कथासङ्ग्रह “छकालै” बजारमा

काठमाडौं- समकालीन २० युवा स्रष्टाहरूको संयुक्त कथासङ्ग्रह ‘छकालै’ बजारमा आएको छ । पुस्तकमा यस समय साहित्यमा सक्रिय रहेका २० युवा कथाकारका एक एक कथा छन् ।

पुस्तकमा कथाकार अनिल वान्तवा, अन्जना इछमफूल, अन्शु खनाल, अन्वेश थुलुङ, बाबु साहेब, विकास, दीपा मेवाहाङ राई, देव व्रत, खेम बतास, कृष्णप्रसाद अर्याल, कुन्साङ, मनोज विश्वकर्मा, नदीश, निमेषराज सापकोटा, निर्भीकजंग रायमाझी, नवीन, प्रज्वल अधिकारी, संगीत मगर ,समर्पण श्रीसागर चन्दका कथा छन् ।

नवीनले सम्पादन गरेको किताबलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । सङ्ग्रहको मूल्य रु. ३ सय ९९ रहेको छ । सङ्ग्रह, विभिन्न पुस्तक पसल तथा ‘किताब यात्रा’‘थुप्रै डटकम’ अनलाइनबाट समेत खरिद गर्न सकिने प्रकाशक विष्णुकुमारले जनाएका छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!