Cracking the DARK - Friday with MYSTERYTELLER | Kavyalaya - काव्यालय

CRACKING the DARK

…म सुरुबाट सुरु गर्छु है !…

“STEPHEN KING”को किताबमा आधार भएर बनेका दुई फिल्म- “STAND BY ME”“IT”बाट प्रभावित भएर NETFLIX ले बनायो-“STRANGER THINGS”. सिरिज राम्रो बनेको छ । म अर्को सिजनको प्रतीक्षामा छु ।

एकाएक विदेशी भाषाका दुई सिरिज “MONEY HEIST” (spain)“DARK” (germany)ले सिरिज दुनियाँमा तरंग ल्याइदियो । अब नहेर्ने कुरा हुन्छ त ? सुरुमा “MONEY HEIST” हेर्न थालेँ । खत्रा मन पर्यो । हेरिरहँदा लागिरह्यो, म चेस गेम खेल्दैछु । यसको पनि म अर्को सिजनको प्रतीक्षामा छु ।

अब कुरा गरौँ, “DARK” को । केही समयअघि मात्रै यसको अन्तिम सिजन (3) आयो / सकियो । धन्न, सिरिज तीन सिजनमै सकियो / सकाए । नभए, जति तन्किन्थ्यो हाम्रो मस्तिष्क पनि तन्किरहन्थ्यो ।

सुरुमा केही मान्छेहरुबाट सुनेँ, “DARK” सिरिज “STRANGER THINGS”बाट प्रभावित भएको छ । दुबैमा बच्चा हराउँछन् र कहानी अघि बढ्दै जान्छ । सुन्दा केही खल्लो / नमज्जा लाग्यो । तर पनि “DARK” हेर्न थालेँ । तुरुन्तै मेरो फेभरेट सिरिजमा सामेल भै’हाल्यो यो सिरिज पनि । हेरिसकेपछि थाहा भयो, “DARK” सिरिज मात्र होइन रहेछ, एउटा रहस्य / समस्या / प्रश्न / उल्झन / पेहेँली / हिसाब रहेछ जसलाई हामीले बुझ्नुपर्छ / बुझाउनु पर्छ / हल गर्नुपर्छ / समाधान गर्नुपर्छ / सुल्झाउनु पर्छ ।
“DARK” सिरिज होइन चुनौती रहेछ ।

मैले यहाँ यहि “DARK” सिरिजलाई क्र्याक गर्ने कोसिस गरेको छु । तपाईं यो पढेर सिरिज हेर्नुस् अथवा हेरेर पढ्नुस् मलाई कुनै मतलब छैन । तर, तपाईंलाई पक्का केही सहयोग मिल्नेछ भन्नेमा म ढुक्क छु ।

DARK बुझ्नलाई निम्न कुराहरु बुझ्न आवश्यक छ ।
*पात्रहरु र सम्बन्धहरु
*समय र घटना
*विज्ञान
*धर्म र मिथ

सुरुमा म यो सिरिजको “TITLE” मा चर्चा गर्न चाहन्छु । यो सिरिजको नाम “DARK” किन राखियो ?
सिरिजमा एक पात्रले भनेको छ – “जसरी किराहरु उज्यालोतिर आकर्षित हुन्छन् त्यसैगरी मान्छेहरु अन्धकारतिर आकर्षित हुन्छन् । हामी अन्धकारबाटै आउछौँ र पछि त्यहीँ जान्छौँ । हाम्रो सुरुवात र अन्त्य नै त्यहि एउटै बिन्दु हो ।”

लेखक नगरकोटीले कतै लेखेका छन्, “हामी योनिबाट आएका हौँ, योनिमै विलीन हुनेछौँ ।”
DARK मा धेरैपटक धेरै ठाँउमा धेरै पात्रहरुले भनिरहन्छन् –
“The Beginning is the End,
The End is the Beginning.”

पात्रहरु र सम्बन्धहरु

सिरिज काल्पनिक शहर “WINDEN” मा बगेको छ । यस शहरमा बस्ने चार परिवारहरुका आसपासमा कथा घुम्दै जान्छ ।

KAHNWALD FAMILY
Ines ( हजुरआमा )
Michael ( बुबा )
Hannah ( आमा )
Jonas ( छोरा )

NIELSON FAMILY
Agnes ( हजुरआमा )
Tronte ( बुबा )
Jane ( आमा )
Ulrich ( छोरा )
Katharine ( बुहारी )
Magnus ( नाति )
Martha (नातिनी )
Mikkel ( नाति )

TIEDEMANN FAMILY
Egon ( हजुरबुबा )
Claudia ( आमा )
Regina ( छोरी )
Aleksander ( ज्वाईं )
Bartosz ( नाति )

DOPPLER FAMILY
Helge ( हजुरबुबा )
Peter ( छोरा )
Charlotte ( बुहारी )
Franziska ( नातिनी )
Elisabeth ( नातिनी )

  • 2019 बाट Mikkel 1986 मा जान्छ । उसलाई Agnes ले एडप्ट गरेर छोरा बनाउँछ । ऊ पछि गएर Michael हुन्छ । Hannah सँग विवाह गर्छ र Jonas जन्मिन्छ ।
  • 2053 बाट Silja 1890 मा जान्छे । उसको सम्बन्ध 2020 बाट आएको Bartosz सँग बस्छ । उनीहरुबाट Noah र Agnes को जन्म हुन्छ ।
  • 1921 बाट Noah 2020 मा जान्छ । उसको सम्बन्ध Elisabeth सँग बस्छ । उनीहरुबाट जन्मिन्छे Charlotte जसलाई 2053 बाट आएका Elisabeth र Charlotte ले 1970 मा पुर्याउँछन् । Charlotte को ठूलो भएपछि Peter सँग सम्बन्ध बस्छ र 1911 मा जन्मिन्छे पुनः Elisabeth ।
  • 2020 बाट Hannah 1953 मा जान्छे । उसको सम्बन्ध Egon सँग हुन्छ । उनीहरुबाट जन्मिन्छे Silja । Hannah ले Silja लाई 1911 मा पुर्याउँछे ।

यसरी विभिन्न पात्रहरु विभिन्न समयबाट विभिन्न समयमा TIME TRAVEL गर्दा विभिन्न सम्बन्धहरु रहन जान्छ । बुझ्न पक्का गार्हो हुन्छ तर असम्भव छैन ।

Family Tree

Family Tree

समय र घटना

पात्रहरु TIME TRAVEL गर्दा ३३ वर्षपछि अतीतमा पुग्ने हुन्छन् कि त ३३ वर्षअघि भविष्यमा ।

वर्ष 1888
2020 बाट आएका Jonas, Magnus, Franziska, Bartosz 1888 मा पुग्छन् र त्यहीँ फस्छन् । त्यो समयमा न्युक्लियर एनर्जीको अभाव भएको हुँदा उनीहरु TIME MACHINE बनाउन असमर्थ हुन्छन् र त्यहीँ अड्किन्छ्न् ।

H.G. TANNHAUS ( वैज्ञानिक अथवा CHARLOTTE का हजुरबुबा ) का हजुरबुबा GUSTAV TANNHAUS ( अन्धो ) जसको पत्नीको निधन भएको हुन्छ । उसलाई विश्वास छ TIME TRAVEL गर्न सम्भव छ भन्ने । त्यसैले ऊ TIME TRAVEL को मद्दतले आफ्नो मरेको पत्नीलाई पुनः जीवित बनाउन चाहन्छ । उसले 2020 बाट आएका समूहलाई TIME MACHINE बनाउन मद्दत गर्छ ।

वर्ष 1921
भविष्यमा गएर WINDEN शहरमा भएको गुफाबाट TIME TRAVEL गर्न सम्भव भएको हुँदा गुफा खन्ने काम हुँदै छ । ADAM को च्याम्बरमा TIME TRAVEL गर्नको निम्ति THE GOD PARTICLE / ETHER / DARK MATTER / HIGGS FIELD छ जसको मार्गबाट ३३ वर्ष अघिपछी मात्रै होइन समयको जुन रेखामा पनि यात्रा गर्न सकिन्छ ।

वर्ष 1953
– वर्ष 2040 बाट CLAUDIA 1953 मा जान्छ र TIME MACHINE को ब्लु-प्रिन्ट ल्याएर H.G. TANNHAUS लाई दिन्छ ताकी उसले TIME MACHINE बनाउन सकोस् ।
– आफ्नो छोरा MIKKEL लाई खोज्न 2019 बाट ULRICH 1953 मा आउँछ र त्यहीँ फस्छ ।
– शहरमा NUCLEAR PLANT खोल्ने योजना हुँदैछ ।

वर्ष 1986
NUCLEAR PLANT मा भएको दुर्घटनामा त्यहाँबाट निस्किएको एनर्जीले गर्दा त्योसँगै रहेको गुफामा WORMHOLE को निर्माण हुन जान्छ जसको फलस्वरूप गुफाबाट TIME TRAVEL गर्न सकिन्छ ।
NUCLEAR ENERGY गुफाभन्दा माथि रहेको BUNKER मा पनि फ्लो हुने हुँदा NOAH र HELGE मिलेर बच्चाहरुलाई अपहरण गरेर BUNKER मा ल्याउँछन् र तिनीहरुमा TIME TRAVEL को EXPERIMENT गर्न थाल्छन् । MADS ( ULRICH’S BROTHER ), YASIN ( ELISABETH’S BOYFRIEND ) हराएर मर्नुको कारण यहि EXPERIMENT का असफल नतिजाहरु हुन् ।
– सोही वर्ष वास्तविक दुनियाँमा आफ्नो मरेको परिवारका सदस्यहरुलाई फर्काउन TIME MACHINE को EXPERIMENT गर्दा H.G. TANNHAUS अरु दुई ALTERNATIVE दुनियाँको सिर्जना गर्छ ।

वर्ष 2019
शहरमा बच्चाहरु, मान्छेहरु हराउन थाल्छन् । अनौठो-अनौठो घटना घट्न थाल्छन् । कोही आफ्नो अस्तित्व बचाउन TIME TRAVEL गर्न थाल्छन् कोही भने त्यो चक्रलाई मेटाउन TIME TRAVEL गर्न थाल्छन् । चाहेर-नचाहेर दुबै पक्षहरु चक्रको हिस्सा हुन पुग्छन् । 1953 मा पाएको ब्लु-प्रिन्टको मद्दतले H.G. TANNHAUS ले 1986 TIME MACHINE बनाइसक्छ । पात्रहरु TIME TRAVEL गर्न गुफा र TIME MACHINE को प्रयोग गर्छन् ।

वर्ष 2053
2020 मा भएको विनाशले WINDEN शहर पुरै ध्वस्त भएको छ । NUCLEAR PLANT / DEAD ZONE मा TIME TRAVEL गर्न PORTAL हुन्छ जसलाई त्यहाँ थोरै मात्रामा रहेको GOD PARTICLE को मद्दतले JONAS र CLAUDIA ले बनाएका हुन्छन् ।

विज्ञान ज्ञान

BLACK HOLE
यसले सबैलाई आफूतिर तान्छ । यसको गुरुत्वबल यति धेरै हुन्छ कि यसले प्रकाशलाई समेत सोसिदिन्छ । DARK मा प्रश्न सोधेको छ- BLACK HOLE मा गएका / हराएका वस्तुहरु आखिर जान्छन् / पुग्छन् कहाँ ? के तिनीहरु अर्कै दुनियाँमा / समयमा पुग्छन् ? सिरिजमा देखाइएको गुफा एक प्रकारको BLACK HOLE नै हो जहाँ पसेपछि कि अर्कै समयमा पुग्छन् कि मर्छन् । सिरिजमा एक पात्रले भनेको छ- यो WINDEN शहर एउटा BLACK HOLE हो ।

Black Hole

Black Hole

BIG BANG THEORY
पृथ्वीको निर्माण आजभन्दा करिब १३.८ बिलियन वर्षअघि BIG BANG मार्फतबाट भएको हो । त्यो बेला SPACE, TIME, MATTER सबैको जन्म भयो । DARK ले अर्को प्रश्न पनि गरेको छ- BIG BANG भन्दा अघि के थियो ? के यो ब्रह्माण्ड पनि कुनै इन्डलेस साइकलमा घुमिरहेको त छैन ? यसको सुरुवात र अन्त्य कतै एउटै बिन्दु त होइन ?

Big Bang

Big Bang

WORMHOLE
के TIME TRAVEL गर्न सम्भव छ ? सम्भव छ । हामी प्रकाशको गति भन्दा तेज रफ्तारमा हिँड्न सक्यौँ भने हामी TIME TRAVEL गर्न सक्छौँ । वैज्ञानिकहरुका अनुसार ब्रह्माण्डमा यस्ता थुप्रै WORMHOLE हरु रहेको विश्वास छ जसको मद्दतले हामी TIME TRAVEL गर्न सक्छौंँ । WORMHOLE एउटा यस्तो मार्ग हो जहाँबाट हामी कम समयमै अर्को समयमा पुग्न सक्छौं । सिरिजमा देखाइएको गुफा एउटा WORMHOLE हो जसको मद्दतले पात्रहरु TIME TRAVEL गर्न सक्छन् ।

Worm Hole

Worm Hole

LUNAR-SOLAR CYCLE
H.G. TANNHAUS का अनुसार ब्रह्माण्डमा चलिरहेको समय कुनै एक बेला पुन: पहिलेकै स्थानमा बग्न थाल्छ । यसरी घटनाहरु फेरि दोहोरिन थाल्छन् । त्यस्तै हरेक 33 वर्षमा चन्द्र- चक्र सूर्यसँग पङ्त्तिबद्ध भएर बस्छ । त्यसैले, WINDEN शहरमा भएको WORMHOLE ( गुफा ) बाट कि 33 वर्ष पछि जान सकिन्छ कि ३३ वर्षअघि ।

DEJA-VU
कहिलेकाहीँ कुनै-कुनै समय हामीलाई हामीले पहिल्यै बाँचिसकेको महसुस हुन्छ । केही व्यक्तिहरु पहिल्यै भेटिसकेको आभास हुन्छ । यस्तो अवस्थालाई डेजा-भु भनिन्छ । DARK मा तीन दुनियाँ छन् । ADAM ( JONOS ) को दुनियाँ र अर्को EVE ( MARTHA ) को दुनियाँ र अर्को वास्तविक दुनियाँ । यी तीन दुनियाँ समानान्तर भएर एकै समयमा बगिरहेका छन् । त्यसैले, एक दुनियाँका पात्रहरु अर्को दुनियाँको पात्रहरुसँग अदृश्य सम्बन्ध राखेका छन् जसले पात्रहरुमा डेजा-भु उत्पन्न भै’रहेको छ ।

ALTERNATIVE WORLD
कुनैपनि वस्तु एक समयमा कि चल रहन्छ कि अचल । तर, जबसम्म हामी त्यसलाई अवलोकन गर्दैनौँ त्यो वस्तु एकै समयमा चल र अचल दुबै हुने हुन्छ । जुन अवस्थामा पनि हुन सक्छ । यसरी हामीले समयलाई चिर्न सक्छौँ । नयाँ दुनियाँको जन्म हुन्छ जो हाम्रो दुनियाँसँग समानान्तर भएर हिँड्छ । जसलाई हामी ALTERNATIVE WORLD भन्छौँ ।

Alternative Universe

Alternative Universe

SCHRODINAGER’S CAT
सिरिजमा H.G. TANNHAUS ले पक्का उदाहरण दिन्छ- एउटा बन्द बाकसमा बिरालो छ । बिरालोको मर्ने सम्भावना ५०% छ र बाँच्ने सम्भावना पनि ५०% छ । हामी जबसम्म बाकस खोलेर हेर्दैनौँ, हाम्रोलागि बिरालो जीवितपनि छ र मृतपनि । बिरालोको दुई दुनियाँ छ ।

JONOS ले समयलाई बङ्गाएर आफ्नो अस्तित्व मेटाउन खोज्छ तर सक्दैन । यदि सकेको भए ? अर्को दुनियाँ जन्मिन्छ जहाँ JONOS को अस्तित्वपनि हुँदैन । त्यहि दुनियाँबाट MARTHA आउँछ र JONOS लाई बचाउँछ ।

QUANTUM ENTANGLEMENT
ALTERNATIVE दुनियाँको EVE का अनुसार- समयको लुपमा त्यसलाई बदल्न सक्ने एउटा कडि हुन्छ । यस्तो कडि जहाँबाट हामी समयलाई बङ्गाउन / परिवर्तन गर्न सक्छौं । हामी जुन निर्णय गर्छौं त्यसले दुई बाटोलाई जन्म दिन्छ । एउटामा JONAS बाँच्छ र अर्कोमा मर्छ ।

QUANTUM को दुनियाँमा यसका पार्टिकलहरु एकअर्कासँग जोडिएका हुन्छन् । जति नै दूरीमा भएतापनि एउटामा परिवर्तन आए तुरुन्तै अर्कोले पनि असर / प्रतिक्रिया देखाइहाल्छ । वैज्ञानिकका अनुसार यिनीहरुले प्रकाशको गतिभन्दा छिटो रियाक्ट गर्छन् । DARK मा दुई दुनियाँमा भएका पात्रहरुबिच यो Theory लागु हुन्छ ।

Quantum Entanglement

Quantum Entanglement

BOOTSTRAP PARADOX
वैज्ञानिक तथा क्लक मेकर H.G. TANNHAUS का अनुसार- कुनैपनि वस्तु अथवा जानकारी हामीले भविष्यबाट अतितमा पुर्यायौँ भने त्यसले अनन्त चक्रको निर्माण गर्छ जहाँ त्यो वस्तु अथवा जानकारीको वास्तविक सुरुवाती बिन्दु नै हराउँछ । त्यो रहिरहन्छ / बाँचिरहन्छ बिना कुनै सुरुवाती बिन्दु ।

सुरुवात कहाँ भएको थियो ? कहिले भएको थियो ? यो दुनियाँ यस्ता थुप्रै PARADOX हरुले भरिएका छन् । एक पात्रका अनुसार – यहाँ दुई थरिका मान्छेहरु छन् जसले समयलाई नियन्त्रण गर्न खोजिरहेका छन् । एक- जो सुरुवाती बिन्दु चिनेर पुरै समय चक्रलाई ध्वस्त बनाउन चहान्छ । अर्को- जो आफ्नो अस्तित्व जोगाउन समयसँग कुनै छेडखानी गर्न चाहँदैनन् । यिनीहरुका हरेक जान-अन्जान क्रियाकलाप समय-चक्रकै हिस्सा भै’रहेका छन् ।

BOOTSTRAP PARADOX को सजिलो उदाहरण- ल भन्नुस्, पहिले कुखुरा आयो कि अण्डा ?

Bootstrap Paradox

Bootstrap Paradox

धर्म र मिथ

NUMBER THIRTYTHREE
पात्रहरु H.G. TANNHAUS र JONAS दुबै LUNAR-SOLAR CYCLE को कुरा गर्दा उनीहरुले कृस्चियन धारणाहरुपनि जिकिर गर्छन् जस्तै – जिससले ३३ वटा चमत्कार गरेका थिए । ३३ लिटिनिज् अफ एन्जल्स् । डान्टेले पापमोचन र प्रमोदवनमा ३३ / ३३ क्यान्टोस लेखेका थिए । एन्टि क्राइस्टले ३३ वर्ष शासन गरेका थिए । जिसस ३३ वर्षको उमेरमा मरेका थिए ।

ST. CHRISTOPHER
सिरिजमा एउटा St. Christopher को लकेट देखाइएको छ जसलाई HANNA ले KATHARINE कि आमालाई 1953 मा दिन्छे । उसको आमाले आफ्नो छोरी KATHARINE लाई मार्दा लकेट ताल किनारमै छुट्छ र पछि गएर 2019 मा JONAS ले भेट्छ र MARTHA लाई दिन्छ ।

लकेटमा ST. CHRISTOPHER ले एउटा बच्चालाई काँधमा बोकेर हिँडिरहेको हुन्छ । काँधमा बसेको बच्चा जिसस क्राइस्ट हुन्छ । ST. CHRISTOPHER यात्रीहरुको संरक्षक सन्त थिए जसको मृत्यु तेस्रो शताब्दीको रोमन साम्राज्यकालमा भएको थियो ।
बुझ्न सक्नुहुन्छ, काँधमा बसिरहेको समय हो र यात्रा गरिरहेका पात्रहरु ( TIME TRAVELLER ) हुन् ।

St. Christopher

St. Christopher

THE FALL OF THE DAMNED
ADAM को च्यामबरको भित्तामा एउटा पेन्टिङ छ जसलाई ऊ नियालिरहन्छ । पेन्टिङको नाम- The fall of the damned । जसलाई पेन्टर ‘पिटर पल रुबिन्स’ले बनाएका थिए । पेन्टिङमा माइकल एक सन्त / रखवाला, श्रापित शैतानहरुलाई खसालिरहेका / मारिरहेका छन् ।

The Fall of the Damned

The Fall of the Damned

TRIQUETRA SYMBOL
TRIQUETRA अर्थात् तीन । यो सिलेटिक सिम्बोल एकदमै पुरानो सिम्बोल मानिन्छ । तीन भगवानलाई जनाउन पहिलोपटक यो सिम्बोलको प्रयोग 500 BC मा भएको मानिन्छ । सो सिम्बोलले आधारभूत तीन तत्वहरुलाई पनि जनाउदछ- पानी, आगो र हावा ।

DARK मा यो सिम्बोलले धेरै अर्थ राखेको छ । H.G. TANNHAUS का अनुसार जब हामी समय यात्रा गर्छौँ, हाम्रो अतीत र भविष्यमा मात्र फरक पर्दैन हाम्रो वर्तमानमा पनि त्यसले असर पार्छ । तीन आयामहरुमा फरक पर्छ । यहाँ सिम्बोलले यो पनि देखाएको छ- तीन दुनियाँ एक आपसमा बाँधिएका छन् । एक- ADAM को दुनियाँ । दुई- MARTHA को दुनियाँ । तीन- वास्तविक दुनियाँ ।

Sic Mundus Creatus est and Triquetra Symbol

Sic Mundus Creatus est and Triquetra Symbol

SIC MUNDUS CREATUS EST
‘सिक मुन्डोस् कृटस् एस्ट’ अर्थात् यो ल्याटिन शब्दहरुको मतलब; त्यसैले / त्यहीँ कारणले यो दुनियाँको जन्म भयो । यो एउटा सिक्रेट सोसाइटी हो । DARK मा यो सोसाइटी / समूहमा ADAM लगायतका सदस्यहरु छन् । उनीहरु चलिरहेको समयलाई / दुनियाँलाई ध्वस्त पारेर नयाँ दुनियाँको / प्याराडाइस बनाउन लागिपरेका छन् ।

ADAM AND EVE
अब्राहमिक रिलिजियसका अनुसार एडम र इभालाई पहिलो पुरुष र स्त्री मानिन्छ । उनीहरुबाट नै सारा सृष्टिको सुरुवात भएको मानिन्छ । अरुको जन्म भएको मानिन्छ । DARK मा JONAS र MARTHA लाई ADAM र EVE भनिएको छ । किनभने, उनीहरु नै सुरुवाती बिन्दु हुन्छन् । उनीहरुकै सम्बन्धबाट अरु पात्रहरुको जन्म हुन्छ ।

Adam and Eve

Adam and Eve

JONAS ( JONAH )
हिब्रु नाम JONAH को ग्रिक रुप हो JONAS.
Nineveh भन्ने शहर ध्वस्त हुनेवाला छ । भगवानले, JONAH जो अन्तर्यामी हुन्छन् उसलाई त्यो शहर गएर सबैलाई सावधान हुन आदेश / सन्देश पठाउँछ । DARK मा पनि JONAS लाई TIME TRAVEL बाट भविष्यबारे पहिल्यै थाहा हुन्छ । आफ्नो अस्तित्व मेटिने डरले उसले केही परिवर्तन गर्न सक्दैन । मात्र समय चक्रको हिस्सा हुन्छ ।

MICHAEL / MIKKEL
BOOK OF REVELATION का अनुसार माइकल एक सन्त / संरक्षक हुन् जसलाई सैतानहरुको विनाशक, चर्च मन्दिरको रक्षक भनेर चिनिन्छ । क्याथलिक परम्पराका अनुसार माइकललाई मृत्युको देवता भनेर चिनिन्छ । MICHAELको स्क्यानडेभियन रुप हो MIKKEL ।
मृत्युको भगवान माइकलको DARK मा मृत्युपछि कथा अघि बढ्दै जान्छ ।

NOAH
BOOK OF GENESIS का अनुसार भगवानले NOAH लाई भन्छ- भयानक बाढीले यो पुरै मानव जातिलाई म विनाश गर्छु तर तिमी र तिम्रो परिवारलाई म केही गर्दिनँ ।
सिरिजमा उसको भगवान बनेका छन्- ADAM ।

ARIADNE PLAY
सिरिजमा MARTHA स्कुलको नाटकमा ARIADNE को भूमिकामा अभिनय गर्ने हुन्छिन् । ग्रिक माइथोलिजिका अनुसार- ARIADNE राजा मिनोसकी छोरी हुन्छिन् । राजाले आफ्नो छोरीलाई रखवाला बनाउँछ एउटा भुलभुलैयाको जहाँ राक्षसको बास हुन्छ । उक्त राक्षसलाई मार्न THESEUS आउँछ र ARIADNE सँग प्रेम बस्छ । ARIADNE ले भुलभुलैयाबाट निस्कन THESEUS लाई सहयोग गर्छन् । DARK मा THESEUS भएका छन्- JONAS ।

Ariadne Play

Ariadne Play

साइन्स र मिथलाई जोडेर बनाइएको यो सिरिजका सबै पक्ष खत्रा छन्- सम्पादन / डिरेक्सन / स्क्रिन-प्ले / सिनेमाटोग्राफी / बि.जि.एम. / कास्टिङ सब्बै-सब्बै !

लेख्नुपर्ने अझै छन् । धेरै छन् । केही छुटेकै राम्रो । अधुरै राम्रो । म यसको अन्त्य लेख्दिनँ । सुरुवातलाई नै अन्त्य मानिदिनुस् !

खैर,
“BARAN BO ODAR”“JANTJE FRIESE” लाई धन्यवाद मात्र दिएर पुग्दैन, सलाम पनि ठोक्न चाहन्छु !!!

Facebook Comments

You may also like

error: Content is protected !!