अर्को नयाँ घर बनाउने ठूलो रकम नभएकोले हामी त्यही भग्नावशेषलाई सफा गरेर टिनको अस्थायी घर बनाएर बसेका थियौँ। दुईवटा कोठा एउटामा भाउजू र दाइ अर्कोमा म बस्थ्यौँ। भान्छा कोठा र मेरो कोठा एउटै थियो।

दाइको रक्सी खाने नराम्रो बानी थियो। रक्सी खाएपछि सबै कुरा बिर्सन्थ्यो। उसो त दाइ महिनामा दुई तीन चोटि घर आउँथे तर कहिले फ्रेस भने आएन। सधैँ पिएर आउथ्यो। भाउजुलाई कुट्ने गर्थ्यो। अझ टिनले बारेको हाम्रो कोठाको सिमाना पारदर्शी जस्तै थियो। भाउजू बिरामी हुँदा पनि दाइ भाउजू सँग जवरजस्ती सम्पर्क राख्ने गर्थ्यो। भाउजू विवश भएर यी सबै अत्याचार सहदैआएको थिँइन। म पनि विवश भएर सुन्थे मात्र दाइको अगाडि गएर प्रतिरोध गर्ने क्षमता थिएन। दुई-चार चोटि प्रयास नगरेको होइन। उल्टै चोट खाएर फर्किन लाचार थिएँ। यस्तो लाग्थ्यो दाइलाई रक्सीले राक्षस बनाउँछ।

यसरी दिनहरू बित्दै गएका थिएँ। दाइ घर नआएको पन्ध्र बीस दिन भएको थियो। भाउजू माइत जानू भएको थियो। आकाश गड्याङगुडुङ डरलाग्दो गर्जिरहेको थियो। म एक्लै त्यसमाथी मेघ गर्जेको सार्है डर लाग्ने मलाई। एक्कासी घनघोर वर्षात हुन थाल्यो। म सुतेको कोठामा पानी चुहिन थाल्यो। यो सधैँको समस्या थियो। मैले भाउजू माइत गएकोले भाउजुको कोठामा गएर सुत्ने निर्णय गरे। भाउजुको खाँटमा गएर सुत्ने प्रयास गरे। डर एकतिर थियो। अनि बिस्तारा फेरिएकोले निद्रा लागेन। मोबाइलमा समय हेरे एघार बजेर तेह्र मिनेट गएको थिएँ। एकोहोरो एक्लै कल्पनामा डुबुल्की मार्दा मार्दै कतिबेला निदाएछु पत्तै भएन।

म निदाइसकेको थिएँ। सपनामा कसैले बोलाइरहेको जस्तो लाग्यो। टिनको ढोका ढकढकाइ रहेको महशुस भयो। मेरो निन्द्रा बिथोलियो। पानी परिरहेको अवाजमा दाइको ढोका खोल भनेर लरबरिएको अवाज सुने।
ए! ढोका खोल, सुनिनस? कुन नाठो ल्याएर सुतिराछ्स भन्ने नमिठो अवाज केहि मधुरो सुनियो।
मैले गएर ढोका खोले। मेघ गर्जिरहेकोले बत्ती थिएँन। अध्यारोमा दाइले मलाई ढोका खोल्न १ घण्टा लगलगाउछिस रन्डी भन्यो। म रिसले केही बोलेन एक्कासी मलाई धकलेर खाटमा बजारिदियो।
अनि आफ्नो कामुक बासनाले मलाई चाप्यो। मैले डराउदै दाइ म बिमला हो भने। उसले तेरो भाउजू खोइ तँ। म आउँदा आफ्नो धर्म निभाउन नसक्ने स्वास्नी के काम। आज तेरो भाउजुको काम तैले गर्ने हो लरबराउदै भन्यो। उसले केही सुनेन जवरजस्ती आफ्नो पन्जामा बेर्न खोज्यो भोकाएको बाघ जस्तै। मैले दाइलाई धकलेर भाग्न खोजे मलाई दुई मुक्का छातीमा हिर्कायो। अनि म सास फेर्न गार्हो भएर त्यही ढले। उसले मलाई त्यही पीडा माथी आक्रमण गर्यो। मेरो शरीरको सबै कपडा जवरजस्ती च्यातिदियो र निर्वस्त्र बनायो। म केही बोल्न र प्रतिरोध गर्न नसक्ने घाइते अवस्थामा थिएँ। उसले मलाई बलात्कार गर्यो।
म बेहोस भैसकेको थिएँ। अचानक जब होस् आयो म रगताम्य थिएँ। दाइ बिस्तारामा अस्तव्यस्त भएर पल्टिएको थियो। मैले मैनबत्ती बाले बल्ल बल्ल उठेर। आफैलाई देखेर घृणा लाग्यो शरीर भरी चिथरिएको डाम थियो। जसलाई मैले भाइटीकामा मेरो रक्षार्थ टीका लगाउथे। आज उसको स्वास्नी हुनु परेको थियो।आफैलाई बोगटन मनलाग्यो। चलिरहेको यो सास रोक्न मनलाग्यो। एउटा रसी खोजे र झुन्डिएर मर्ने बिचार पलायो।

जब झुण्डिनको लागि ठाउँ खोज्दै थिएँ। अचानक मेरो आँखा पर्यो। जस्ताको भित्तामा टासिएको रौद्ररूपधारणी महाकालीको तस्वीरमा। जसले राक्षसको टाउकोको माला लगाएर आक्रमक शैलीमा जिब्रो बाहिर निकाली डरलाग्दो आँखाले हेर्दै थिइन।

मलाई किन किन लाग्यो। अन्तरमनबाट कसैले निर्देश गरिरहेको छ। नारी कहिलेसम्म यसरी डराएर; आफुले नगरेको गल्तीको सजाय भोग्ने? सजाय त अपराधीले भोग्ने हो। कहिलेसम्म पुरूषको अन्याय सहेर बस्ने? म किन मर्ने? मर्न त अपराधी पर्ने हो। समाजमा दैनिक यस्ता घटना घटिरहेका छन। यो नारीको लाचारीपनले नै हो भन्ने अन्तरमनबाट एउटा अवाज बोल्यो।म मा खै काहाँ बाट त्यो उर्जा आयो। डरको अन्त्य नै आरम्भ हो भन्ने एउटा महावाणी मनमा गुन्जियो।

म भान्छा कोठामा लागे। तरकारी काट्ने चाकु निकाले अनि दाइ सुतिरहेको ठाउँमा गए। दाइ यसरी सुतिरहेको थियो। कुनै युद्ध जितेर खुनै खुनको रगत पिएर चिर निन्द्रा परे जस्तो।
मैले केहि देखिन। दाइ अर्धनग्न थियो।मेरो आँखा उसको लिङ्गमा गयो। मैले सोचेँ; यसैको लागि होइन पुरूष अन्धो हुने। भाउजुलाई धेरै चोटि यहि अङ्गले होइन पीडा दिने। यस्तो मनमा आयो र चाकुले रेट्न सुरू गरे। दाइ एक्कासे उफ्रियो। दाइ तड्पिएर उफ्रिनु अघि मेरो हातमा दाइको लिङ्ग आइसकेको थियो।दाइ रगताम्य भएर ढल्यो। बिस्तारै सिथिल भएर प्राण त्याग्यो। मलाई भने एक किसिमको सन्तुष्टि मिलिरहेको थियो। भित्ताको देवी मलाई हेरेर मुस्कुराइरहेको भान भयो। एकछिन त्यहीँ थचक्क भुइँमा पछारिए हातमा चाकु र लिङ्ग लिएर।

अनेक कुरा खेल्न थाले मनमा। मैले निर्णय गरे म चौकीमा जान्छु। अनि आत्मसमर्पण गर्छु। त्यसपछि हातमा लिङ्ग र चाकु बोकेर रगतै भएर म चौकीमा आफ्नो सबै घटना सुनाएर। मलाई गिरफ्तार गर्न आग्रह गरे।
यति नै हो। यसरी मैके एकजना बलात्कारीको सर्वनास गरे।
यति भन्दै गर्दा। म सँग भएको दुबै जना महिला प्रहरीको आँखा भिजेको मैले देखे। एकजना महिला प्रहरीले लामो सास फेरेर भनिन – सायद हाम्रो देशमा तपाईं जस्तै हिम्मत सबै नारीमा भएको भए आज यसरी नारी हिंसा नै हुन्थेन। म आज एउटा सच्चा न्यायको देवीलाई सलाम गर्न चाहन्छु भनिन। यति भन्दै गर्दा। गाडीले घचक्क ब्रेक लागायो। हामी अदालातको गेट अगाडी आयौं।

गाडीको एकतिरको ढोका खोलेर मलाई झर्न आग्रह गरिन। महिला प्रहरीले जब मैले मेरो खुट्टा जमिनमा राखे। निकै ठूलो भिड मेरो अगाडि थियो।नारा बाजि चल्दै थियो। धेरैको हातमा प्ले कार्ड पनि देखेँ। सुरक्षाकर्मीहरूलाई भिड सम्हाल्न हम्मे हम्मे भएको छ। आन्दोलनकारीहरू एकतमासले चिच्चाइ रहेका छन्।बिमलालाई रिहा गर प्रतिउत्तरमा रिहा गर, रिहा गर भन्ने अवाज एकतमासले गुन्जिएको छ। मिडियाकर्मीहरू आफ्नो क्यामरा मै तिर तेर्साएका छन। केहि कार्ड पनि देखें जसमा लेखिएको छ – ‘बलात्कारकी लिङ्ग काट्नुपर्छ’, ‘बिमला यश युगको महाकाली हो’, ‘बिमला हाम्रो सान, नारी सम्मान’ यस्तै थुप्रै कार्डहरू देखें। पत्रकारहरूको प्रश्नको ओहिरो छ। तर म सम्म आउन प्रहरीले रोक्दैछन। मलाई पनि खासै बोल्न र त्यी प्रश्नहरूको जवाफ दिन मन छैन मलाई। म अगाडि बढदैछु। अदालतको मुख्य द्वार तर्फ। मलाई दुईजना प्रहरी बाहेक अरूले पनि घेरेका छन।

अचानक मेरो नजर पर्यो। ‘बलात्कारी कसैको लोग्ने, बाउ र छोरा होइन’ भनेर लेखिएको प्ले कार्डमा। मेरो आँखा झट्ट उनको अनुहारमा पुग्यो। हाम्रो आँखा जुध्यों। उनी कोहि नभएर मेरो भाउजू थिइन। जसको सिन्दुर मैले मेटाएको थिएँ। मलाई सबै भन्दा ग्लानी कोहिँसँग थियो भने भाउजू सँग थियो। एउटा श्रीमान खोसेर बिधुवा बनाएको थिएँ। म कसरी वहाँ सँग फेस गर्ने त्यो निकै कठिन थियो मेरो लागि। मैले हिम्मत गरेर अगाडि बढे। भाउजुले कस्सेर अँगालोमा बेर्नु भयो। मैले क्षमा गर्नुस भाउजू मलाई भनेर नसक्दै भाउजुले मलाई भन्नुभयो,
“जति अपराध बोध मैले तपाईको दाइको श्रीमती हुनुमा गरेको छु, त्यति गर्व तपाईं मेरो नन्द हुनुमा गरेको छु।
तपाईं अब देखि मेरो मात्र होइन । सारा दुनियाँको आदर्श हो।
घरेलु हिंसामा फसेका सबैको उज्यालोको दियो हो।
तपाईले एउटा आशाको फूल रोप्नु भएको छ।
जुन फूलले सारा नारीको मगजमा एउटा विद्रोहको सुगन्ध छोडेर गएको छ।
तपाईले यो युगलाई डरको अन्त्य नै आरम्भ हो भन्ने संदेश दिनुभएको छ।”
“गर्व छ नानू” भन्दै – फेरि अङ्गालोमा कसेर रुनूभयो। मैले आफ्नो आशुलाई रोक्न सकिन।
यतिकैमा महिला प्रहरीले हिडनुस दस बज्न लाग्यो भनिन।

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!