Dozen of हाइकूz

१.
हदै नरम
बने, चल्छ पखाला
सुकिन्छ स्वाट्टै !

२.
दश्तारे बाजा
ताली, दु:खमा हैन
खुसीमा बज्छ !

३.
बाढी आउँछ
बिगार गर्दै खोला
खेत पो छैन !

pawel kusczynski satirical art

pawel kusczynski satirical art

४.
भमरा बनी
तिमी कुहेको चुस्ने,
फूल छाडेर !

५.
पहेँलो कोला
खाएछ बाँदरले
लडेछ मान्छे !

६.
सम्झना आयो
बादलको वर्षा झैं
भिजेन भूमि !

Art by Pawel Kusczynski

Art by Pawel Kusczynski

७.
गुलाफ फूल
जीवनमा फूलाऊ
होइन काँडा !

८.
प्रेमको नाउ
चलाउनु कोशीमा
डुबी नहाल्नु !

९.
खोज्या खोज्यै छौ
गहिरिएर हेर
जीत तिमी हौ !

Gardener by Pawel Kusczynski

Gardener by Pawel Kusczynski

१०.
पानीमा दाग
लागे तापनि तिम्रो
नलागोस् मनमा !

११.
रोग होइनौ
म हुँ रोगी, बित्थामा
दोष तिम्लाई !

१२.
विजयी हुन
हतियार चाहिन्न
मुस्कान भए !

Woodcutter by Pawel Kusczynski

Woodcutter by Pawel Kusczynski

Facebook Comments

You may also like

error: Content is protected !!