बाँचुञ्जेल सँगै रमाउने तिनै हुन्
मरे खुसियाली मनाउने तिनै हुन्
केकाे भर पर्नु चरीले डालीकाे
चलाएर तुफान उडाउने तिनै हुन्
आएँ म काेसँग जान्छ काे मसँग?
जीवन भाे भुमरी भुलाउने तिनै हुन्
छन् हेर गुलाफ काेमल हृदय
छन् काँडा समिप बिझाउने तिनै हुन्
केकाे दम्भ गर्छाै याे आफ्नाे हाे भनी
आई तिम्राे चिता जलाउने तिनै हुन्
Facebook Comments