दाइको नम्बरमा फोन घुमाए । दाइले बसुन्धरा बोलाउनु भयो । दाइको एउटा सामान पुर्याउनु थियो र दाइलाई भेट्ने इच्छा पनि पहिला देखि कै हो । ‘उलार‘ पनि बोकेर गएँ । सोचे, अटोग्राफ लिउँला । बसुन्धराको एउटा चिया पसलमा पस्यौँ, चिया मगायौँ, गफ गर्न थाल्यौँ । केही नुनिला, केही यस्तै गुलिया….
फिल्म लेख्न मज्जा कि ? उपन्यास ?
⇒ उपन्यासमा नै म धेरै रमाउँछु ।
तपाईँलाई मन परेको पुस्तक र फिल्म ?
⇒ मन परेका किताब थुप्रै छन् । किनभने कमजोर किताबमा पनि केही न केही उपयोगी कुरा पक्कै भेटिन्छ । सिनेमाको हकमा पनि यही कुरा लागू हुन्छ ।
लेखेर बाँच्न सकिन्छ ?
⇒ राम्रो लेखे लेखक बाँच्छ बाँच्दैन थाहा छैन, लेखन चाहिँ गज्जबले बाँच्छ ।
कथाहरु तपाईं आफै खोज्नु हुन्छ कि कथाले तपाईँलाई खोज्छन् ?
⇒ कहिले म कुकुर जस्तै कथाको पछि लाग्छु । कहिले कथाले कुकुरझैँ मलाई झम्टिन्छ ।
अब अर्को नौलो नयनराज हामीले कहिले पढ्न पाउछौँ ?
⇒ अर्कोको टुङ्गो छैन । तयारी छ । तर, तयारी पुगेको छैन ।

चियागफ विथ नयनराज! | Saturdayकलम | Kavyalaya
Image Credit: प्रवीण