छन्द बचाऊ कि छन्द बढाऊ ?

आज छन्द दिवस !
र छन्द दिवसका दिन छन्द दिवसकै संस्थापक साथै कवि, समालोचक एवं लेखक (हालसम्म २७ कृतिका सर्जक) ‘माधव वियोगी’सँग आजका लोकप्रिय छन्द कवि ‘मनोज भण्डारी’ले काव्यालयका लागि गर्नु भएको कुराकानी यहाँहरुमाझ :

१) छन्द-दिवस किन ?

हाम्रा वैदिक र लाैकिक छन्दलाई पुनर्जागृत गर्न र छन्दलाई एकादेशकाेकथा हुन नदिनका निम्ति प्रयत्न गर्ने क्रममा दिवसले आगामी दिनमा समेत सबैलाई सचेत पारी राख्ने तर्फ ध्यान दिनै छन्द दिवसकाे आवश्यकता महसूस भएकाे हाे ।

२) तपाईंको नेतृत्वमा भएका “छन्द बचाऊ अभियान”“महाकाव्य लेखन अभियान”बाट नेपाली साहित्य कत्तिको लाभान्वित भयो जस्तो लाग्छ ?

अत्यन्त सान्दर्भिक प्रश्न मनाेजजी,
वास्तवमा मेरा यी दुई आन्दाेलनले बहुत ठूलाे प्रभाव पारेकाे महसूस गरेकाे छु । त्याे तपाईले पनि देख्नुभएकै छ । यी दुबै राष्ट्रव्यापी आन्दाेलनका रूपमा संचालित आन्दाेलन हुन् । ‘छन्द बचाऊ अभियान- २०५३’ले ‘छन्द दिवस’ ल्यायाे, छन्दका नाममा संस्था खाेल्याे, छन्द प्रशिक्षणकाे व्यापकता ल्यायाे, छन्दमा कविता-काव्य लेख्न धेरैलाई प्रेरित गर्याे, छन्द शब्द जाेडेर नाम रख्ने चलन थाेरै मात्रमा भएपनि बसाल्यो । ‘छन्द’ जीवनशैली हाे भन्ने बाेध गरायाे, छन्दकाे युग समाप्त भयाे भन्नेहरूलाई याे छन्दकाे युग हाे भनेर बुझायाे वा समग्रमा छन्दमा एक किसिमकाे तरङ्ग पैदा गरायाे ।

त्यस्तैगरी, ‘महाकाव्यलेखन अभियान- २०६०’, ‘छन्द बचाऊ अभियान’कै सहायक अभियान हाे । महाकाव्यलेखनमा आएका विकृति हटाउन र महाकाव्यकाे युग समाप्त भयाे भन्ने अफवाह फैलाउनेलाई सचेत पार्नका निम्ति याे अभियानले राम्राे काम गरेकाे छ । मैले अभियानकाे घोषणापत्रमार्फत केही नियम पनि तय गरेकाे छु । कम्तीमा आठ सर्ग, प्रत्येक सर्गमा कम्तीमा एकसय श्लाेक, अन्तमा छन्द परिवर्तन, राष्ट्र र समाजकालागि उत्कृष्ट काम गर्ने जीवित वा मृत व्यक्ति नायक हुनुपर्ने नियम छन् । यी नियम चलनचल्तीका नियममा केही थप गरिएका मात्र हुन् ।

याे आन्दाेलन शुरू भएपछि जीवित नायकलाई पनि स्थान दिइएकाे छ, महाकाव्यलेखनमा जागरण आएकाे छ, छन्दकै महाकाव्य रचिएका छन् । मैले खास गरेर ४/५ सय श्लाेक लेखेपछि त्याे विषयलाई महाकाव्य नामकरण गर्ने चलनकाे विराेध गरेकाे छु । महाकाव्य कठीन विधा हाेइन भन्ने देखाएकाे छु । समग्रमा यी दुई अभियानले एकातिर छन्दकाे युग र अर्काेतिर महाकाव्यकाे युग ल्याएका छन् ।

३) गद्यकविता पनि कविता हुन् र ?

मैले ‘गद्य कविता, कविता हाेइन’ भनेकै छैन मनाेजजी, त्याे भन्नै पर्ने विषय हाेइन । मैले त ‘गद्य कविता हाेइन’ भनेकाे छु घाेषणापत्रमा । साहित्यका गद्य र पद्य दुई विधा छन् । कविता भन्नू पद्य विधा हाे । गद्यमा नाटक, निबन्ध, कथा, समालाेचना आदि पर्छन् भने पद्यमा कविता, गीत, गजल, मुक्तक, हाइकू आदि पर्दछन् । ‘पद्य’ भन्नू लयात्मकता हाे । कवितामा लयात्मकता खाेज्नु मेराे उद्देश्य हाे । लय बेगर कविताकाे कल्पना हुँदैन ।हरफ लामाछाेटा हाेइन कि लगभग समान हुनुपर्छ कवितामा । गद्यलाई पनि कविता मान्ने हाे भने नाटक, कथा, उपन्यास, निबन्ध, समालाेचना आदिलाई के भन्ने ? याे बहुत कठिन प्रश्न छ ।

त्यसैले, मैले उद्देश्यमा ‘गद्यलाई कविता मान्ने परम्पराकाे अन्त्य गर्नु’ पनि राखेकाे छु । कविता कवितै हाे, ‘गद्य’ कविता हाे भन्नू भ्रम मात्र हाे । कम्तीमा पनि अनुप्रास मिलाउन सके कविताले मानक पाउँछ । मलाई के लाग्याे भने, मात्रिक छन्द बिग्रँदै जाँदा वा यसकाे प्रयाेग सही ढङ्गले नगर्दा हरफ लामाछाेटा हुने तथ्य बुझेर त्यसैलाई गद्यकविता भन्न थालिएकाे हाे । मात्रा गन्न पनि गाह्राे र वार्णिक छन्द पनि नजान्ने तर कवि नै बन्नुपर्ने लालचले त्यसाे भएकाे हाे कि ?

४) उसोभए तपाईंको बुझाइ अनुसार छन्द कविता बिग्रेर गद्यकविता बन्ने हो ?

हाे, मात्रिक छन्द बिग्रेर हाे । मेहनत गर्न नसकेर हाे ।

५)अनि मिहिनेत गरेर छन्द मिलाएपछि चाहिँ कविता बनिहाल्ने हो ?

हाेइन, कविता-तत्व अरू पनि छन् । छन्द त्यसकाे गेय वा साैन्दर्यतत्व हाे । कथनपध्दति, भाव वा सन्देश, दृष्टिविन्दु, युगीन विषयसन्दर्भ आदि तत्व त आफ्नाे ठाउँमा छँदै छन् । छन्द वा लय अनिवार्य भन्न खाेजेकाे हुँ मैले ।

६) छन्द मर्न लागेकाले “छन्द-बचाऊँ” हो ? छन्द-बढाऊँ हुनुपर्ने होइन र ?

मर्न लागेकाेलाई नै दबाई गरेर बचाउने हाे नि । छन्दकाे प्रयाेग कमजाेर हुनुलाई मैले छन्द मर्न लागेकाे बुझेर बचाऊँ भनेँ । तपाईंकाे ‘बढाऊँ’ शब्द ‘बचाऊँ’ पछि आउने हाे । मर्याे भने कसरी वृध्दि गर्ने ? अहिले छन्द बाँचेकाे दिवसमा, लेखनमा । अब बढाउन सबै तम्तयार भएका छाैँ हैन र ? लेखन र वाचनमा छन्द सबल बनेकाे अवस्था छ मनाेजी ।

७) छन्द-दिवस वैशाख आठ गते नै किन ?

मैले बृहत् समाराेहमा छन्द आन्दाेलनकाे घाेषणा गर्दा काे समय २०५३ वैशाख ८ गते हाे । त्यसै आन्दाेलनकाे प्रस्तावमा ‘छन्द दिवस’काे माग भएकाे हाे ।मैले वैशाख ८ गते नै उपयुक्त ठानेँ । पिङ्गलकाे जन्मदिन अन्जान भएकाे तथा अन्य कुनै संभावना नभएपछि साे दिन नै मलाई उपयुक्त लाग्याे । अब छन्द दिवसलाई पिङ्ललाई सम्झेर मनाउनुर्छ ।

८) तपाईंकी छोरी छन्दिका, ज्वाइँ छन्दमणि, नातिनी आर्या । यी नाउँहरू संयोग मात्रै हुन् कि नियोजित ?

यी नाम नियाेजित हुन् मनाेजजी । अभियानकाे कार्यक्रममध्ये एक व्यक्ति, वस्तु र ठाउँका नाममा छन्द जाेड्न प्रेरित गर्ने भएकाले र छाेरी-ज्वाइँ पनि आन्दाेलनकै रथी भएकाले छान्दिक नाम राखिएकाे हाे । उहाँहरूकाे विवाह नै छन्दाेबद्द साहित्यिक विवाहकाे व्यानरमा भयाे । छन्द जाेडेर नाम राख्ने अरू पनि हुनुहुन्छ ।

९) तपाईंले लेखेका ८ वटा महाकाव्य, ५ वटा खण्डकाव्य लगायत २७ कृति बाँडेर सक्नुभयो कि पुस्तक बिक्री पनि गर्नुभयो ?

किताब हातले बेच्ने काम मैले हालसम्म गरेकाे छैन । हातले उपहार दिने काम भने अघि निकै गरेँ । हाल छापिएका प्रति निकै कम दिन्छन् प्रकाशकले । ती यताउति गर्दैमा सकिन्छन् । प्रकाशकले खर्च उठाउनै पर्याे । केही नाफा पनि चाहियाे उनीहरूलाई । बिकेकै छन् । कमाउने गरेर भने हाेइन, खर्च उठाउने किसिमले । सन्तुष्टै छु ।

१०) लेखकले चाहिँ खानु/बाँच्नु पर्दैन ? कविलाई बचाउन नसक्ने कविता चाहिँ कविले किन बचाउनु ? कविता लेखेर बाँचिन्छ ?

बाँच्नका निम्ति मात्र सिर्जनात्मक काम गर्ने हाे भने ज्यूँदै मर्नु हाे जस्ताे मलाई लाग्छ । कतिपय लेखेरै धनी भएका पनि छन् । अनि साहित्यलेखन पूरै व्यावसायिक र बाँच्ने आधार कसैकाे छैन नेपालकाे सन्दर्भमा । बाैध्दिक सिर्जनसीपकाे उपयाेग गर्दै भावी पुस्तालाई सचेत पार्न पनि कविता वा साहित्य लेखिन्छ । याे समयकाे सदुपयाेग र कुलत: निराेधक ओखती पनि हाे । बाँच्नका लागि लेख्ने दिन भावी पुस्ताले प्राप्त गराेस् भनेर पनि हामीले लेख्नुपर्छ । मैले धन आर्जनका लागि लेखेकाे वा आन्दाेलन गरेकाे हाेइन, असल बन्ने प्रयत्नका लागि मात्र हाे । बाँच्नका लागि कलेज पढाउँछु, फुर्सद मिल्दा खेतमा पनि जान्छु ।

Facebook Comments

You may also like

error: Content is protected !!