अब NYPLबाट निशूल्क पढ्नुहोस् ३ लाखभन्दा बढी किताब

सबै इ-बुकप्रेमीहरुका लागि यो खुशीको खबर हुनसक्छ कि अमेरिकाको “द न्यू योर्क पब्लिक लाइब्रेरी”ले अब यस्तो याप लिएर आएको छ जसमार्फत विश्वको जुनसुकै ठाउँका पाठकहरुले पनि लाइब्रेरी कार्ड लिई ३ लाखको सङ्ख्यामा पुस्तकहरु डाउनलोड गरि निशूल्क पढ्न पाउने छन् ।

अब आफ्नै हात हातमा पाठकहरुले जुनसुकै किताबहरु पढ्न पाउने भएका छन् । तर सिरिजमा भएका जस्तै; “गेम अफ थ्रोन्स” , “ह्यारी पटर” लगायतका केही लामा किताबहरुका लागि भने केही समय प्रतिक्षा गर्नपर्ने हुनसक्छ ।

किताब निशूल्क पढ्नका लागि न्यू योर्क पब्लिक लाइब्रेरीको “सिम्प्ली-इ” नामक फ्री इ-रिडर याप आइफोन वा एण्ड्रोइड फोनमा डाउनलोड गर्नपर्ने हुन्छ ।

लाइब्रेरीका अनुसार सम्पूर्ण निर्माण प्रक्रिया सकिन समय लाग्ने हुँदा, यापमा बढी चाप नपरोस् भन्नेमा ध्यान दिई एकपटकमा ३ किताब सुरक्षित गर्न सकिने व्यवस्था रहेको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!