तिम्रो धनले मलाई गरिबी चिनायो
तिम्रो धनले मलाई गरिबी चिनायो
सम्झी आफैलाई करोडपति
जसरी हाँक्छन् केटीहरू
आफ्नो कौडीलाई
ब्युनोस आयर्ज जत्तिकै देखाएर
एउटा बडेमानको धाक !
आफ्नो सारा शक्ति बगायौ तिमीले
एउटा अलग्गै पेरु बसाउनकै खातिर
तब श्रद्दा जागेर आयो मलाई
तमाम तिम्रो जीवनको गरिबीप्रति
खासै त जान्दिनँ म खानीका कुरा
खाली केही रत्नहरुको नाम थाहा छ
थाहा छ आमको रङ्ग
अनि मुकुटको दुर्लभ्य पनि
धेरै रानीहरु भेटेको छु
तिनको महिमा पनि बिल्कुल थाहा छ
तर यो धन पक्कै फरक हुनुपर्छ
याद दिलाउँछ जो
रानी होइन बरु कुनै भिखमंगाको
म पक्का छु,
जसले पनि हेर्छन्, तिमीमा भारत देख्छन्
बरु म निर्दोष नै भएपनि
यहूदी देखिन्छु
म पक्का छु
यो मेरो कल्पनातित गोलकोन्डा हो
हरेक दिन मुस्कुराउन सक्नु
ती मणी-रत्नभन्दा कति हो कति सुन्दर लाग्छ !
कमसेकम, यो थाहापाएर सुकुन मिल्छ
कि यहाँ मौजुद छ त्यो सुन
जसको प्रमाण म समयमै दिनेछु
जो हेर्नलाई धेरै दूर छ
धेरै दूर…. सायद धेरै दूर छ त्यो खजाना
र मलाई लाग्छ त्यो त्यहि मोती हो
जो चिप्लिएको थियो मेरा यी साधारण औँलाहरुबाट
जब म सानी स्कुले केटी थिएँ
Translated by: Raaz
Transcreated from Emily Dickinson’s Poem: Your Riches—taught Me—poverty

Image – Wikihow
म बस् यति नै जान्दछु
आजको एक मात्र सन्देश जो म जान्दछु
त्यो प्रतिवेदन अमरता कै हो
एक मात्र प्रदर्शन जो म हेर्दछु
आज र भोलि
सायद त्यो अनन्तता नै हो
म भेट्छु मात्र ईश्वरलाई
त्यहि एउटा बाटोमा
जताततै व्याप्त-त्यो यहि अस्तित्व नै हो
यदि अरु कुनै सन्देश त्यस्तो भेटिए
अथवा
भेटिए कुनै उल्लेख्य सन्देश
म तिमीलाई जरुर बताउँला
Translated by: Raaz
Transcreated from Emily Dickinson’s Poem: The Only News I Know

Image: Infinity from Amazon
अनुमान लगाउँछु- जीवित छु म
अनुमान लगाउँछु- जीवित छु म
मेरा हातका रेखाहरुमा
बिहानीको प्रताप व्याप्त छ
मेरा औँलाका राता टुप्पाहरुमा
चरक-चरक गर्ने न्यानो छ
जब त्यो काँचको गिलास
म आफ्नो मुखनेर पुर्याउँछु
धमिलिदिन्छ त्यो
चिकित्सकले- ‘श्वास छ’ भन्नुको प्रमाण
हो
जीवित छु म- किनकी
म जहाँ छु त्यो कोठा होइन
बरु एउटा पार्लर हो सार्वजानिक
त्यसैलै यहाँ आगन्तुकहरु आउँछन्
अनि झुकेर छेउबाट हेर्छन्
र थप्छन् “कति बढेको छ चिसो !”
अनि सोध्छन् “अमरत्वमा टेक्दा होश हुनेरहेछ?”
म जिउँदो छु- किनकी
मेरो कुनै आफ्नो घर छैन
जो सटिक मेरै नाममा होस्
र कसैसँग मेल नखाने
म फुच्ची हुँदाको नाम राख्छु
ता कि थाहा पाउन् आगन्तुकहरुले
कुन ढोका मेरो हो, र नगरुन् गल्ती
र अर्को ताला खोल्ने प्रयास गरुन्
आहा ! जीवित हुनु कति सुन्दर !
यहाँ, हुनु नै कति अनन्त !
जीवित- दुई पटमा-
एक-मैले लिएको जन्ममा
अनि वेग्लै छ यो- हुनु- तिमीभित्र !
Translated by: Raaz
Transcreated from Emily Dickinson’s Poem: The Future—never Spoke

Image: Eternal Love by Jagannath Paul